३ मंसिर २०८१ सोमबार
image/svg+xml

धुर्मुस सुन्तलीको प्रेरणाले मुसहरका बालबालिका विद्यालय जान थाले

हाँस्य कालाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को उच्च जनचेतना र प्रेरणाले महोत्तरीको बर्दिवासका ६० मुसहर परिवारका बालबालिका विद्यालय जान थालेका छन् ।

सिरियामा ६ वर्षे लामो गृहयुद्धमा ५५२ बालबालिकाको मृत्यु

सिरियामा भएको ६ वर्ष लामो गृहयुद्धका क्रममा गत वर्ष सबैभन्दा बढी संख्यामा बालबालिकाको मृत्यु भएको तथ्य सावैजनिक भएको छ। मृत्यु हुने बालबालिकाको संख्यामा सन् २०१५ यता २० प्रतिशतले बढी रहेको जनाइएको छ। संख्यामा भन्ने हो भने ५५२ बालबालिकाहरुको युद्धका क्रममा मृत्यु भएको छ।

सिसायुक्त खेलाैनाले काठमाडौंका बालबालिकाको स्मरणशक्ति घट्दो

तपाईं आफ्ना बालबालिकालाई टल्कने, रंगीन र आकर्षक खेलौना किन्दै हुनुहुन्छ भने होसियार ! किनकि त्यसमा विषाक्त सिसा (लिड) प्रयोग हुन्छ । जसले बालबालिकामा बोधोपन बढाएको र बौद्धिक क्षमतामा गम्भीर असर पारेको एक अनुसन्धानले देखाएको छ।

उपत्यकाका सडकमा सीमापारिका बालबालिका

सरकारले काठमाडौं उपत्यकालाई सडक बालबालिकामुक्त बनाउन सुरु गरेको अभियानमा भारतबाट आएका बालबालिका चुनौती बनेका छन्। सीमापारि रुपैडिया तथा बिहारबाट अभिभावकसहित काठमाडौं आएका बालबालिकाले दिनभर सडकमा माग्ने, कवाडी सामान संकलन गर्ने र रातमा अभिभावकसँगै बस्ने गरेको केन्द्रीय बालकल्याण समितिले जनाएको छ।

बालबालिकाका लागि अन्धकारमय दिनहरु

सन् २०१६ को बर्षलाई सम्भवत सैन्य र राजनीतिक घटनाक्रमहरुका लागि सम्झिइनेछ। तर यो दोस्रो विश्व युद्ध यता बालबालिकाका लागि सबैभन्दा खराब बर्षका रुपमा पनि इतिहासमा अभिलेख गरिनु आवश्यक छ।

अवसरले आत्मनिर्भर बन्दै सडक बालबालिका

धादिङकी सिर्जना दुलाल (नाम परिवर्तन) ले ११ वर्षमा आमा गुमाइन्। बाबुले दोस्रो बिहे गरे। सौतेनी आमाको हेलाका कारण उनी १२ वर्षको उमेरमा भागेर काठमाडौं आइन्।

आगलागीमा परी दुई बालबालिकाको मृत्यु

जिल्लाको अधिकारीचौरमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको छ । अधिकारीचौर—३ घैयाखेत बगा स्थित ओमकार विकको गोठमा सोमबार बिहान आगलागी हुँदा उनका एक छोरा र एक छोरीको ज्यान गएको हो ।

आफ्नै खर्चमा इन्जिनियर साहले २५ बालबालिका पढाइदिने

विद्याकी देवी सरस्वती पूजाको पूर्वसन्ध्यामा यहाँ एक युवकले २५ बालबालिकालाई आफ्नै निजी खर्चमा पढाउने बताएका छन्।

अफगानिस्तानमा चिसोको कारण २७ बालबालिकाको मृत्यु

अफगानिस्तानमा अत्याधिक चिसो मौसमका कारण कम्तीमा २७ जना बालबालिकाको मृत्यु भएको छ । जाउजान प्रान्तको दार्जाब जिल्लामा चिसोले उनीहरुको मृत्यु भएको जिल्लाका गभर्नर रहमातुल्लाह हसारले बिहीबार जानकारी दिए ।

बालबालिकाको आँखा क्यान्सर

रेटिनोब्लास्टोमा पाँच वर्षमुनिका बालबालिकाको आँखाको पर्दामा हुुने एक प्रकारको आँखा क्यान्सर हो । यो प्रायः नवजात शिशुु तथा २ वर्षमुुनिका बालबालिकामा देखिन्छ । २० हजार नवजात शिशुु जन्ममध्ये एक जनामा देखिने यो रोगले बालबालिकामा हुुने सम्पूर्ण क्यान्सरको ५ प्रतिशत ओगटेको छ ।

आमाको किरिया बसेका दुई बालबालिकाको शिक्षामा सहयोग

आमाको किरियामा रहेका दुई बालिकाको शिक्षाका लागि थप रु दुई लाख १२ हजार सहयोग प्राप्त भएको छ।

अपराधमा बालबालिका संलग्नता बढ्दो

गम्भीर प्रकृतिका बालबिज्याँई (अपराध)मा कलिला बालबालिकाको संलग्नता बढ्दै गएको पाइएको छ। बालबालिकाका यस्ता बिज्याँईमध्ये सबैभन्दा धेरै यौन अपराधसँग सम्बन्धित छन्। बालन्याय समन्वय समिति सचिवालयका अनुसार आर्थिक वर्ष २०७२/७३ मा भएका १ सय ३८ वटा बालबिज्याँईका मुद्दा अदालतमा दायर भएका थिए।

बाजुराबाटै बारपाक देखेपछि बालबालिका मख्ख

गोरखाको बारपाक। २०७१ बैशाख १२ गतेको महाविनाशकारी भूकम्पको केन्द्रविन्दु। बारपाक नामले परिचित भए पनि बाजुराका बालबालिकाको लागि दृश्यमा नदेखिएको ठाउँ थियो । तर शनिबार बाजुराका अधिकांश बालबालिकाले बारपाक देख्न पाए। तर उनीहरु भौतिकरुपमा बारपाक पुगेका होइनन्। शनिबार बारबापक र बाजुराका बालबालिकाहरु बीचमा दृष्य सम्वाद मार्फत यो सम्भव भएको हो।

सडक दुर्घटनामा ६ बालबालिकाको मृत्यु

अमेरिकाको टेन्नेस्सी राज्यमा भएको विद्यालयको एक बस दुर्घटनामा परी कम्तीमा ६ बालबालिकाको मृत्यु भएको छ भने अरू २३ जना घाइते भएका छन्।

हजारभन्दा बढी बालबालिका बेपत्ता

बालबालिका खोजतलास समन्वय केन्द्रले आव २०७२/०७३ मा हराएका १ हजार ५ सय २ जना बालबालिकामध्ये ४ सय ८ जना फेला पारेको छ। काठमाडौं उपत्यकामा १ सय ६७ बालक र ७३ बालिकासहित २ सय ४० जना हराएको जानकारी पाएकोमा १ सय ३३ बालक र ६२ बालिका गरी १ सय ९५ जना केन्द्रले फेला पारेको जानकारी कार्यक्रम अधिकृत सन्तोषचन्द्र अधिकारीले दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्