१२ मंसिर २०८१ बुधबार
image/svg+xml

लोकमानको घरमा म्याद तामेली रोक्नेलाई कारबाही गर्न सांसदको माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद तामेल गर्न गएका सर्वोच्च अदालतका कर्मचारीलाई अवरोध गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन सांसद्हरुले माग गरेका छन् ।

संविधान संशोधनको प्रस्ताव छिटो ल्याउन सांसदहरुको माग

व्यवस्थापिका-संसद्को आजको बैठकको विशेष समयमा सांसदहरूले संविधान संशोधन गरी खासगरी तराई-मधेस, थारु समुदायका माग सम्बोधन गर्नसरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले संविधान संशोधनका विषय प्रतिपक्षी दल लगायत सबै जनताले जानकारी पाउनुपर्छ भन्दै सरकारलाई सबै दलको सहमतिमा मात्र संविधान संशोधनको प्रस्ताव ल्याउन सुझाव दिए।

सांसद यादवकाे डेरामा चाेरी

नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवको डेराबाट नगद, सुन र अन्य मालसामान चोरी भएको छ। काठमाडौं महानगरपालिका– ३५ शान्तिनगरमा डेरा गरी बस्दै आउनुभएका यादवको कोठाबाट शुक्रबार रु ८० हजार, डेढ–डेढ तोलाका दुई थान सुनका सिक्री तथा एक÷एक थान ल्यापटप र क्यामेरा चोरी भएको हो।

माझी गाउँमा दसैँ मनाउँदै सांसद

तम्घास (गुल्मी)- नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले गुल्मीको खोला तथा नदी किनारमा बस्दै आएका माझी समुदायसँग यसपालीको दसैँ मनाउने भएका छन्।

‘सांसदलाई दाम’ अभियान

चिकित्सा शिक्षा सुधारका माग राख्दै आमरण अनशन बसेका डा. गोविन्द केसीका समर्थकले सांसदलाई दाम चढाउने अभियान सुरु गरेका छन् । डा. केसीका मागका विषयमा मौन बसेर सांसदहरू आफ्नो तलबभत्ता बढाउन लागिपरेकाले आलोचनात्मक सन्देश दिन केसी समर्थकले दाम चढाउने अभियान चलाएका हुन् ।

‘साम्राज्यवाद’ र ‘विस्तारवाद’ले माओवादी सांसदकै टाउको दुख्यो

माओवादीले राजनीतिक प्रशिक्षण र दस्तावेजमा जहीँतहीँ प्रयोग गर्ने दुई शब्द छन्— भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद। कुनै बेला माओवादीले खुबै माया गरेर प्रचार गरेका यी दुई शब्दले एक जना माअाेवादी सांसदकै टाउको दुःखाइ दिएको छ। मंगलबार संसदमा बोल्दै उनले राष्ट्रिय अभिलेखबाट समेत ती दुई हटाउनुपर्ने माग गरे।

मालामाल नभएको दाबी गर्दै सांसदद्वारा भत्ता सुविधा बढाउन माग

नेपाली कांग्रेसका सांसद राम अयोध्याप्रसाद यादबले सांसदहरुको भत्ता सुविधा बढाउन माग गरेका छन्। मंगलबारको संसद बैठकमा बोल्दै उनले घरधनीले पत्रपत्रिकामा सांसदको तलब बढेको समाचार पढेर भाडा बढाएको भन्दै सांसदको तलब भत्ता बढाउन माग गरे।

पुनःनिर्माण प्राधिकरणको परामर्श समितिमा १४ सांसद मनोनीत गरिने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको परामर्श परिषद्को बैठकले भूकम्प प्रभावित जिल्लामा समावेशी सिद्धान्तका आधारमा प्रत्येक जिल्लाबाट प्रतिनिधित्व हुनेगरी १४ जना सांसदलाई परामर्श परिषद्को सदस्य मनोनीत गर्ने निर्णय गरेको छ ।

थारु सांसदले दिए संसदबाटै सशस्त्र विद्रोहको धम्की (भिडियो)

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का सांसद योगेन्द्र चौधरीले संसदलाई सम्बोधन गर्दै मधेसी र थारुका माग सम्बोधन नभए सशस्त्र विद्रोह हुने चेतावनी दिएका छन्।

डा. केसी साथमा सांसद चौधरी

नेपाली कांग्रेसका नेता एवं सांसद सुरेन्द्र चौधरीले डा. गोविन्द केसीले उठाएका मागप्रति ऐक्यबद्धता जनाएका छन्। अनशनको छैठौं दिन शनिबार स्वास्थ्य सेवा र शिक्षाका लागि उनले उठाएका माग पूरा गर्न प्रमुख दल नै मौन रहेको अवस्थामा आफूले भ्रष्टाचारविरुद्ध अभियानमा नेतृत्व लिने दृढता चौधरीले व्यक्त गरे।

हिन्दीलाई राष्ट्रभाषा बनाउन कांग्रेस सांसदको माग (भिडियो)

नेपालको हिमाल, पहाड, तराइ र मेचीदेखि महाकालीसम्म ५० प्रतिशत नेपाली जनताले हिन्दी भाषा बोल्ने बताउँदै सत्तारुढ नेपाली कांग्रेसका एक सांसदले हिन्दी भाषालाई राष्ट्रभाषा बनाउन माग गरेका छन्।

भारत-पाकिस्तान शान्तिवार्ता नेपालले गराउनुपर्छ : सांसद भण्डारी (भिडियो)

भारतले ६ महिनासम्म आफ्नै देशमाथि नाकाबन्दी गर्दा मौन रहेको संसदमा शुक्रबार भारत-पाकिस्तान मुद्दाले चर्चा पाएको छ। भारत र पाकिस्तानबीच बढ्दै गएको तनाब मत्थर पार्न नेपालले वार्ता गर्नुपर्ने आवाज संसदमा उठेको छ।

भिटो खारेज गरेर सांसदले ठूलो गल्ती गरे: ओबामा

अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी कांग्रेसले भिटो खारेज गरेर ठूलो गल्ती गरेको बताएका छन्। सेप्टेम्बर–११ को ट्विन टावरसँग सम्बन्धि विधेयकमा सासंदले बुधबार ओबामाको भिटो विरुद्ध मतदान गरेका थिए। आफ्नो भिटो खारेज भएपछि ओबामले भने, ‘सासंदले ९/११ विधेयक अस्विकृत गरेर खतरनाक गल्ती गरेका छन्।’

दाहालकाे अभिव्यक्तिबारे सांसदद्वारा जानकारी माग

माओवादी लडाकु शिविरको भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको सांसदहरूले आलोचना गरेका छन् । व्यवस्थापिका संसद्को शून्य र विशेष समयमा आइतबार बोल्दै सांसदहरूले दाहालको अभियव्यक्तिका विषयमा सदनलाई जानकारी गराउनसमेत माग गरे ।

वातावरणमैत्री पुनर्निर्माण गर्न सांसदहरूकाे सुझाव

भूकम्पप्रभावित जिल्लाका सांसदले वातावरणमैत्री दिगो पुनर्निर्माणका लागि सरकारलाई १० बुँदे सुझाव दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्