१२ मंसिर २०८१ बुधबार
image/svg+xml

संघीय सरकारको कामप्रति सत्तारुढ सांसदकै आपत्ति

संघीय सरकारले स–साना परियोजनाको प्रदेशमा कार्यालय खोल्न लागेको भन्दै सत्तारुढ नेपाल कम्युनिट पार्टि (नेकपा)का सांसदहरुले आपत्ति जनाएका छन्। मंगलबार प्रदेश राजधानी हेटौंडामा बसेको बैठकमा नेकपाको ३ नम्बर प्रदेशको संसदीय दलको बैठकमा संसदीय दलका नेता एवम् ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार दीर्घकालिन योजना लिएर अगाडि बढिसकेको बताए।

पूर्वमन्त्री ढकालद्वारा भारतीय सांसदहरुसँग अन्तरक्रिया

भारतको दुइ दिने भ्रमणमा रहेका पूर्व मन्त्री एवं इन्टरनेशनल अशोशियसन अफ पर्लियामेन्टरियन फर पिस (आइएपिपि) एशिया-प्यासिफिकका अध्यक्ष एकनाथ ढकालले त्यहाँका सत्तारुढ तथा बिपक्षी दलका सांसदहरुसँग अन्तरक्रिया गरेका छन्।

‘नेपालका मन्त्री र सांसदहरु’ पुस्तक सार्वजनिक

वरिष्ठ पत्रकारद्वय भैरव रिसाल र भरतराज पोखरेलद्वारा लिखित ‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तक मंगलबार सार्वजनिक गरिएको छ।

सिक्टाबारे सांसद माैन

जिल्लामा हुने सानातिना विकास निर्माणको कामप्रति चासो राख्ने बाँकेका सांसदहरु सिक्टा सिँचाइ आयोजनाको कामबारे ‘अनभिज्ञ’ जस्तै देखिन्छन्।

सांसदलाई पेस्तोल ताकेको आशंकामा ७५ पक्राउ

प्रतिनिधिसभा सदस्य निरुदेवी पाललाई मंगलबार साँझ कञ्चटमा पेस्तोल ताकेको घटनामा अनुसन्धान गर्न काठमाडौं प्रहरीले शंकास्पद ७५ जनालाई नियन्त्रणमा लिएको छ।

संसदीय समितिमा रहने सांसदको नाम अनुमोदन (नाम सहित)

प्रतिनिधिसभाको आजको बैठकले संसद्का विषयगत विभिन्न १० वटा समितिमा रहनुहुने सांसदको नाम अनुमोदन गरेको छ।

सांसद पालमाथि आक्रमणको निन्दा, सुरक्षा व्यवस्था गर्न निर्देशन

संसदीय सुुनुवाइ समितिलेको बुधबारको बैठकले मंगलबार बेलुका सांसद निरुदेवी पालमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै सांसदहरुको सुरक्षाको व्यवस्था गर्न संसद् सचिवालयलाई निर्देशन दिएको छ।

पूर्व सांसद जोशीको निधनमा शोक प्रस्ताव पारित

राष्ट्रिय सभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गर्यो।

प्रदेश ५ : मन्त्री र सांसदको तलब तोकियो, मन्त्रीको दशैंभत्ता काटियो

सदनमा पेश भएको झण्डै तीन महिना पछि मुख्य मन्त्री, मन्त्री तथा प्रदेश सभाका पदाधिकारी र सदस्यहरुको पारिश्रमीक तथा सेवा सुविधा सम्बन्धि दुई वटा विधेयक पास भएका छन्

नेकपाका सांसदको आरोप : डा केसी हत्यारा हुन्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक सांसदले डा. गोविन्द केसीलाई हत्याराको आरोप लगाएकी छिन्। नेकपाका शीर्ष नेताले डा. केसीको माग सम्बोधन गरेर सरकारले विपक्षीहरुको षडयन्त्रलाई असफल पारेका बताइरहेका बेला सांसद गंगा चौधरीले भने हत्याराको आरोप लगाएकी हुन्।

प्रदेश सांसदलाई स्वकीय सचिव सहित भत्ता वृद्धि गर्न विधेयक परिमार्जन

प्रदेश ५ का  प्रदेश सांसदले स्वकीय सचिव सहितको सेवा सुविधा पाउने भएका छन। यस अघि विभिन्न शिर्षकमा राखीएको भत्ता वापतको रकम पनि वृद्धि गरीएको छ। गत वैशाख ११ मा सदनमा पेश भएको प्रदेश ५ का मुख्य मन्त्री, मन्त्री र प्रदेश सभाका पदाधिकारी र सदस्यहरुको पारिश्रमीक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेका दुइवटा विधेयक परिमार्जन गर्दै सेवा सुविधा बढाइएको हो। संसदको अर्थ उद्योग तथा पर्यटन समितिले सभासदहरुका लागि सुब्बा सरहको स्वकीय सचिव सहित भत्ता सुविधा बृद्धि गरीएको प्रतिवेदन शुक्रबारको सदनमा पेस गरेको छ।

चिकित्सा शिक्षा विधेयक परिमार्जनसम्बन्धी सहमति केलाउँदै सांसदहरु

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक परिमार्जनबारे सरकार र चिकित्सक डा गोविन्द केसीबीच भएको नौ बुँदे सहमतिलाई सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले मसिनो गरी केलाउन थालेका छन्।

केसीसँगको सहमतिबारे नेकपाका सांसदलाई जानकारी

नेपाल कम्युनिष्ट पार्टीले आफ्नो संसदीय दलको बैठकमा चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा. गोविन्द केसीसँग भएको सहमतिबारे जानकारी गराएको छ।

सांसदबाट प्रश्नको ओइरो

संसदीय सुनुवाइ समितिका सदस्यले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको प्रमाणपत्र नम्बरदेखि अन्तरिम आदेश, जनगुनासो, सर्वोच्च अदालतमा हुने बिचौलियाको चलखेलसम्मका विषयमा प्रश्न उठाएका छन्।

कानुन मन्त्रीलाई कारबाही गर्न महिला सांसदको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरुले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङलाई कडा भन्दा कारबाही गर्न माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्