१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मधेसमा शीतलहर, जनजीवन प्रभावित

प्रदेश २ का जिल्लामा दुई दिनदेखिको शीतलहरले जनजीवन प्रभावित बन्न थालेको छ। कुहिरोले आकाश ढाकिएपछि सवारी चलाउन कठिन भएको छ भने मानिसको चहलपहल पनि कम छ। बिहान बाक्लो हुस्सुसँगै दिनभरी जसो कुहिरो लाग्नाले एक्कासी बढेको चिसोले प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा,सिरहा सप्तरीलगायतका जिल्लाहरुमा कुहिरोसंगै चल्ने चिसो हावाले मानिसको चहलपहलमा निकै कमी आएको हो।

‘मान्छेले के भन्लान् !’

जब म ठूला ‘सुपर मार्केट’ मा जान्छु तब लाग्छ– ‘ओहो ! मेरो जीवनमा कति धेरै मालसामान नचाहिने रहेछ, यी वस्तु नकिनेपछि मेरो पैसा बच्छ।’ त्यहाँ बेचिने १० प्रतिशत मालसामान मात्रै मेरा लागि उपयोगी हुने रहेछन्।

वर्षा र हिमपातले जनजीवन कष्टकर

शुक्रबार बिहानदेखि करिब २४ घण्टा भएको वर्षा र हिमपातले जिल्लाको उच्च भेगको जनजीवन कष्टकर बनेको छ। लेकका अधिकांश क्षेत्रका सडक हिमपातले अवरुद्ध बन्दा यातायात सेवासमेत प्रभावित बनेको छ। आवागमन सहज नहुँदा सर्वसाधारण मारमा परेका छन्।

कर्णालीमा हिमपात, जनजीवन कष्टकर

बिहीबार दिउँसोदेखि कर्णालीका जिल्लामा हिमपात सुरु भएको छ। कर्णालीको हुम्ला, मुगु, डोल्पा जिल्लामा हिजोदेखि हिमपात सुरु भएकोमा जुम्ला र कालिकोटमा रातिदेखि मात्र हिमपात सुरु भएको छ। हिमाली क्षेत्रमा हिँउ परिरहेको छ। तल्लो क्षेत्रमा वर्षा भइरहेको छ। हिमपातसँगै अत्याधिक चिसो बढेको छ।

विद्यालय बन्द, चिसोले जनजीवन कष्टकर

जिल्ला सदरमुकाम मार्तडीसहित हिमाली भेगमा हिमपात सुरु भएको छ। शुक्रबार दिउँसोदेखि मार्तडीमा नै हिउँ पर्न सुरु भएको हो। हिमाली भेगमा हिमपात र जिल्लाको तल्लो क्षेत्रमा पानी पर्न थालेको छ। हिमपात सुरुभएसँगै जिल्लामा चिसो बढेको छ।

जनजीवन कष्टकर, किसान खुसी (फाेटाे फिचरसहित)

निरन्तर हिमपात भइरहेकोले गाइबस्तु गोठ भन्दा बाहिर निकाल्न सकिएको अवस्था छैन्। हिमाली क्षेत्रका विद्यालयमा पठनपाठन प्रभावित भइरहेको छ।

हुम्लामा फेरि हिमपात: हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित

दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ।

क्यानभासमा घोडाको जीवन

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सामूहिक कला प्रदर्शनी आयोजना भएको छ। गत सातादेखि सुरु भएको ‘सिर्जनशील पखेटाहरु’ नामक कला प्रदर्शनी ४५ कलाकारका ८० वटा कलाहरु प्रदर्शनमा राखिएको छ।

निर्जीवन बिमा कम्पनीको बिमाशुल्क ११% ले बढ्यो

चालु आर्थिक वर्ष ०७६/७७ को कात्तिक मसान्तसम्म निर्जीवन बिमा कम्पनीको बिमा शुल्क (प्रिमियम) संकलन ११.३९ प्रतिशतले बढेको छ ।

अव्यवस्थित जीवनशैलीले कुपोषणको जोखिम

व्यक्ति कुपोषित हुने विभिन्न कारण हुन्छन् । अव्यवस्थित जीवनशैली कुपोषणको कारक हो । खान नपाएर भन्दा पनि सन्तुलित रुपमा भोजन गर्न नजान्दा कुपोषणको जोखिम हुने पोषणविद्को तर्क छ । पोषणविद्का अनुसार नेपालमा सामान्यतः दुई किसिमका कुपोषणका समस्या देखिन्छ ।

द्वन्द्वपीडितलाई ह्वील चियरले दियो दोस्रो जीवन

बिहानी परियोजनाले ह्वील चियर प्रदान गरेपछि एकै ओछ्यानमा थलिएका किशोर मिजारलाई नयाँ जीवन पाएको महसुस भएको छ। सरकारले आफूजस्ता अपांगता भएका व्यक्तिलाई निःशुल्क सामग्री तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको माग छ।

फेरिँदै शरणार्थीको जीवनशैली

भुटानी शरणार्थी शिविरमा खरका छाना हटिसकेका छन्। शिविर पनि पातलो हँुदै छ। १० वर्षअघिसम्म शिविर बाहिर निस्केर साइकलमा श्रम गर्ने भुटानी शरणार्थीहरू अहिले छाप्राभित्रै मोटरसाइकलमा पुग्छन्। कसैले इँटा उठाएर घर बनाएका छन् त कसैले जस्ताका छाना हालेका छन्। प्रत्येकको घरमा बिजुली पुगेकै छ। बिग्रेट कोइला अहिले इतिहास भइसक्यो, सबैका घरमा एलपी ग्यास पुगेको छ। पैसा नभएर फोनसमेत गर्न नपाउनेहरू अहिले हजारांै पर्ने आइफोन बोक्छन्। बेला मौकामा नेपाल र भारतका पर्यटकीय सहरसम्म पुग्छन्। औषधि उपचारमा पहिले जस्तो किचलो छैन।

क्यानभासमा खुर्सानीको जीवन

जसरी साहित्यकारले आफ्नो मनभित्र रहेका भावलाई कथा, कवितालगायतका साहित्यको माध्यममार्फत प्रस्टाउने गर्दछन्, त्यस्तै पेन्टिङ पनि चित्रकारहरूका लागि आफ्ना अनुभूति, भोगाइ र मनभित्र गुम्सिएर रहेका अभिव्यक्तिलाई प्रस्फुटन गर्ने सशक्त माध्यम हो।

पहिले आत्मनिर्भर, अहिले परनिर्भर

‘पहिले भ्रष्टाचार हुँदैनथ्यो। सामान्य गल्ती हुनेबित्तिकै कारबाहीको भागिदार भइहाल्नुपथ्र्याे। अहिले भ्रष्टाचार मौलाउँदो छ। धार्मिक परम्परा पनि विभाजित हुँदैछ।’ ‘एसएलसी उत्तीर्ण हुनेबित्तिकै हलो चलाउन लाज मान्छन्, त्योभन्दा माथिल्लो कक्षामा पुग्नेबित्तिकै थलो छाडेर जान्छन्। कृषि क्षेत्र डामाडोल छ। पानीका मुहान सुक्दै जान थालेका छन्।’

एक महिनामा १० अर्ब जीवन बिमा शुल्क

चालु आर्थिक वर्ष ०७६/७७ को साउनमा मुलुकका जीवन बिमा कम्पनीहरुले १० अर्ब ५१ करोड ३८ लाख रुपैयाँ बिमा शुल्क (प्रिमियम) संकलन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्