९ आश्विन २०८१ बुधबार
image/svg+xml

विद्युत् प्राधिकरणको जग्गा व्यक्ति र गुठीका नाममा

जिल्लाभर विद्युत् वितरणका लागि ६६ केभी प्रसारण लाइनदेखि कार्यालय भवनसम्म रहेको लगनखेलस्थित विद्युत् प्राधिकरणले १० रोपनीभन्दा बढी जग्गा भोगचलन गर्दै आएको छ। तर नेपाल विद्युत् प्राधिकरणको जिल्लादेखि केन्द्रसम्म त्यसबारे कुनै विवरण छैन, न त कार्यालयका कुनै कर्मचारीलाई जग्गाको क्षेत्रफल नै थाहा छ।

निर्धारित समयभन्दा ६ वर्ष ढिलो बिजुली उत्पादन

माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको संरचना तथा उपकरणको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ। आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नुपर्ने सम्पूर्ण परीक्षण सम्पन्न भएको हो।

३० प्रतिशत काम पूरा

रसुवाको नौकुण्ड गाउँपालिका–१ थाङ्दोरमा निर्माण भइरहेको फलाखु खोला जलविद्युत् आयोजनाको ३० प्रतिशत काम सकिएको छ।

डिपिआर ढिलाइले निर्माण कार्य प्रभावित

सुदूरपश्चिमको अछाममा निर्माणाधीन बुढीगंगा जलविद्युत् आयोजनाको डिपिआर निर्माण ढिलाइले आयोजना प्रभावित भएको छ। आयोजनाको २०५२ देखि अध्ययन सुरु भएको थियो।

रसुवागढी र साञ्जेनको आइपिओ बिक्रीबाट ६ अर्ब १७ करोड सङ्कलन

रसुवागढी जलविद्युत् कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण सेयर (आइपिओ) बिक्रीबाट ६ अर्ब १७ करोड सङ्कलन भएको छ।

बाँध बनाउन पुनः टेन्डर

तनहुँ हाइड्रोपावर लिमिटेडले एक सय ४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि पुनः बोलपत्र (टेन्डर) आह्वान गरेको छ।

ठेकेदारले काम नगर्दा मध्य भोटेकोसी समस्यामा

आगामी असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको मध्य भोटेकोसी जलविद्युत् आयोजना निर्माण व्यवसायीको लापरबाहीका कारण समस्यामा परेको छ।

भेरी नदीको पानी डाइभर्सन निर्णयमा रुकुमेलीको विरोध

उत्तरगंगा जलविद्युत् आयोजनाको पानी कालीगण्डकीमा खसाल्न उर्जा मन्त्रालयले गरेको निर्णयको रुकुमेलीद्वारा चर्काे विरोध हुन थालेको छ। लामो समयदेखि विवाद हुँदै आएको सो आयोजनाको पानी भाइभर्सन गरेर कालीगण्डकीमा खसाल्ने मन्त्रालयस्तरीय निर्णय तत्काल सच्याउन रुकुमका जनप्रतिनिधिदेखि सर्वसाधारणसम्म लागिपरेका छन्। सो निर्णयलाई आफूहरूले कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने स्थानीयको भनाइ छ। पानीको विवाद टुंगिएको दाबी गर्दै डाइभर्सन गर्न लागिएको खबर सार्वजनिक भएलगत्तै यहाँका जनप्रतिनिधिले सामाजिक सञ्जालमार्फत आपति जनाएका हुन्।

संघले छाडेका आयोजनामा थालियो पैसा खन्याउन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ को मंसिरसम्म सडक विभागअन्तर्गतका नौ सय ६ वटा ठेक्का अध्ययन गरेको थियो। तीमध्ये ६ सय २३ ठेक्काको म्याद नथपिएको अख्तियारले जनाएको छ।

कुलेखानी तेस्रो र माथिल्लो त्रिशुली थ्री ‘ए’बाट केही दिनभित्रै बिजुली

लामो समयसम्म समस्यामा फसेका नेपाल विद्युत् प्राधिकरणका दुई आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन्। ती आयोजनाले केही दिनभित्रै विद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ।

तीन जलविद्युत् आयोजना केन्द्रीय प्रसारणमा जोडिँदै

जिल्लाका तीन जलविद्युत् आयोजना उत्पादनको चरणमा पुगेका छन्। ५७ मेगावाटका यि आयोजनाको आन्तरिक अन्तिम परीक्षणको काम भइरहेको प्रवद्र्धक कम्पनीहरुले जानकारी दिएका छन्। वैशाखभरी यि आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणमा जोड्ने गरी तयार हुने उनीहरुको भनाइ  छ।

विद्युत् प्राधिकरणको नाफा दुई अर्ब ८४ करोड

नेपाल विद्युत् प्राधिकरण गत आर्थिक वर्ष २०७४/७५ मा खुद नाफा दुई अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। महालेखा परीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवेदनअनुसार प्राधिकरणको जगेडा तथा संचित कोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक छ।

जेठदेखि सिभिल संरचना निर्माण

माथिल्लो मैलुङ जलविद्युत् आयोजनाले २०७६ जेठदेखि सिभिल संरचना निर्माण सुरु गर्ने भएको छ। जिल्लाको उत्तरगया गाउँपालिका–१ मा निर्माण हुन लागेको आयोजनाले सडक निर्माणको काम अन्तिम चरणमा पु-याएको छ। निर्माणस्थलसम्म जाने सात किलोमिटर सडकमध्ये साढे पाँच किमि सडक निर्माण भइसकेको छ।

मुआब्जा माग्दै धादिङबेंसीमा प्रदर्शन

बूढिगण्डकी जलविद्युत् आयोजनापीडितले मुआब्जा माग गर्दै शुक्रबार सदरमुकाम धादिङबेंसीमा प्रदर्शन गरेका छन्। आयोजनाको मुख्य बजार क्षेत्रमा पर्ने घरजग्गाको मुआब्जा तोक्न ढिलाइ भएको भन्दै सरोकारवालाले प्रदर्शन गरेका हुन्।

सिँचाइ र जलविद्युत् आयोजनाले माछा विनाश तीव्र

नेपालमा निर्माण हुने सिँचाइ र जलविद्युत् परियोजनाका कारण यहाँका खोलानालामा माछा सकिँदै गएको पाइएको छ। एसियाली विकास बैंक (एडिबी)ले गरेको एक अध्ययनले यस्तो संकेत गरेको हो। उक्त अध्ययनले नेपालका खोलानालाका माछा जोगाउने हो भने जलविद्युत् र सिँचाइ परियोजना निर्माण गर्दा विशेष उपाय अपनाउन सुझाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्