९ आश्विन २०८१ बुधबार
image/svg+xml

साता दिनदेखि सल्लेरी अन्धकार

सल्लेरी–च्याल्सा विद्युत् कम्पनीले पावरहाउस मर्मतसम्भार थालेपछि सल्लेरीका सर्वसाधारण एक सातादेखि अन्धकारमा बस्न बाध्य छन्। पावरहाउसको नियमित मर्मतसम्भार अन्तर्गत नयाँ पावरहाउसको दुई सय ७३ किलोवाटको पेनस्टक पाइप मर्मत नसकिएपछि तोकिएको मितिभन्दा पर धकेलिएको कम्पनीले जनाएको छ।

अवैध क्रसर उद्योगमा विद्युत् काटियो

पाँच महिनाअघि स्थापित उद्योग अवैध रूपमा सञ्चालन भइरहेको थियो। सो पुलदेखि कम्तीमा पाँच सय मिटरमा स्थापना गर्नुपर्ने बाध्यकारी नियम क्रसर उद्योगको हकमा लत्याइएको छ।

जेठ १६ देखि व्यावसायिक उत्पादन

माथिल्लो त्रिशूली थ्री एले आगामी जेठ १६ गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ। पहिलो चरणमा पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाले जनाएको छ।

माथिल्लो त्रिशूली थ्री ‘ए’ राष्ट्रिय प्रसारण लाइनमा जोडियो

माथिल्लो त्रिशूली थ्री ‘ए’ ले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। ६० मेगावट क्षमताको आयोजनाको पहिलो युनिटबाट ३० मेगावट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो।

विद्युत् सेवा स्तरीय नहुँँदा पश्चिम लमजुङका उपभोक्ता आक्रोशित

पश्चिम लमजुङ विद्युत् उपभोक्ता समितिले उपलब्ध गराउँदै आएको विद्युतीय सेवा नियमित, गुणस्तरीय र प्रभावकारी हुन नसक्दा उपभोक्ता आक्रोशित भएका छन्।

सान्जेनको ७३ प्रतिशत काम पूरा

आयोजनामा सुरुङ, पावरहाउस र हेडवक्र्स निर्माणको काम भइरहेको छ। हेडरेस टनेल निर्माणको काम ८२ प्रतिशत सकिएको छ। तीन हजार ६ सय ७१ मिटर हेडरेस सुरुङमध्ये तीन हजार २४ मिटर सुरुङ निर्माण गरिएको प्रशासकीय अधिकृत सुनिलप्रसाद रेग्मीले बताए।

विद्युत् प्राधिकरण लमहीमा डेढ करोड महसुल उठ्न बाँकी

महसुल नबुझाएको ३१ औं दिनदेखि नै जरिवाना लाग्ने भए पनि अटेरी स्वभावले गर्दा वर्षौ दिनसम्म विद्युत् महसुल नबुझाउनेको सङ्ख्या धेरै रहेको कार्यालयले जनाएको छ। त्यसो त घरायसी प्रयोगका मिटरबाट समयमै महसुल बुझाउने गरेको कार्यालयको भनाइ छ।

पन्ध्र दिनभित्र कुलेखानी तेस्रोको परीक्षण सकिने

निर्माण व्यवसायीको अवरोध र सामान आपूर्तिमा भएको ढिलाइका कारण विगत दश वर्षदेखि निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी १५ दिन भित्र संरचना र उपकरणको परीक्षण सम्पन्न गर्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाट क्षमताको सो आयोजनाको संरचना तथा उपकरण परीक्षण गर्ने समयसीमा तय गरिएको छ।

डेढ वर्षभित्र तनहुँका सबै घरधुरीमा बिजुली

तनहुँमा डेड वर्षभित्र सबै घरधुरीमा विद्युतीकरण हुने भएको छ। हालसम्म विद्युत् सेवा पुग्न नसकेका तनहुँका ग्रामीण क्षेत्रमा विद्युतीकरणको काम तीव्र पारिएको हो।

ट्रंक लाइन लिने व्यवसायीको छानबिन गर्दै प्राधिकरण, अटेर गर्नेको लाइन काटिने

नेपाल विद्युत् प्राधिकरणले विगतमा विशेष प्रयोजनका लागि भनेर उद्योगी, व्यवसायीले लिएका ६७ वटा ट्रंक लाइनको एक–एक गरी अध्ययन गरी यथार्थ पत्ता लगाउने भएको छ। उद्योगी, व्यवसायीले प्राधिरकणले प्रयोग नै नगरेको बिजुलीको महसुल तिर्न ताकेता गरेको भन्दै आपत्ति प्रकट गरेका छन्।

बहाव क्षेत्रमा बग्न नदिए आयोजना सञ्चालन गर्न नदिने

उत्तरगंगा जलविद्युत् आयोजनाको विवाद थप चर्कदै गएको छ। केही हप्ताअघि ऊर्जा मन्त्रालयले उत्तरगंगा नदीको पानी डाइभर्सन गरेर कालीगण्डकीमा खसाल्ने निर्णय गरेपछि रुकुमेली आन्दोलित भएका हुन्।

बुधबारदेखि काम गर्न दिने सहमति

रसुवाको नौकुण्ड गाउँपालिका–१ थाङ्दोरमा निर्माण भइरहेको फलाखु खोला जलविद्युत् आयोजनाको निर्माण कार्य बुधबारदेखि नियमित हुने भएको छ। बेत्रावती फलाखुखोला जलविद्युत् सरोकार समितिले विभिन्न माग राख्दै निर्माणमा अवरोध गरेपछि काम ठप्प भएको थियो। समितिले वैशाख २२ गतेदेखि निर्माण कार्य रोकेका थिए।

तिर्न परे उद्योग बन्दको चेतावनी

नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुलाई कानुन विपरीत विद्युत् महसुल निर्धारण गरेको आरोप लगाउँदै उक्त रकम तिर्न नसक्ने उद्योगीले बताएका छन्। विद्युत् महसुल विनियमावली २०७३ विपरीत ट्रंक तथा डेडिकेटेड लाइनबाट विद्युत् लिएको आधारमा थप महसुल तोकेको भन्दै उक्त महसुल तिर्नु परे उद्योग बन्द हुने चेतावनी दिएका छन्।

काबेली करिडोरः दोस्रो खण्डमा परीक्षण

इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादन भएको विद्युत् केन्द्रीय ग्रिडमा जोड्नका लागि बनाइएको विद्युत् प्रसारणलाई काबेली करिडोरको दोस्रो खण्डको काम सकिएसँगै परीक्षणको काम भइरहेको छ।

केले रोक्यो आरुघाटको मुआब्जा?

‘मुआब्जा तोक्न के डर छ?’ गोरखाका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले नागरिकसँगको कुराकानीमा भनेका थिए, ‘जनतालाई सुकुम्बासी बनाउने चाहना छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्