९ आश्विन २०८१ बुधबार
image/svg+xml

अर्लि इलेक्शनको सम्भावना छैनः वर्षमान पुन

नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले अर्लि इलेक्शनको सम्भावना नभएको बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताए।

माओवादी केन्द्रीय समिति बैठक: प्रचण्डले एमसीसीबारे जवाफ दिने

सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज अपराह्न २ बजे बस्ने भएको छ।

माओवादी केन्द्र मोरङ संयोजकमा विश्वास

नेकपा माओवादी केन्द्र प्रदेश १ ले मोरङ जिल्ला समन्वय समितिको संयोजकमा विजयकुमार विश्वास चयन गरेको छ। पार्टीको प्रदेश कमिटिले विश्वासलाई संयोजकको जिम्मेवारी दिएको हो ।

माओवादीभित्रको विवादमा ‘विप्लव’ प्रवेश

दाहालले आफूसँग चिढिएका श्रेष्ठलाई भेटेर दायाँबायाँ नसोच्न, एमसिसीबारे आफ्नो मत पार्टीभित्रै राख्न र अन्य विषयमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्। श्रेष्ठ पूर्वएकता केन्द्र ब्युँताउने तयारीमा रहेको स्रोतको दाबी छ। यस्तो बेलामा श्रेष्ठले विप्लवसँग गरेको कुराकानीले नयाँ मोड लिनसक्ने अडकलबाजी हुन थालेको छ।

निर्णय विपरित एमसीसी पारित गरेको भन्दै नेता पोखरेलद्वारा आपत्ति

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले पार्टीको निर्णय विपरित एमसीसी यथास्थितिमा संसदबाट पारित गरेको भन्दै आपत्ति जनाएका छन्।

माओवादी केन्द्रमा बढ्यो मतभेदः सात सांसद कारबाही दायरामा

सोमबार पत्रकार सम्मेलनमा दाहालले केही नेताको विमति रहनु स्वाभाविक भएको उल्लेख गरे पनि सांसदले ह्विप उल्लंघन गरेको बारे केही बताएनन्। उनले यो विमतिको विषयमा केन्द्रीय समितिमा छलफल हुने बताएर पार्टीभित्रको विवादबारे पत्रकारको जिज्ञासालाई साम्य पार्ने कोसिस गरेका थिए।

एमसीसी पारित भएपछि म निकै खुसी छु, देश दुर्घटनाबाट बच्यो: प्रचण्ड

निजी निवास खुमलटारमा सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष दाहालले एमसीसीका कारण राजनीतिक दलहरु र समाज नै विभाजित भई प्राप्त उपलब्धि पनि गुम्ने खतरा पैदा भएको बताएका हुन्।

माओवादी संसदीय दलको बैठकमा व्याख्यात्मक टिप्पणीबारे छलफल

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा एमसिसी सम्झौता अनुमोदनका सन्दर्भमा तयार भएको व्याख्यात्मक टिप्पणीका बारेमा छलफल भएको छ।

एमसिसीबारे पूर्व मुख्यसचिव पौड्यालको अभिव्यक्ति विवादित

‘उहाँ (लिलामणि) माओवादीको विदेश विभागमा बसेर काम गर्न थालेपछि आफ्नो पदीय गरिमा बिर्सेर उग्र राजनीतिज्ञ जस्तो हुनुभएन,’ ती पूर्वमुख्य सचिवले भने, ‘उहाँले आफ्नो विगतको पदीय जिम्मेवारी भुल्नुभयो।’

प्रचण्ड र नेपालले एमसीसी पारित गराउन देउवालाई वचन दिएका छन्ः केपी ओली

अध्यक्ष ओलीले हिजो बिहानै प्रधानमन्त्री देउवालाई भेटेर दाहाल–नेपाल दुवैले गठबन्धन नटुटाउने सर्तमा एमसीसी पास गर्ने वचन दिएको बताएका हुन्।

गठबन्धन जोगाउने र राष्ट्रिय समस्या समाधान गर्ने उपाय खोजिरहेका छौँः अध्यक्ष दाहाल

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पारेर नेपाल दलित मुक्ति मोर्चाले आज आयोजना गरेको कार्यक्रममा उनले आफूहरु गठबन्धनलाई जोगाउने र एमसिसी समस्या समाधान गर्ने उपायको खोजीमा लागिरहेको बताए।

गठबन्धन कायम राखेर एमसीसीलाई निष्कर्षमा पुर्‍याउन माओवादी तयार

नेकपा (माओवादी केन्द्र) ले सत्तारुढ गठबन्धनलाई कायम राख्दै अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतालाई निष्कर्षमा पुर्‍याउनुपर्ने निर्णय गरेको छ। गठबन्धन नै कायम नरहने अवस्थामा भने पार्टीले नयाँ नीति तय गर्ने भएको छ।

सरकारमा बस्ने नबस्नेबारे खुमलटारमा छलफल जारी

ललितपुरको खुमलटारस्थित दाहाल निवासमा अहिले माओवादी केन्द्रका नेताहरूबीच सरकारमा बस्ने या नबस्नेबारेमा छलफल भइरहेको छ। छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादीका नेता सहभागी छन्।

सरकार छाड्ने, समर्थन कायमै

सत्ता गठबन्धनमा एमसिसीमा एकैमत नभएपछि प्रधानमन्त्री देउवाले एमालेको साथ लिन अध्यक्ष केपी ओलीसँग पनि संवाद गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्