६ आश्विन २०८१ आइतबार
image/svg+xml

स्वरोजगार बन्दै युवा

वैदेशिक रोजगारीबाट फर्केका र जान चाहने युवा स्वदेशमै उद्यम गरी अरूका लागि प्रेरणाको स्रोत बन्दैछन् । गाउँमै बेमौसमी तरकारी खेती, गाई, बाख्रा, कुखुरा र बंगुर पालन गरी यहाँका युवाले त्यसैलाई व्यवसाय बनाउन थालेका हुन् ।

सिँजाका युवाले बनाए सोलारबाट चल्ने गाडी

जुम्ला सिँजा गाउँपालिका २ चुलेलगाउँका दुई जना युवाले गाउँमै गाडी बनाएर गुडाएका छन्। उनीहरुले सोलारबाट चल्ने गाडी बनाएका हुन्। सिँजा गाउँपालिका २ का प्रशान्त वड र अज वडले रातो कलरको तीन जना अटाउने गाडी बनाएर देखाएका हुन्।

सत्र नलाग्दै चुरोट र सुर्तीको लत!

सुर्तीजन्य पदार्थको सेवनमा २० वर्षमुनिका युवाको सहभागिता बढेर गएको छ। स्कुल र कलेज तहका किशोर–किशोरीलाई सुर्तीजन्य पदार्थको लतमा पर्न नदिन चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको छ।

नवीन्द्र दाइप्रति श्रद्धाञ्जली

सिंगो पार्टीलगायत सम्पूर्ण शुभचिन्तकले दाइको अधुरा सपना पूरा गर्न सक्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।

विवेकशील साझाले गर्‍यो दुई युवा संगठनको समायोजन

विवेकशील साझा पार्टीको युवा संगठन समायोजन कार्यदलले पार्टीका दुई युवा संगठन समायोजन गरेको छ। पूर्व साझा पार्टी निकट साझा युवा संगठन र पूर्व विवेकशील नेपाली दल निकटको नव युवा सञ्जाल समायोजन भई विवेकशील साझा युवा संगठन गठन भएको हो।

युवा संघ नेपाल कैलालीले गर्‍यो अध्यक्ष ओलीको पुतला दहन

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल कैलालीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पुतला दहन गरेको छ। प्रधानमन्त्री ओलीले भीम रावललाई कारबाही गरेको विरोधमा युवा संघ नेपालले धनगढीमा उनको पुतला दहन गरेको हो।

बलात्कारीलाई १८ वर्ष कैद

उदयपुरका एक बलात्कारी युवा १८ वर्ष कैद सयाजको भागीदार भएका छन्। बलात्कार अभियोगमा पक्राउ परी पुर्पक्षका लागि थुनामा राखिएका उदयपुरगढी गाउँपालिका–५ का २४ वर्षीय छविलाल श्रेष्ठ १८ वर्ष कैदसहित जरिवाना सजायको भागीदार भएका हुन्।

परदेसिएका युवाको पीडा: आउजाउमै सकिन थाल्यो उमेर र पैसा

अर्काका देशमा सस्तोमा श्रम खर्चने मजदुरहरूको आउजाउमै उमेर र पैसा सकिन थालेको भन्दै उनले चिन्ता गरे। ‘सरकारले कृषि गर त भन्छ, तर त्यसका लागि चाहिने बीउबिजन, यान्त्रिकीकरण, मलखाद समयमै पुर्‍याउन सक्दैन,’ उनले भने,‘यस्ता कुरालाई समयमै सरकारले पुर्‍याउन सके भारतमा उमेर र पैसा सक्नुपर्ने बाध्यता नेपालीको टर्ने थियो।’ यदि सरकारले यो बेला पनि भारत जाने युवालाई स्वदेशमै रोक्न नसक्ने हो भने पुनः यस्ता कारुणीक कथा सधैँ रहिरहन्छन्।’

जापान, मरिसस र इजरायलसँगको श्रम सम्झौतामाथि नै प्रश्न

रोजगारीका लागि राम्रा गन्तव्य मानिएका जापान, मरिसस र इजरायलसँग सरकारले श्रम सम्झौता गरे पनि ती मुलुकमा कामदार पठाउने प्रक्रिया सुरु नहुँदा सम्झौतामाथि नै प्रश्न उठेको छ। कामदार जान नसकेपछि ती मुलुकसँग किन सम्झौता गरिएको भन्दै बेरोजगार युवायुवतीले प्रश्न सोध्ने गरेका छन्।

नेपाली युवा भारतको चलचित्र नगरी मुम्बईमा प्रतिस्पर्धा गर्दै

विराटनगर महानगरपालिका–१० निवासी मोहनकुमार रौनियारका ३० वर्षीय छोरा अमित रौनियार भारतको चलचित्र नगरी मुम्बईमा आफ्नो स्थान बनाउन सफल भएका छन्।

ब्राउनसुगरसहित छ युवा पक्राउ

सोमबार साँझ सप्तरीको फत्तेपुरबाट बेल्टार आउँदै गरेको दुईवटा अटोमा जाँच गर्दा लागुऔषध ब्राउनसुगरसहित छ युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए।

लागुऔषधको कुलतमा फस्दै युवा

प्रहरीले सोमबार राति सदै फूलगाछीबाट लागुऔषधसहित चार युवकलाई पक्राउ गर्‍यो। ७.५ ग्राम ब्राउन सुगरसहित पक्राउ परेकामध्ये एकजना लागुऔषध कारोबारी र तीनजना प्रयोगकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

समुन्नत राष्ट्र निर्माणमा रेमिट्यान्स

नेपाली युवाहरूको ऊर्जाशील समय विदेशमा सस्तोमा श्रम बेच्ने अनि बुढेसकालमा देशमा बाँकी जीवन बिताउने लाहुरे प्रवृत्तिको अर्थतन्त्र देश विकासका लागि राम्रो मानिँदैन ।

रसुवामा फुटसल सुरु

नेपालमा सन् २०११ देखि भित्रिएको फुटसल युवामाझ बढी लोकप्रिय छ। शारीरिक व्यायामका लागि पनि फुटसल उपयुक्त मानिन्छ। यो खेलको सुरुआत सन् १९३० मा ब्राजिलबाट सुरु भएको बताइन्छ।

खेल पत्रकारिताबाट नागरिककर्मी पुरस्कृत

नागरिककर्मी अनिल मल्ल ठकुरी खेलकुद मन्त्रालयले प्रदान गरेको खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार–२०७७ बाट आइतबार पुरस्कृत भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्