७ आश्विन २०८१ सोमबार
image/svg+xml

मुटु रोग विशेषज्ञको अनुभवः नेपालीले रोग लागेको समेत थाहा पाउँदैनन्

‘चिसो मौसममा मुटुका नली संकुचन हुँदा हृदयघातको समस्या हुन सक्छ। साथै चिसो मौसममा फोक्सो, दमका समस्या भएका मानिसमा विभिन्न किसिमका संक्रमण भई मुटुमा प्रेसर परेर मुटुलाई कमजोर पार्न सक्छ,’ उनी भन्छन्,‘त्यस्तो अवस्थामा मुटुमा हार्ट फेलरको सम्भावना रहन्छ।’

बेमौसमी तरकारीका लागि गाउँगाउँमा टनेल

गुठिचौर गाउँपालिका ५ फोईगाउँका धनलक्ष्मी धिताल प्लाष्टिक टनेलमार्फत गाउँमा बेमौसमी तरकारी खेती गरिरहेकी छिन्। उनी वर्षेनि हिउँदे तरकारी उत्पादन गरेर बजारसम्म लैजान्छिन्। बेमौसमी तरकारी खेती गरेपछि आर्थिक स्थिती बलियो भएको उनले बताइन्।

प्रतिकूल मौसमले हावाई उडान प्रभावित

आन्तरिकतर्फ आइएफआर उडान मात्र भइरहेको छ। अन्तरराष्ट्रियमा पनि बिहान कतिपय उडान प्रभावित भए पनि अहिले सामान्य अवस्था रहेको छ।

चिसो बढेसँगै सतर्कता अपनाउन प्रशासनको आग्रह

प्रमुख जिल्ला अधिकारी आचार्यको नेतृत्वमा सुरक्षा निकाय प्रमुख र सम्बन्धित कार्यालयका प्रमुखसहित हुम्डे एयरपोर्टको भौतिक संरचना तथा अवस्थाको निरीक्षण अनुगमन गरिएको छ। हिमपातका कारण उक्त संरचनाको मर्मतसम्भार तथा सदुपयोग गर्ने उपायका बारेमा तत्काल खोजी र प्रारम्भ गर्ने निष्कर्षमा पुगेको उनले बताए।

आगामी साताको मौसम: अधिकतम तथा न्यूनतम तापक्रम घट्ने

सामान्यदेखि पूर्णातया बदली रही साताको मध्यमा थोरै स्थानमा हल्का वर्षा र साताको अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

किसानमाथि सिन्डिकेट

कृषि ज्ञान केन्द्रको सिफारिसअनुसार मात्र उनीहरूले धान बिक्री गर्न पाए। ‘मैले उत्पादन गरे जति धान बेच्न नपाउने कस्तो अवस्था आयो?’ रामप्रसादले भने,‘यो वर्ष किसानको ढाड सेक्ने गरी नियम लागू गरियो।’

किसानले धानको क्षतिपूर्ति अझै पाएनन्

सुरुमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत राहत वितरण गर्ने कार्यविधि बनेकोमा पछि गृह मन्त्रालयमार्फत वितरण गर्ने तयारी गरेकाले ढिलाइ भएको हो।

सिजी ब्रुअरीको टिमुर बियर बजारमा

चौधरी ग्रुपअन्तर्गत सिजी ब्रुअरीले टिमुर बियर बजारमा ल्याएको छ। नेपाल आइस ब्रान्डअन्तर्गत टिमुर बियर उत्पादन गरिएको हो।

वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

हिमाली भू-भागका केहि स्थानमा हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदै प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

आइतबारदेखि मौसममा क्रमिक सुधार हुने

नेपालमा अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

तुवाँलोले पारदर्शितामा कमी आएपछि यातायातमा सतर्कता अपनाउन आग्रह

अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण मुलुकका अधिकांश भूभागमा मौसम बदली भई चिसो बढ्ने क्रममा रहेको छ।

चिसो सँगै प्रदूषण बढ्दै, मौसम पूर्वानुमान महाशाखाद्वारा शतर्क रहन आग्रह

मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले शतर्क रहन आग्रह गरेको छ। सोमवार कुराकानीका क्रममा महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम सुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न शतर्क रहनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्