५ आश्विन २०८१ शनिबार
image/svg+xml

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण (फोटोफिचर)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि औपचारिक रुपमा सञ्चालनमा आउँदैछ। त्यसैको तयारी स्वरूप निजी क्षेत्रका वायुसेवा कम्पनी बुद्ध र यती एयरलाइन्सले बिहीबार एटिआर–७२ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गराएका छन्। त्यही विमानस्थलबाट उडान पनि गरेका छन्।

इन्धन जोगाउन साईकल सिटी पोखराको ‘टुर दि पोखरा’

‘थोपा थोपा ईन्धन बचाउ’ साईकल सिटीको पोखराको अभियान हो। दुई वर्ष अघि मात्रै साईकल सिटीले ‘बोसो पगाल, इन्धन नबाल’ भन्ने सार्थक सन्देश दिदैं साईकल सँस्कृति बनाउन खोजिरहेको छ। साईकल सिटीले वर्षेनी यस्तै अभियान शुरु गर्दै आएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः बुद्ध र यती एयरलाइन्सले आज ‘डेमो फ्लाईट’ गर्ने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनवरी १ देखि औपचारिक रुपमा संचालनमा आउँदैछ । त्यसैको तयारी स्वरुप निजी क्षेत्रका वायुसेवा कम्पनि बुद्ध र यती एयरलाइन्सले आज दिउँसो डेमो फ्लाइट (प्रदर्शन उडान) गर्दैछन्। डेमो फ्लाइट पछि व्यवसायीक उडानको तयारी थाल्ने हवाई कम्पनिले बताएका छन्।

पोखरा महोत्सव पुस अन्तिम साता

पोखराको चर्चित पोखरा महोत्सव पुस अन्तिम सातादेखि हुने भएको छ। युनाईटेड क्लव पोखराको आयोजनामा वर्षेनी हुँदै आएको पोखरा महोत्सवको एघारौं संस्करण पुस २७ गतेदेखि माघ ९ गतेसम्म हुने भएको हो। पोखराको अमरसिंह चौरमा हुने महोत्सवको तयारी तिव्र पारिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

पोखराः अन्तर्राष्ट्रियसँगै पुरानो विमानस्थल पनि चलिरहने

आगामि जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदैछ। अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै पोखराको चालु (पुरानो) विमानस्थलबाट हुँदै आएका ठुला आकारका जहाजको उडान र अवतरण पनि अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुरु हुनेछन्। तर, छोटो दूरीको धावनमार्गबाट उडान र अवतरण हुने (स्टल) जहाज सहित अल्ट्रालाइट र हेलिकप्टरको उडान भने पुरानै विमानस्थबाट संचालन हुनेछन्। ठुला जहाज अन्तर्राष्ट्रिय विमानस्थलबाट संचालन भइरहँदा चालु विमानस्थल पनि चल्तीकै अवस्थामा रहिरहने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताएको छ।

प्याराग्लाइडिङ पोखरामै रहिरहने, तर सराङकोटमा उड्न नपाउने

आगामि जनवरी १ (सन् २०२३) देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदैछ। अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पोखराको आकाशमा उडान भईरहेको प्याराग्लाइडिङको भविश्य के हुने भन्नेमा सर्वत्र चिन्ता थियो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः पहिलो उडान पोखरा–वनारस रुटमा

अंग्रेजी नयाँवर्षको पहिलो दिन (२०२३ जनवरी १) देखि संचालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान पोखरादेखि भारतको वनारससम्म हुने भएको छ। निजी क्षेत्रको अग्रणी हवाई कम्पनि बुद्ध एयरले पोखरा–वनारस रुटमा पहिलो उडान भर्ने तयारी गरेको छ।

पुस १३ देखि पोखरामा प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन

पोखरामा यही पुस १३ गतेदेखि प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना हुदैंछ। कास्की जिल्ला व्याडमिन्टन संघले विभिन्न १० वटा इभेण्टमा राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेको छ। पोखरामा यो सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता समेत हो।

पोखराको फोहाेरः के अब पोखराको फोहाेर तत्काल नउठ्ने हो ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा मुख्य बाधक मानिएको यहाँको ल्याण्डफिलसाइटमा शनिबारदेखि फोहाेर फ्याक्न रोकिएको छ।

लिटरेचर फेस्टिभलको दसौँ संस्करण आउँदो साता

नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण आगामि बुधबारदेखि पोखरामा सुरु हँदैछ। पुस ११ गतेसम्म चल्ने फेस्टिबलको उद्घाटन सत्रमा अर्थशास्त्री एवं काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको विद्वत प्रवचन हुनेछ। वाग्लेले ‘नेपाल २०९०’ शीर्षकमा प्रवचन दिनेछन्।

पोखरामा विवेक ओबरायको साहसिक अनूभव (तस्बिर सहित)

बलिउड अभिनेता विवेक ओबराय यतिबेला पोखरा घुमघाममा व्यस्त छन्। ओबराय पोखराका साहसिक पर्यटकीय गतिविधिमा रमाईरहेका छन्। हिमालपारिको जिल्ला मुस्ताङको धार्मिक क्षेत्र मुक्तिनाथ दर्शन गर्ने समेत उनको तालिका छ। उनी शुक्रबार पोखरा आएका थिए।

पोखराको प्याराग्लाइडिङ : दिनमा तीनघण्टा मात्रै उड्न पाउने

आगामि जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि यहाँको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान के हुने भन्ने बारेमा अझै यकिन त भईसकेको छैन।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: जनवरी १ मा प्रधानमन्त्रीले उद्घाटन गर्ने

अंग्रेजी नयाँवर्षको पहिलो दिन (२०२३ जनवरी १) देखि संचालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन्।

बाराही मन्दिर पुनःनिर्माण गरिँदै

पोखराकै प्रसिद्ध मानिने बाराहीदेवीको मन्दिर विसं २०७२ को भूकम्पले तीन इन्च दक्षिण तर्फ कोल्टिएपछि पुनःनिर्माण गर्नुपर्ने देखिएसँगै पुनःनिर्माणको कार्यलाई अघि बढाइएको छ।

आन्तरिक पाहुनाः कोठाको मुल्यमा ‘बार्गेनिङ’ तर, खानपिनमा निस्फिक्रि

पर्यटन व्यवसायीका अनुसार आन्तरिक पाहुना संख्यात्मक रुपमा ठुलो आकार मात्र नभई खर्च गर्ने मामलामा पनि उत्तिकै अब्बल छन्। व्यवसायीका अनुसार आन्तरिक पाहुना बरु, कोठाको मुल्यमा ‘बार्गेनिङ’ गर्छन, तर, खानपिनमा खुलेर खर्चन्छन्, पटक्कै कन्जुस्याँइ गर्दैनन्। पोखरेली व्यावसायीका अनुसार अहिले पर्यटन क्षेत्रमा आन्तरिक पाहुनाको हिस्सा करिब ४० प्रतिशत पुगिसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्