१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सांसदको प्रश्न: ‘गाउँ–गाउँमा सहकारी, घर–घरमा भकारी’ कहाँ हरायो ?

प्रस्तावित नयाँ सहकारी विधेयकका विभिन्न १३ प्रावधानमाथि ६७ सांसदले संशोधन प्रस्ताव राखेका छन्। विशेष गरी ग्रामीण अर्थतन्त्र र विपन्न नागरिकको आयस्तर उकास्ने आधारका रुपमा रहेको सहकारीको दायरालाई परिवर्तित सन्दर्भमा समसामयिक बनाउन आफूहरुले संशोधन प्रस्ताव राखेको उनीहरुको भनाइ छ।

सांसद् लामाको निलम्बन फकुवा

व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद डा ल्यारक्याल लामाले विशेष अदालतबाट सफाइ पाएको बारे जानकारी गराइएको छ ।

सुविधा बढाउन सांसदको माग

सांसदहरूले आफ्नो सेवासुविधा बढाउनुपर्ने माग गरेका छन् । संसद्मा संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३ सम्बन्धी छलफलमा भाग लिँदै सांसदहरूले आफ्नो सुविधा समयअनुकूल बनाउन माग गरेका हुन् ।

कार्कीलाई उन्मुक्ति नदिन सांसदको माग

सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई उन्मुक्ति दिन नहुने बताएका छन् । संसद्मा कार्कीविरुद्धको महाभियोग प्रस्तावमा जारी छलफलको तेस्रो दिन सोमबार एमाले सांसद युवराज ज्ञवालीले नेपालको संविधान र व्यवस्थापिका संसद् कार्यसञ्चालन नियमावलीअनुसार नै सदनमा महाभियोग प्रस्ताव दर्ता गरिएकाले डराउन र आशंका गर्न आवश्यक नभएको बताए ।

माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधन

नेकपा माओवादी केन्द्रका नेता एवं सांसद भक्तिप्रसाद पाण्डेको ६२ बर्षको उमेरमा निधन भएको छ। एकवर्षदेखि क्यान्सरबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा आज विहान निधन भएको हो।

सांसदको सुविधा बढाउन विधेयक संसदमा

सांसदको तलब सुविधा बढाउन कानुन बनाउने प्रक्रिया अघि बढेको छ। सांसदहरुको तलब भत्ता बढाउन शुक्रबार संसदमा विधेयक पेश हुन लागेको हो। शुक्रबार बस्ने संसद बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री शंकर नायकले सांसदहरुको पारिश्रमिक र सुविधा बढाउने विधेयक पेश गर्ने कार्यसूचि छ।

निगमलाई २५ लाख व्ययभार बोकाएर सांसद टोली चीनतिर

नेपाल आयल निगमको खर्चमा सांसदको टोली चीन भ्रमणमा निस्किएको छ। उपभोक्तासँग लिएको रकमबाट करिब २५ लाख रुपैयाँ निगमलाई भार पर्ने गरी उक्त टोलीले चीनको बेइजिङलगायत सहर घुम्ने छ।

माअाेवादी केन्द्रका सांसद पाण्डेकाे अवश्था गम्भीर

नेकपा माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको स्वास्थ्यअवस्था गम्भीर भएको छ।

नेपालको पर्यटन प्रवर्द्धनका लागि पहल गर्छुः अस्ट्रेलियाली सांसद

‘नेपाल भ्रमण गरी पुनःनिर्माणका लागि सहयोग गरौँ’ भन्ने नारासहित अस्ट्रेलियाली सांसद जिङ लीसहितको प्रतिनिधिमण्डल नेपाल भ्रमण गरी आज स्वदेश फर्किएको छ ।

महाअभियोग पारित गर्न सांसदलाई एसएमएस

गत बुधबार व्यवस्थापिका संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की बिरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको सांसदहरूकाे सर्मथन जुटाउन पाल्पामा दवाव अभियान थालिएको छ। जिल्लाका नागरिक तहका संघ संस्थाले विज्ञप्ति, एसएमएस र हस्ताक्षर अभियानमार्फत प्रस्तावको स्वागत गर्दै सांसदहरूलाई खबरदारी गरेका छन्।

नेकपा संयुक्तका सांसदले महाअभियोग पक्षमा मतदान गर्ने

नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका—संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको समर्थनमा मतदान गर्ने निर्णय गरेको छ।

कार्की पक्षबाट सांसद शाहीलाई धम्की

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावको प्रस्तावक बनेका माओवादी केन्द्रका सांसद् महेन्द्रबहादुर शाहीले विपक्षीबाट आफूलाई धम्की आएको बताएका छन्। उनले विपक्षी कार्की पक्षबाट मात्र नभइ आफ्नै पार्टीभित्रैबाट पनि दबाब र धम्की आएको जनाए।

महाअभियोगको पक्षमा उभिन अध्यक्ष दाहालको सांसदलाई निर्देशन

प्रधानमन्त्री एवं नेकपा माअोवादी अध्यक्ष पुष्पकमल दाहालले अख्तियार प्रमुख लोकमान सिंह कार्की बिरूद्धको महाअभियोग प्रस्तावका पक्षमा जुट्न निर्देशन दिएका छन्।

कांग्रेस लोकमानलाई बचाउने पक्षमा छैन: सांसद पाण्डे

बाजुरा- नेपाली कांग्रेस केन्द्रीय सदस्य बद्री प्रसाद पाण्डेले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई बचाउने पक्षमा कांग्रेस नरहेको बताएका छन्। 'लोकतन्त्र र विधिको शासन विरोधी जो कोहीलाई पनि संरक्षण गर्न कांग्रेस तयार छैन्', पाण्डेले भने।

महाअभियोगको औचित्यबारे ओलीले गरे आफ्ना सांसदलाई ब्रिफिङ

नेकपा (एमाले)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध बुधबार संसद् सचिवालयमा दर्ता भएको महाअभियोगको औचित्य र आवश्यकताबारे आफ्ना सांसदलाई जानकारी गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्