१० कार्तिक २०८१ शनिबार
image/svg+xml

धरानबाट पेस्तोल र एसएलआरको गोलीसहित ३ पक्राउ

प्रहरीले धरानबाट पेस्तोल, एसएलआरको गोली र लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले बुधबार रातभर सर्च अप्रेशन गरेर धरान १५ बाट एक जना र धरान ११ बाट २ जनालाई हतियार, गोली र लागुऔषधसहित पक्राउ गरेको हो।

प्रदेश एक्लैले सुरक्षा चुनौति सामना गर्न सक्दैन: महानिरीक्षक खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षाजस्ता संवेदनशील विषयमा संघीय प्रहरीले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिनसक्ने कानुनको आवस्यकता रहेको बताएका छन्।

निर्मला हत्या अझै रहस्यमै

कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारसबैको ध्यान तानेको सो बलात्कार तथा हत्याकाण्डको रहस्य अझै गर्भमै छ। प्रहरीका विभिन्न अलग–अलग टोलीले निरन्तर र गहिरो ढंगले अनुसन्धान गरे पनि निर्मलाको बलात्कार र हत्या कसले ग¥यो भन्ने ‘क्लु’ नजिक प्रहरी अहिलेसम्म पुग्न सकेको छैन।

ट्रक दुर्घटनामा सात प्रहरी घाइते

सशस्त्र प्रहरी गुल्म बाग्मतीको ना१ग ४८४ नम्बरको मिनीट्रक बनेपा–पनौती सडकखण्डको बाँसघारीमा बुधबार दुर्घटना हुँदा सात प्रहरी घाइते भएका छन्। गम्भीर घाइते प्रहरी हवल्दार बलराम तामाङलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ भने अन्यको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए।

दुई सुरक्षा निकाय जुधाउँदै सरकार

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यक्षेत्रमा विवाद आउनेगरी सशस्त्र प्रहरी ऐन मस्यौदा तयार गरेको छ। सशस्त्र प्रहरी बलको गठन, सेवा सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा सशस्त्रलाई पक्राउ पुर्जी जारी, पक्राउ, खानतलासी र मुचुल्का गर्न पाउने अधिकार प्रस्ताव गरिएका कारण विवाद आउने देखिएको छ।

‘ओभर स्पिड’ले प्रहरीको ट्रक दुर्घटना (भिडियो)

सशस्त्र प्रहरीको मिनिट्रकले बोलेरो जीपलाई ठक्कर दिएको छ। बुधबार बागमती सशस्त्र प्रहरी गुल्म, पनौतीको ना १ ग ४८४ मिनिट्रकले बनेपा–पनौती सडकखण्डको बाँसघारीमा सडकमा रोकि राखेको बा १३ च ५०७५ नम्बरको बोलेरो जीपलाई ठक्कर दिँदा ठक्कर दिने ट्रकमा सवार प्रहरी घाइते भएका छन्।

प्रहरी भ्यान दुर्घटनामा दुई थुनुवाको मृत्यु

गौर–चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्गअन्तर्गतको बालचनपुर नजिक प्रहरी भ्यान दुर्घटनामा परेको थियो।

प्रहरी भ्यान दुर्घटना हुँदा २ थुनुवाको मृत्यु, प्रहरीसहित ८ घाइते

रौतहटमा थुनुवा लिएर म्याद लिन जाँदै गरेको प्रहरीको भ्यान दुर्घटना हुँदा दुई जना थुनुवाको ज्यान गएको छ भने दुर्घटनामा ८ जना घाइते भएका छन्।

प्रहरी कारबाहीमा मारिएका कुमार पौडेलको गृहजिल्ला सर्लाही ठप्प

पौडेल मारिएको विरोधमा विप्लवले बन्द आव्हान गरेको हो। जिल्लामा मोटरसाईकल बाहेक कुनैपनि सवारी साधन चलेका छैनन्।

प्रहरी समायोजन विधेयकमा पनि प्रतिपक्षको आपत्ति

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले प्रदेश सरकारसँग छलफलनै नगरी सरकारले प्रहरी कर्मचारीलाई ‘नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ल्याएको भन्दै आपत्ति जनाएका छन्।

हिरासतमै झुण्डिएको अवस्थामा भेटिइन महिला

मोबाइल चोरीको मुद्दामा प्रहरी हिरासतमा रहेकी एक महिला आफ्नै साडीले पासो लगाएको अवस्था भेटिएकी छिन्। इलाका प्रहरी कार्यालय महेशवारीको हिरासत कक्षसँगै रहेको शौचालयमा सुमनदेवी ठाकुरको आइतबार बिहान झुण्डिएर मृत्यु भएको अवस्थामा भेटिएकी हुन्।

अटोमेटिक पेस्तोलसहित विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

पक्राउ पर्नेहरूमा जिल्ला जनपरिषद् प्रमुख सुन्दर हरैंचा–१२ का अशोक राई, कानेपोखरी–६ का कंश धिमाल र उर्लाबारी–२, सालबारीका केन्द्रलाल धिमाल छन्।

साढे ८ किलो चरेससहित दुई पक्राउ

सिरहाको धनगढीमाई नगरपालिका–१०, श्यामपुरबाट सिरहा प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा लागुऔषध चरेससहित आइतबार राति दुईजनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्