२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विद्यार्थीलक्षित मोडर्ना खोप दिइँदै

स्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य प्रशासक भोला यादवले मौसम प्रतिकूल बन्दा खोप कार्यक्रम ढिलो सुरु भएको जानकारी दिए।

रहिनन् लता मंगेशकर

१३ वर्षको उमेरदेखि सांगीतिक यात्रा सुरू गरेकी उनको पहिलो गीत सन् १९४२ मा रेकर्ड गरिएको थियो। सात दशक लामो सांगीतिक यात्रामा उनले नेपालीसहित ३६ भाषामा ३० हजारभन्दा बढी गीत रेकर्ड गरेकी थिइन्। उनले दादासाहेब फाल्के, पदम भूषण, पदम विभूषणसँगै फ्रान्सको नागरिक सम्मान समेत प्राप्त गरेकी छन्।

ओमिक्रोनले बढायो लङ कोभिडको चिन्ता

लङ कोभिडको निश्चित उपचार छैन तर दुखाइ कम गर्ने औषधिको सेवन, अन्य रोगको उपचारमा प्रयोग हुने औषधि तथा भिजिकल थेरापीले दीर्घ कोभिडका रोगीलाई आराम मिल्छ।

महामारी र कूटनीतिक बहिष्कारबीच शीतकालीन ओलम्पिक सुरु

करिब तीन हजार खेलाडी, दश हजार कर्मचारी, स्वयम्सेवक र सञ्चारकर्मीहरू बेइजिङको ठूलो भीडबाट सुरक्षित भएर शीतकालीन ओलम्पिकमा सहभागी हुनेछन्।

थप दुई हजार ५२६ जनामा संक्रमण, १६ को मृत्यु

पछिल्लो २४ घण्टामा आठ हजार ४२५ जना काेराेना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५६ हजार ४५७ सक्रिय संक्रमित छन्।

दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने बढे

कोभिड १९ को समस्या बढ्दै गएपछि यहाँका नागरिकहरुले खाद्यान्नदेखि अन्य आवश्यकताका वस्तुहरु पनि अनलाइनबाट नै खरिद गर्ने गरेका पाइएको छ।

बागलुङमा ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज

खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन लागिएको जिल्लास्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले बताए। उनकाअनुसार जिल्लाका दसवटै स्थानीय तहमा अहिले कोभिड–१९ विरुद्धको खोप अभियान चलिरहेको छ।

त्रिविका परीक्षा फागुनभित्र सक्ने

कोभिडको संक्रमण कम हुँदै गएको र त्रिविको शैक्षिक पात्रो नियमित गर्न रोकिएका सबै परीक्षा फागुन १ गतेदेखि सञ्चालन गर्ने त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिले निर्णय गरेको सहनियन्त्रक घनश्याम ठाकुरले जनाए।

अनिवार्य कोरोना खोप कार्डविरुद्ध सर्वोच्चमा रिट

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सरोकारवाला निकायलाई विपक्षी बनाई आज अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोखरेलले उक्त आदेश माग गर्दै रिट निवेदन दायर गरेका हुन्।

कोरोना भाइरसले फेरि छक्याउन सक्छ

कोरोना भाइरसको अर्काे भेरियन्टले हामीलाई आश्चर्यमा पार्न सक्छ। संयोगवश यो झन् अत्यधिक घातक र संक्रामक पनि हुन सक्छ। यसले हामीले विकास गरेको प्रतिरोधी क्षमतालाई सजिलै छल्न सक्ने हुन सक्छ।

पाँच सय ३७ स्वास्थ्यकर्मी सङ्क्रमित

सरकारी,निजी अस्पताल, पालिकाकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक–स्वास्थ्यकर्मी सङ्क्रमित भएका हुन्।

उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू

खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपन्छी, दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधन पनि निर्वाधरूपमा सञ्चालन गर्न पाइने छ। यस्तै निर्माण सामग्री बोक्ने सवारी साधन ९चालक सहचालक मात्र० सञ्चालन गर्न पाइने छ।

कोभिड कमान्डरको बाउन्ने कद!

हामी नेपाली केही अपवाद छाडेर कोभिड व्यवस्थापनमा लण्ठु, हरिलठ्ठक, बेइमान, दहिच्युरे, तोर्पे त सावित भइरहेका छैनौँ?

खोपको सरकारी लक्ष्य पूरा भएन:भण्डारमा ९६ लाख डोज

खोपले कोभिड १९ विरुद्ध काम गर्छ भन्ने सबै नागरिकमा विश्वास नहुनुले पनि खोप कार्यक्रम पूर्ण रूपमा सफल हुन नसकेको भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले बताए।

कोभिडले मुख्यमन्त्रीको ‘येले संवत ५०८२ स्वागत कार्यक्रम’ रद्द

नयाँ संवतलाई भव्य रुपमा स्वागत गर्न विभिन्न कार्यक्रम तय गरिए पनि साता दिनयता देशभर अचानक कोभिड फैलिएपछि पूर्व सन्ध्यामा आएर नयाँ संवत मनाउन आयोजित सबै कार्यक्रम स्थगित गर्नु परेको यायोक्खाका कार्यवाहक अध्यक्ष नवीन राईले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्