९ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अक्सिजनको अभावमा भारतमा ६० बालबालिकाको मृत्यु

नयाँ दिल्ली- भारतको उत्तरी प्रदेशको एक सार्वजनिक अस्पतालमा कम्तीमा ६० बालबालिकाको मृत्यु भएको छ। अस्पतालले अक्सिजनको बिल नतिरेको भन्दै अक्सिजन सप्लाई काटिदिएपछि अस्पतालमा उपचाररत ती बालबालिकाको मृत्यु भएको अधिकारीको जानकारी उद्धृत गर्दै बिबिसीले जनाएको छ।

अस्पतालमा अक्सिजन सप्लाईमा समस्या देखिएको भएपनि बालबालिकाको मृत्युको कारण भने त्यो नरहेको उत्तर प्रदेश राज्यका अधिकारीले बताएका छन्। अस्पतालमा मृत्यु भएका आफन्तको अत्याश लाग्दो अवस्था रहेको छ। उनीहरुले अस्पतालका कर्मचारीलाई साधारण श्वासप्रश्वास ब्याग प्रयोग गर्नमा साथ दिइरहेको स्थानीय सञ्चारमाध्यमको जानकारी उद्धृत गर्दै बिबिसीले जनाएको छ। इन्सेफ्लाइटिस लागेका अधिकाशं बिरामी साधारण वार्डमा उपचार गरिहेको बताइएको छ।

गत सोमबारदेखि पाँच दिनको अवधिमा ती बालबालिकाको उत्तर प्रदेशको गोरखपुर जिल्लामा रहेको बाबा राघभ दास अस्पतालमा मृत्यु भएको बताइएको छ। अस्पतालले बिहीबार र शुक्रबारको बीचमा मात्रै ३० बालबालिको मृत्यु भएको बताएको छ।

जिल्लाको अधिकारी अनिल कुमारले अस्पतालमा अक्सिजन सप्लायर्सलाई तिनुपर्ने रकमको विषय पत्ता लागेको बताउँदै बालबालिकाको मृत्युमा प्राकृतिक कारण रहेको हुनसक्ने बताए। उनले कतिपय बिरामीहरु अत्यन्तै नाजुक अवस्थामा अस्पतालमा ल्याइएका कारणले पनि मृतकको संख्या बढेको बताए। 'हामीले यही राति वा भोली बिहानसम्ममा थप तरल अक्सिजन सिलिन्डर मगाइरहेका छौं,' कुमारले बताए।

 उत्तर प्रदेश राज्य भारतको गरीब राज्यमध्ये एक भनेर चिनिने गरेको छ। उत्तर प्रदेशमा बर्षेनी सयौं बालबालिका इन्सेफ्लाइटिस जस्ता रोगबाट मृत्युको शिकार बन्ने गरेको बिबिसीले जनाएको छ। अस्पतालले एक विज्ञप्ति निकाल्दै तरल अक्सिजन सप्लाईको प्रेसरमा कमी भएको र रिजर्भ सिलिन्डर पनि व्यवस्था गरिएको भएपनि मात्र दुई दिनमा त्यतिका संख्यामा बालबालिको मृत्यु भएको कारण पत्ता नलागेको बताएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको दल तथा उत्तर प्रदेशको सत्तारुढ दल भारतीय जनता पार्टीले विषयलाई राजनीतिकरण गर्न खोजेको भन्दै उत्तर प्रदेशका विपक्षी दलले सरकारको आलोचना गरेका छन्। उत्तर प्रदेशको सरकारले यस विषयमा अनुसन्धान सुरु भएको बताएको छ भने प्रधानमन्त्री नरेन्द्र मोदीले टि्वट गर्दै उत्तर प्रदेशको अवस्थाका बारेमा आफूले अनुसन्धान गरिरहेको बताएका छन्।

प्रकाशित: २९ श्रावण २०७४ ०५:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App