१० कार्तिक २०८१ शनिबार
image/svg+xml
भिडियो

प्रदेश एक्लैले सुरक्षा चुनौति सामना गर्न सक्दैन: महानिरीक्षक खनाल

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षाजस्ता संवेदनशील विषयमा संघीय प्रहरीले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिनसक्ने कानुनको आवस्यकता रहेको बताएका छन्। 

खुला सीमा भएका प्रदेशहरुमा हुनसक्ने राष्ट्रिय सुरक्षामाथिको खतरालाई ध्यानमा राखेर पनि त्यस्तो कानुन आवस्यक रहेको उनको भनाइ छ। बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक खनालले भने-'प्रदेश प्रहरीलाई संघीय प्रहरीको निर्देशन अनुसार अघि बढ्ने कानुनी व्यवस्था गर्न अति जरुरी छ।'

प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उनले मुलुकको भूसंवेदनशीलतालाई ध्यानमा राखेर पनि कतिपय विषयमा प्रदेश प्रहरीले संघीय प्रहरीसँग सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको प्रष्ट पारे।

महानिरीक्षक खनालले प्रदेश प्रहरीले सम्बन्धित प्रदेशको आन्तरिक सुरक्षाको जिम्मा एक्लैले लिएपनि वीरगंज, भैरहवा, विराटनगरजस्ता नाकाहरुबाट आउने सक्ने राष्ट्रिय सुरक्षाको चुनौतिलाई सामना गर्न संघीय सरकारको सहकार्य र निर्देशन आवश्यक हुनेतर्फ पनि समितिको गम्भिर ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: १२ असार २०७६ ०८:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App