९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

आमाको किरिया बसेका दुई बालबालिकाको शिक्षामा सहयोग

काठमाडौँ- आमाको किरियामा रहेका दुई बालिकाको शिक्षाका लागि थप रु दुई लाख १२ हजार सहयोग प्राप्त भएको छ।

गुल्मीको पुर्कोट दह–१ जुम्लीचौर र जोहाङका विष्णु भण्डारीले चीनको ग्वाञ्झाओबाट नेपाली समुदायसँग उठाएर पठाएको रु एक लाख ८३ हजार र गुल्मीको सिर्सेनीका सुशील भट्टराईले काठमाडौँमा सङ्कलन गरेको रु २९ हजार गरी सो रकम आज यहाँ हस्तान्तरण गरियो।

नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले बालिकाका गाउँले एवम् नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य दीपेन्द्र कुँवरलाई रकम हस्तान्तरण गरे।

सो जिल्लाका ३६ वर्षीया दुर्गाकुमारी भुसालको कमजोर आर्थिक अवस्थाका कारण बेलैमा उपचार नपाएर यही मङ्सिर ३ गते मृत्यु भएपछि १३ वर्षीया सङ्गीता र ११ वर्षीया रमिता किरियामा छन्। रासस

 

प्रकाशित: २१ मंसिर २०७३ १३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App