३ मंसिर २०८१ सोमबार
image/svg+xml

स्याउ बेचेर बालबालिका पढाइ खर्च जुटाउँदै

बाजुरा बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनकी बुदी सार्कीले आफ्ना चार छोराछोरी पढाउनका लागि ६ घण्टाको पैदलयात्रा तय गरी सदरमुकाममा स्याउ बेच्न आएकी छिन्।

अक्सिजनको अभावमा भारतमा ६० बालबालिकाको मृत्यु

भारतको उत्तरी प्रदेशको एक सार्वजनिक अस्पतालमा कम्तीमा ६० बालबालिकाको मृत्यु भएको छ। अस्पतालले अक्सिजनको बिल नतिरेको भन्दै अक्सिजन सप्लाई काटिदिएपछि अस्पतालमा उपचाररत ती बालबालिकाको मृत्यु भएको अधिकारीको जानकारी उद्धृत गर्दै बिबिसीले जनाएको छ।

विपन्न बालबालिकाकी 'आमा'

बानेश्वरवासी प्रकृतिले काठमाडौं र ललितपुरका विभिन्न सरकारी स्कुलमा पढ्ने १७ जना बालबालिकाको मासिक शुल्क, किताब, कापी, स्कुल डे्रस, खाजा खर्चलगायतको व्यवस्था गर्दै आएकी छिन्।

सानेपाको प्रिस्कूलले लापरवाही गर्दा ११ बालबालिका प्रहरी नियन्त्रणमा

राजधानीको नाम चलेको एउटा अन्तर्राष्ट्रिय प्रि स्कूलको लापरवाहीका कारण एघार जना तीनवर्ष मुनिका बालबालिका साढे दुई घण्टा प्रहरी नियन्त्रणमा बस्नु परेको छ।

बालबालिकालाई अन्जुको सहयोग

गायिका अन्जुले आफ्नै नामको संस्था अन्जु पन्त फाउन्डेसनमार्फत  काठमाडौंको बाग्मती किनारमा रहेको सुकुम्बासी बस्तीका २२५ बालबालिकालाई पाठ्य सामग्री हस्तान्तरण गरेकी छिन्।

साना बालबालिकालाई कसरी स्कुल पठाउने ?

ताहाचलमा रहेको जनज्योति स्कुलमा एक आमाले आफ्नो दुई वर्षीय छोरालाई शिशुकक्षामा भर्ना गरिन् । उनले छोरालाई स्कुलमा छाडेर आफ्नो अफिस लािगन् । तर, छोरा कक्षाभित्र जानै मानेनन् । घन्टौँसम्म आमा भन्दै रोइरहे ।

आगलागीबाट एकै घरका तीन बालबालिकाको मृत्यु

गएराती डुडुवागाउँपालिका १ बुडुवागाउँमा आगलागी हुँदा एकै घरका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ वर्षीय पवन मौर्य, १० वर्षीय सोनी मौर्य र ८ वर्षीया रझनी मौर्या रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

चुनावमा बालबालिका प्रयोग नगर्ने बाजुराका दलकाे प्रतिबद्धता

जिल्लास्थित राजनीतिक दल र अन्य सम्बद्ध सरोकारवाला निकायका प्रतिनिधिले स्थानीय निकाय निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्।

टुहुरा ५ बालबालिकाले पाए सहयोग

बुबा र आमा दुवैको मृत्यु पछि बिचल्लीमा परेका जाजरकोटका ५ टुहुरा बालबालिकाहरूलाई अष्ट्रेलियामा बस्ने  दुई नेपालीले सहयोग गरेका छन् ।

सल्यानका २ हजार बढी बालबालिका विद्यालय पहुँच बाहिर

सल्यान जिल्लामा चार प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । सरकारले विद्यार्थी भर्ना अभियानलाई ब्यापक बनाएको भए पनि विपन्न, अनाथ तथा शारीरिक अपाङ्गतालगायतका कारणले दुई हजार ६०० बढी बालबालिका विद्यालय बाहिर रहेका हुन् ।

जापानमा १५ वर्षमुनिका बालबालिका याैन कार्यमा प्रयाेग

एसियाली शक्तिशाली राष्ट्र जापानमा यौन आवश्यकताको परिपूर्तिका लागि स्कुले बालिकाको प्रयोग भएको पाइएको छ । जापानको डान्स बार तथा रेष्टुराहरुमा बालिकाहरु यौन आवश्यकता पूर्ति गर्नका लागि प्रयोग हुने गरेको पाइएको छ।

श्रम गरेर परिवार पाल्दै बालबालिका

रोल्पा लिवाङ नगरपालिका–८ की बिमला महरा ७ वर्षको उमेरदेखि नै घरबाहिर बस्दै आएकी छिन् । अहिले उनी १३ वर्षकी भइन् । उनी सदरमुकाम लिवाङमा रहेको एक पसलमा काम गर्छिन् । आर्थिक अवस्था निकै कमजोर रहेकी उनको आमा मुखले बोल्न सक्दिनन् भने वुबासमेत वृद्ध अवस्थामा छन् ।

ट्रकको ठक्करबाट चार बालबालिकाको  मृत्यु

भारतको झारखण्डमा उच्चगतिमा गुडिरेहको ट्रकको ठक्करबाट चार बालबालिकाको मृत्यु भएको  छ ।

भारतबाट ३३ नेपाली बालबालिकाको उद्धार

सरकारले भारतबाट ३३ नेपाली बालबालिकाको उद्धार  गरेको छ। केन्द्रीय बालकल्याण समितिले भारतका विभिन्न बालगृहमा रहेका बालबालिकालाई उद्धार गरेर काठमाडौं ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्