५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

इन्धन जोगाउन साईकल सिटी पोखराको ‘टुर दि पोखरा’

‘थोपा थोपा ईन्धन बचाउ’ साईकल सिटीको पोखराको अभियान हो। दुई वर्ष अघि मात्रै साईकल सिटीले ‘बोसो पगाल, इन्धन नबाल’ भन्ने सार्थक सन्देश दिदैं साईकल सँस्कृति बनाउन खोजिरहेको छ।  

साईकल सिटीले वर्षेनी यस्तै अभियान शुरु गर्दै आएको छ। सिटीले टुर दि पोखरा मार्फत दैनिक रुपमा इन्धन प्रयोगलाई घटाउनुपर्ने आवाज उठाउँदै आएको छ। टुर दि पोखराको पहिलो दिन साईकल सिटीले ७२ किलोमिटर दुरी साईक्लिङ गर्दै तय गरेको छ। ‘मन्दिर टु मन्दिर’ भन्दै साईकल सिटीले बाग्लुङको कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साईक्लिङ गरेको छ।  

साईकल सिटीले टुर दि  पोखरा शुरु गरेको यो छैटौं सँस्करण हो। बातावरणमा नकारात्मक प्रभाव, बढदो प्रदुषण, सवारी चापसँगै पेट्रोलियम खनिजको कमीबाट बच्न उपयुक्त माध्यम नै साईकल भएको भन्दै टुर दि पोखराका संयोजक राजन गोङगजूले साईकल सँस्कृतिको विकास गर्ने अभिप्रायले वर्षेनी फरक नारासहित अभियान सञ्तालन गर्दै आएको बताए। टुर दि पोखरा विशेष गरी टुर दि फ्रान्सबाट प्रेरित हुदैं पोखरामा साईकल सिटीले यो कार्यक्रम गर्दै आएको छ।  

साईकल सिटीले सन २०१५ मा ‘स्वास्थ्य मुटु सबैका लागि, जहिले पनि जहाँ पनि’ भन्दै अभियान थालेको हो। त्यसपछि सन २०१६ मा ‘पावर योर लाईफ’ नाम दिदैं अभियानलाई अघि बढायो। सन २०१७ मा ‘स्वास्थ्य बातावरण तथा पर्यटनका लागि साईकल’ नारा तय गर्यो। दुई वर्ष कोभिड–१९ ले रोकियो। ‘इन्धन विना जीवन चल्दैन् तर इन्धन प्रयोगलाई घटाउन सक्छौं।’ उनको भनाई थियो, ‘साईकल चलाउने अभियानले इन्धनको प्रयोगमा विस्तारै कटौती हुन्छ। थोपा थोपा भएपनि ईन्धन बचाउनुपर्छ भन्ने हो।’  

साईकल सिटीले शनिबार छैटौं संस्करणको टुर दि पोखरा शुरु गर्दै यो वर्षको अभियानलाई टुंग्याउने छ। साईकल र्याली गरिने छ। पोखराको नयाँबजारस्थिल प्रदर्शनी केन्द्रबाट रुट तय गर्दै बजार परिक्रमा गर्ने छ। नयाँबजार, महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टी, नालामुख, विन्ध्यवासिनी, बागबजार, टुँडिखेल, हरिचोक, मिरुवा, जिरोकिमी, सभागृहचोक, विपिचोक, रानीपौवा, शितलदेवी, भद्रकाली, मियाँपाटन, ३२ केभी, अमरिसंहचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक हुदैं प्रदर्शनी केन्द्रमा पुगेर टुर दि पोखरा टुंगिने उनले बताए । टुर दि पोखरामा ‘स्लो साईकल रेस’ समेत आयोजना गरिने छ। अभियानमा विभिन्न उमेर समूहका झण्डै १५ सय साईक्लिष्टहरुको सहभागिता रहने विश्वास साईकल सिटी पोखराका पूर्व अध्यक्ष प्रकाश बज्रचार्यले बताए।  

प्रकाशित: ७ पुस २०७९ ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App