२१ आश्विन २०८१ सोमबार
image/svg+xml

वाग्मती बचाऊँ

नेपालमा खासगरी काठमाडौँ उपत्यकाभित्र र अन्य मुख्य–मुख्य सहर वस्तीमा केही दशकदेखि भू–माफियाको ठूलो चलखेल भइरहेको छ। जसलाई भ्रष्ट कर्मचारीतन्त्र, नवधनाढ्य जो जमिन किनी आफ्ना कालो धन सेतो धन बनाउन चाहन्छन्, तिनले र राजनेताहरूले पनि ठूलो सहयोग पु-याइरहेका छन्।

काठमाडौँमै जग्गा जोड्नुपर्ने ?

केही समययताका अखबारहरू नियाल्दा कहिले ठमेलको कमलपोखरी मासेर बनेको छाया सेन्टर नामको १५ तले व्यापारिक भवन त कहिले ललिता निवासको जग्गा प्रकरण प्रमुख समाचार शीर्षक बनेका देखिन्छन्।

महानगरको निर्णयविरुद्ध नेविसंघ सर्वोच्चमा

काठमाडौं महानगरपालिकाले संविधानविपरीत आधारभूत तथा माध्यमिक तहका लागि विद्यार्थीबाट शुल्क तोकेको भन्दै नेपाल विद्यार्थी संघले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ। महानगरपालिकाले संवैधानिक तथा मौलिक हकको उल्लंघन गर्न खोजेको भन्दै निःशुल्क शिक्षाबाट वञ्चित गर्ने खालको निर्णय गरेकाले कार्यान्वयन रोक्न माग गर्दै सोमबार सर्वोच्चमा निवेदन दर्ता गरेको हो।

एनआइसी एसिया बैंकको दुई नयाँ शाखा

एनआइसी एसिया बैंकले काठमाडौं उपत्यकाभित्र दुइटा नयाँ शाखा खोलेको छ। काठमाडौं महामनगरपालिका वडा नम्बर १४, कुलेश्वर र वडा नम्बर ३२, कोटेश्वरमा शाखा खोलेको छ।

खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काउन डोजर लगाइयाे

काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काउन सुरु गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको निर्देशनमा कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको टोलीले सटर भत्काएको सुरु गरेको हो ।

'सात वर्षभित्र केरुङ–काठमाडौं रेल सञ्चालन हुन्छ'

चीनको राजधानी बेइजिङमा शुक्रबार सुरु भएको दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा सम्बोधन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले हिमालय पार गरेर नेपाल जाने रेलबारे चर्चा गरिन्। उद्घाटन समारोहपछि आयोजित उच्चस्तरीय समारोहलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति भण्डारीले रेलको चर्चा गरेकी हुन्।

सम्झौतामै किर्ते, दलकै आडमा अतिक्रमण

राजधानीको खुलामञ्च कब्जा गर्ने जलेश्वर–स्वच्छन्द–बिकोई बिल्डर्स प्रालिले काठमाडौं महानगरपालिकासँग गरेको सम्झौतामा किर्ते भएको फेला परेको छ। महानगरपालिकासँग भएको सम्झौतापत्रमा ‘२०७३ वैशाख १३ मा स्वीकृत गरेको नक्साभन्दा विपरीतका संरचना निर्माण गर्न पाइने छैन’ भनिएको छ भने ठेकेदारसँग भएको प्रतिमा ‘पाइनेछ’ उल्लेख छ।

जबरजस्ती फोहर संकलन केन्द्र हटाउँदै वडा कार्यालय

काठमाडौं महानगरपालिका–३२ वडास्थित स्थानीयले फोहर संकलन गर्दै आएको ठाउँमा वडा कार्यालयले डोजर चलाउन थालेको पाइएको छ।

खुलामंच अतिक्रमणको विरोध

काठमाडौं महानगरपालिका र जलेश्वर–स्वच्छन्द–बिकोई जेभी कम्पनीको मिलेमतोमा खुलामञ्च अतिक्रमण गरिएकोमा सर्वसाधारणले विरोध जनाएका छन्। सम्पदा अभियन्ता र स्थानीयले खुलामञ्च अतिक्रमण गरेर मास्न खोजेको भन्दै बिहीबार विरोध प्रदर्शन गरेका हुन्।

काठमाडौं महानगरपालिकाले वृद्धि गरेको २७ प्रतिशत शुल्क खारेजी

काठमाडौं महानगरपालिकाअन्तर्गत सञ्चालित निजी विद्यालयहरुले वृद्धि गरिएको शुल्क महानगरको शिक्षा समितिको बुधबार बसेको बैठकले खारेजी गर्ने निर्णय गरेको छ।

कोटेश्वरमा महालक्ष्मी बैंक

महालक्ष्मी विकास बैंकले काठमाडौंको कोटेश्वरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकिङ सेवाको पहुँच देशभर पु-याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तारमा जोड दिँदै आएको बैंकले जनाएको छ। यही क्रममा बैंकले वैशाख सोमबार काठमाडौंको कोटेश्वरमा शाखा खोलेको जनाएको छ। उक्त शाखा सञ्चालनमा आएसँगै बैंकको कुल शाखा संख्या ९३ पुगेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

माफियाका पक्षमा अदालतको फैसला

काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासले चर्चेको २८ रोपनी जग्गाको हकदार सरकार नभएको विवादास्पद फैसला सुनाएको पाइएको छ। अधिवक्ता दीपकराज जोशीले सरकारी जग्गामा मोही कायम गर्ने मालपोत कार्यालय डिल्लीबजारको निर्णय खारेजीको मागसहित २०७२ पुस २६ गते काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए।

सम्झौता लत्याउँदै खुलामञ्चमा व्यापारिक स्टल

जलेश्वर–स्वच्छन्द–बिकोई जेभी कम्पनीले काठमाडौं महानगरपालिकासँग भएको सम्झौताको धज्जी उडाउँदै खुलामञ्चमा ४४ वटा व्यापारिक स्टल सञ्चालनमा ल्याएको छ। महानगरपालिका  र जलेश्वर स्वच्छन्द–बिकोई जेभी कम्पनीबीच २०७१ सालमा सम्झौता भएको थियो।

मेलम्चीमा देखिएकाे अवराेध छिट्टै हट्छ : मन्त्री मगर

बिहीबार काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव कार्यक्रम मन्त्री मगरले आयोजनामा देखिएका समस्या चाँडै समाधान हुने आश्वासन दिइन्। भनिन्, ‘आयोजनाको उचित व्यवस्थापन हुनेगरी मातहतका निकायलाई काम अघि बढाउनू।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्