१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बलात्कारीलाई १८ वर्ष कैद

उदयपुरका एक बलात्कारी युवा १८ वर्ष कैद सयाजको भागीदार भएका छन्। बलात्कार अभियोगमा पक्राउ परी पुर्पक्षका लागि थुनामा राखिएका उदयपुरगढी गाउँपालिका–५ का २४ वर्षीय छविलाल श्रेष्ठ १८ वर्ष कैदसहित जरिवाना सजायको भागीदार भएका हुन्।  

जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सुवेदीको एकल इजालसले श्रेष्ठलाई उक्त सजायको फैसला सुनाएको स्रेस्तेदार धनबहादुर कार्कीले बताए। कार्कीका अनुसार १२ वर्षीया बालिकामाथि जबरजस्ती गरेको ठहर गर्दै अदालतले श्रेष्ठलाई कैदसहित ७५ हजार जरिवानासमेत भराउन फैसला तोकेको छ।

त्यस्तै पीडित राहतकोषमा २ हजार २ सय जम्मा गर्नसमेत अदालतले आदेश दिएको छ। स्रेस्तेदार कार्कीका अनुसार बालिकामाथि जबरजस्ती भएको भन्दै २०७७ असार २४ गते अभिभावकले प्रहरीमा उजुरी गरेका थिए। उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई सोही दिन पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। गत साउन १८ गते थप अनुसन्धान गर्नुपर्ने भन्दै अदालतले श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

प्रकाशित: १५ चैत्र २०७७ ०२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App