८ वैशाख २०८१ शनिबार
अर्थ

सिजी ब्रुअरीको टिमुर बियर बजारमा

चौधरी ग्रुपअन्तर्गत सिजी ब्रुअरीले टिमुर बियर बजारमा ल्याएको छ। नेपाल आइस ब्रान्डअन्तर्गत टिमुर बियर उत्पादन गरिएको हो।

यो बियर नेपालमा उपलब्ध स्थानीय जडीबुटी टिमुरको सम्मिश्रणबाट तयार पारिएको कम्पनीले जनाएको छ। सिजी ब्रुअरीले बेलाबेलामा आफ्ना बियरका पारखीका लागि फरक तथा उत्कृष्ट स्वादमा उत्पादन गर्दै आएको छ।

त्यस्तै योजनाअन्तर्गत टिमुरको स्वादमा उत्पादन गरिएको यो बियर बजारमा ल्याएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। चिसोबाट जोगिन टिमुर उपभोग गरिँदै आएको जनाउँदै टिमुरको सम्मिश्रणबाट उत्पादित यो बियर जाडो मौसममा पिउन उत्कृष्ट रहेको कम्पनीको दाबी छ।

६५० र ३३० मिलिलिटर बोतलमा उपलब्ध बियरको मूल्य क्रमशः तीन सय ४० र एक सय ७५ रूपैयाँ कायम रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: २९ मंसिर २०७८ ०१:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App