१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

त्रिविका परीक्षा फागुनभित्र सक्ने

कोभिड संक्रमणको उच्च जोखिमका कारण त्रिभुवन विश्वविद्यालयका गत माघ ७ गतेदेखि स्थगित सबै परीक्षा फागुन १ गतेदेखि हुने भएका छन्।

कोभिडको संक्रमण कम हुँदै गएको र त्रिविको शैक्षिक पात्रो नियमित गर्न रोकिएका सबै परीक्षा फागुन १ गतेदेखि सञ्चालन गर्ने त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिले निर्णय गरेको सहनियन्त्रक घनश्याम ठाकुरले जनाए। बुधबार शिक्षाध्यक्ष शिवलाल भूषालको अध्यक्षतामा परीक्षा सुधार समीतिले स्थगित परीक्षा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकले फागुन १ देखि २९ गतेभित्र सबै स्थगित परीक्षा सम्पन्न गर्ने निर्णय गरेको सहनियन्त्रक ठाकुरले जनाए।

‘विद्यार्थीको शैक्षिक वर्ष खेर जान नदिन र समयमै कोर्ष र परीक्षा सम्पन्न गर्न केन्द्रीय परीक्षा नियन्त्रण कार्यालयले स्थगित परीक्षाहरू फागनु १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो,’ सहनियन्त्रक ठाकुरले भने, ‘कोभिड संक्रमण भएको विद्यार्थीले ७२ घन्टा भित्रको रिपोर्ट पेस गरेको आधारमा छुट्टै परीक्षा हलको व्यवस्था गरिने छ।’ परीक्षा केन्द्रमा सिसिएमसीसीले तय गरेका स्वास्थ्य सुरक्षाका सबै मापदन्ड अनिवार्य पालना गरिने उनले बताए। विद्यार्थीलाई परीक्षाअवधिभर केही समस्या भएमा तत्काल सेवाका लागि समेत व्यवस्था गर्न निर्देशन दिएको उनले जनाए।

प्रकाशित: २१ माघ २०७८ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App