१२ मंसिर २०८१ बुधबार
image/svg+xml

विद्यार्थीले सांसदलाई सुनाए विद्यालयका समस्या

बासगढी नगरपालिका–७ लक्षमनास्थित पुर्णहिरा माविमा संघीय सांसद संजय गौतम सोमबार साढे १० बजे एक्कासी झुल्किए।

दुईतिहाइ हुँदाहुँदै संसद् छलेर कानुन

आफ्नो पक्षमा दुईतिहाइ सांसद हुँदाहुँदै पनि संसद् छलेर सरकारले अध्योदशमार्फत प्रशासन कानुन ल्याएको छ। अध्यादेशबाट ल्याइएको समायोजन कानुनले समस्या सामधान नगरी कर्मचारी समायोजनमा झनै जटिलता ल्याउने प्रशासनविद्हरूको बुझाइ छ।

छ महिनामा सांसदको उपचारमा ६८ लाख खर्च

प्रतिनिधिसभा र राष्ट्रियसभाका ४१ सांसदले छ महिनामा स्वास्थ्योपचार बापत ६८ लाख रुपैयाँ राज्यकोषबाट खर्च गरेका छन्। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई जेठदेखि कात्तिकसम्मको छ महिनामा ६८ लाख ४ हजार १ सय ८४ रुपैयाँ उपलब्ध गराइएको हो।

प्रदेश सांसदमा विदेश भ्रमण मोह बढ्दो

प्रदेश सांसदको विदेश भ्रमण क्रम बढेको छ। मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आर्थिक वर्ष २०७५/७६ को पहिलो चार महिना (साउनदेखि कात्तिक) सम्म दुईदर्जन प्रदेश सांसदले विदेश भ्रमण गरेका छन्।

करोडौंंको सरकारी जग्गामा सांसदको आँखा

प्रतिनिधिसभाकी सदस्य एवं प्राकृतिक स्रोत समितिकी सभापति पूर्णाकुमारी सुवेदीले कोहलपुर नगर विकास समितिको करोडौं रुपैयाँ मूल्यको जमिन हडप्न प्रपञ्च गरेको आरोप लागेको छ।

सांसद दुलाल चढेको गाडीमा ढुंगा प्रहार

प्रदेश तीनका पूर्वमन्त्री केशव स्थापितलाई भेटेर फर्कंदै गरेका दुई प्रदेश सांसद चढेको गाडीमा ढुंगा प्रहार भएको छ । काठमाडौं महानगरपालिका ६ बौद्ध महांकाल पानीट्याङकी नजिक सडकमा प्रदेश नम्बर ३ का सांसद गणेश दुलाल सवार बा१९च ४९८ नम्बरको गाडीमा ढुंगा प्रहार गरिएको थियो।

पूर्वसांसद बर्मन बुढाको अनुभूति : पद सकिए संगै गुमनाम हुन्छन नेता

‘बिहान सबेरै निद्रा खुल्छ। चिसो छ। घाम निस्कियो भने यता उति खुट्टा तान्छु। बुढाबुढी बस्छौं। डाडामाथि डुब्न लागेको जुन न परियो। कति बाचिएला खै’, यसै बर्ष राष्ट्रपतिबाट पाएको ‘राष्ट्रदीप पदक’ देखाउदै पूर्व सांसद बर्मन बुढाले भने। रोल्पा थवाङ घर भएका पुराना कम्युनिष्ट नेता बर्मनको दैनिकी एकतमासको छ।

प्रदेश सांसदलाई सहयोगी राख्ने बाटो खुल्यो

कर्णाली प्रदेशसभाका सदस्यहरुले सहयोगी (स्वकीय सचिव) राख्न पाउने भएका छन्। मंगलबार सरकारले संसदमा दर्ता गराएको कर्णाली प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ अनुसार प्रत्येक सांसदले सुब्बा सरहको स्वकीय सचिव राख्न पाउने उल्लेख छ।

बास्तोलाको निधनप्रति दुःख व्यक्त

पूर्वसांसद मञ्च नेपालले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।

दुर्घटनामा प्रदेश सांसद घाईते

उदयपुरका प्रदेश सांसद नारायण बुर्जामगर दुर्घटनामा परी घाईते भएका छन्। शुक्रबार राति उनी सवार मोटरसाईकल अर्काे मोटरसाईकलसँग ठक्कर खाँदा ५४ वर्षीय मगर घाईते भएका हुन्।

संसदीय समिति अनिश्चितकालसम्म स्थगित

प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिहरूको बैठक एक महिनाभन्दा लामो समयसम्म बस्न नसक्ने अवस्था देखिएको छ । दसैंको बिदा हुन एक साता बाँकी नै रहँदा उपस्थित हुने सांसदको संख्या न्यून देखिएका कारण धेरैजसो समितिले अनिश्चितकालीन रूपमा बैठक स्थगित गरेका छन्।

प्रतिनिधिसभाको बर्षे अधिवेशन : कुन सांसद कति अनुपस्थित ?

प्रतिनिधि सभाको चालू बर्षे अधिवेशनमा सबैभन्दा धेरै अनुपस्थित हुनेमा सांसद सूर्यनारायण यादव पहिलाे, पदमनारायण चौधरी दोसो र प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तेस्रोमा छन्।

संसद बैठक स्थगित हुँदा फुर्सदमा कर्णालीका सांसद

कर्णाली प्रदेशसभा बैठक स्थगित भएको डेढ महिना पुग्न थाल्यो। संसद बैठक अनिश्चित हुँदा सांसदहरु फुर्सदमा छन्। केही मतदाताहरुसँग भेटघाट गरेर प्रदेश राजधानी फर्केका छन्। केही सांसदहरु संघीय राजधानी काठमाडौंमा छन् । केही आफ्ना व्यक्तिगत काममा व्यस्त छन्।

भूकम्प पीडितको कथा सुनेर बेलायती सांसद भावुक

नेपाल भ्रमणमा रहेका बेलायती सांसद स्टेफन गेथिन्स नेपालका भूकम्प पीडितको कथा सुनेर भावुक बनेका छन्। २०७२ सालको भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’का पात्रहरुलाई प्रत्यक्ष रुपमा भेटेका सांसद गेथिन्स उनीहरुको कथा सुनेर भावुक बनेका हुन्। ‘यो मेरो नेपाल भ्रमणको सबैभन्दा उपलब्धिमुलक भेट भयो’, उनले भने।

ओलाङ्चुङगोला सहित सबै सडकलाई बिशेष प्राथमिकता दिन भट्टराईकाे माग

प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले नेपाल–चीन सिमाक्षेत्रका नेपालतर्फका सडकको पूर्वाधारलाई विशेष महत्व दिन सरकारको ध्यानाकर्षण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्