११ मंसिर २०८१ मंगलबार
image/svg+xml

थरुहट तराई पार्टीबाट किन निकालिइन सांसद गंगा चौधरी ?

थरुहट तराई पार्टी नेपालले केन्द्रीय उपाध्यक्ष एवं व्यस्थापिका संसदकी सदस्य गंगा चौधरीलाई पार्टीबाट निष्काषन गरेको छ। पटक पटक सचेत गराउँदा पनि अनुशासन पालना नगरेको र नयाँ पार्टी खोल्ने योजना बनाएको पाइएपछि पार्टीले निष्काषन गरेको अध्यक्ष भानुराम थारुद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

थरुहटकी सांसद गंगा चौधरीलाई पार्टीबाट निकालियो

थरुहट तराई पार्टी नेपालले केन्द्रीय उपाध्यक्ष एवं सांसद गंगा चौधरी (सत्गौंवा)लाई पार्टीबाट निष्काषन गरेको छ। पार्टीको विधि, विधान, नियमावली, घोषणापत्र, निर्णय, नीति निर्देशन विपरित कार्य गरेको भन्दै पार्टीबाट निष्काषन गरेको अध्यक्ष भानुराम थारुद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

गाउँ पुगेका सांसदलाई ब्रुसबाङका चेपाङले भने-‘हामीलाई अन्तै सारिदिनुस्’

दक्षिणी धादिङको विकट गाउँ ब्रुसबाङका चेपाङले आफूहरुको बस्ती सारिदिन आग्रह गरेका छन्। पुस्तौंदेखि खानेपानीको चरम समस्या झैल्दै आएको र भूकम्पपछि जमिन चिराचिरा परेर भासिएकोका कारण गाउँमा घर बनाएर बस्न सक्ने अवस्था नभएकोले पानी भएको ठाउँमा बस्ती सारिदिन आग्रह गरेका हुन्।

गुल्मीमा प्रहरी र प्रदर्शनकारीबिच झडप, सांसदसहित २५ बढी घाइते

जिल्ला प्रशासन कार्यालयमा लगाएको ताला खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सदरमुकाम गुल्मी सदरमुकाम तम्घास तनावग्रस्त बनेको छ। आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा लगाएको ताला खुलाई धर्नामा बसेका प्रर्दशनकारीलाई प्रहरीले हटाउन खोज्दा दुबै पक्षबीच झडप भएको हो।

एमाले सांसदले पार्टी केन्द्रीय कार्यालयमै कुटाइ खाए

स्थानीय तह पुनर्संरचना विषयको विवादमा एमाले सांसद लालबहादुर रावल आफ्नै कार्यकर्ताबाट कुटिएका छन्। बिहीबार दिउँसो धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय परिसरभित्रै उनलाई कार्यकर्ताले आक्रमण गरेका हुन्।

थारू सांसदको 'गोप्य' भेला

नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरमलगायत पार्टीका थारू सांसदले गोप्य बैठक गरी कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा गाभ्नुपर्ने अडान राखेका छन्। कैलाली र कञ्चनपुरलाई ५ नम्बरमा नराखी संशोधन प्रस्ताव संसद्मा प्रस्तुत गरिए पार्टी ह्विप उल्लंघन गरी विरोधमा उत्रने सहमति पनि उनीहरूले गरेका छन्।

सांसदसँगको परामर्शमा पुनःसंरचना टुग्याइने

स्थानीय तह पुनःसंरचना आयोगले प्रदेश नम्बर दुईका आठ जिल्लाको पुनःसंरचना त्यहाँका सांसदसँगको परामर्शमा टुंगो लगाउने भएको छ। मधेसवादी दलहरूको असहयोगका कारण तराईका आठ जिल्लामा पुनःसंरचना काम हुन सकेको छैन।

बुढीगण्डकी प्रभावित संयम रहन सांसदहरुको आग्रह

बुढिगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रका नागरिकलाई संयम रहन धादिङ र गोरखाका सांसदले आग्रह गरेका छन्। सबैको भावनालाई कदर गर्दै राष्ट्रिय गौरवको आयोजना सम्पन्न गरिने भएकोले दुवै जिल्लाका सांसदहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी प्रभावित क्षेत्रका सम्पूर्ण नागरिकलाई संयम रहन आग्रह गरेका हुन्।

बुढीगण्डकी प्रभावितलार्इ सांसदहरूकाे अाग्रह– 'धैर्य गर्नुस्'

मुआब्जाको माग गर्दै केही स्थानीयवासीले बूढीगण्डकी जलविद्युत् आयोजनाको सिउरेनीटारस्थित कार्यालय घेराउ गरेको घटनाप्रति सो क्षेत्रका सांसदले धैर्यता राख्न आग्रह गरेका छन्।

बेल्जियमका सांसदले नेपाल भ्रमण गर्ने

बेल्जियको सत्तारुढ दलको उपनेता सहितको एक संसदिय प्रतिनिधि मण्डलले नेपालको भ्रमण गर्ने भएको छ । एनभिए पार्टीको संसदीय दलकी उपनेता श्रीमती रीता वेलन्ससहितको एक उच्चस्तरीय टोलीले आगामी अप्रिल महिनाको पहिलो साता नेपालको भ्रमण गर्न लागेको हो।

एमाले अवरोधप्रति कांग्रेस सांसदको आपत्ति

नेपाली कांग्रेसका सांसद्हरुले संविधान संशोधन विधेयकलाई नेकपा एमालेले राष्ट्रघातको संज्ञा दिएको भन्दै कडा आपत्ति जनाएका छन्। तराई-मधेसका २७ जना सांसदले विज्ञप्ति जारी गर्दै मधेसी जनताको मागअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त विधेयक दर्ता गराएको भन्दै संशोधन विधेयक स्वागतयोग्य रहेको उल्लेख गरेको छ।

तलब–भत्ता वृद्धिविरुद्ध सांसदहरुलाई एक रुपैयाँ संकलन

सांसदको तलब–भत्ता वृद्धिविरुद्ध म्याग्दीका विद्यार्थीले चर्को विरोध गरेका छन् । अनेरास्ववियु म्याग्दीले मंगलबार सदरमुकाम बेनीमा सर्वसाधारणबाट ६०१ रुपैयाँ संकलन गरी व्यवस्थापिका संसद्लाई पठाएको छ।

सांसद् तलब सुविधा वृद्धि विधेयक पारित

सर्वसाधारण जनता महँगीले आक्रान्त भइरहेका बेला सांसदले आफ्नो पारिश्रमिक र विविध सुविधा बढाउने विधेयक फास्ट ट्र्याकमा संशोधनसहित पारित गरेका छन्। पारित विधेयकमा सांसदलाई तलब, भत्ता र विविध सुविधासहित मासिक एक लाख रुपैयाँभन्दा बढी प्रदान गर्न प्रस्ताव गरिएको छ।

सांसदको तलब कम्तिमा मासिक १ लाख २४ हजार

सांसदले तलब भत्ता मासिक कम्तिमा एकमुष्ट १ लाख २४ हजार पाउने भएका छन्। आइतबार संसदले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३’ लाई संशोधन सहित स्वीकृत गरेको हो।

पुनःनिर्माणको काम प्रभावकारी भएनःसांसद

व्यवस्थापिका– संसद्को आजको बैठकको शून्य समयमा सांसदले ‘गोरखा भूकम्प’ गएको लामो समय भए पनि वास्तविक भूकम्पपीडितले हालसम्म राहत नपाएको तर नक्कली भूकम्पपीडितले पाएको र कर्मचारी गाउँ नजाँदा पीडितले राहत पाउन मुस्किल भएको गुनासो गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्