१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः बुद्ध र यती एयरलाइन्सले आज ‘डेमो फ्लाईट’ गर्ने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनवरी १ देखि औपचारिक रुपमा संचालनमा आउँदैछ । त्यसैको तयारी स्वरुप निजी क्षेत्रका वायुसेवा कम्पनि बुद्ध र यती एयरलाइन्सले आज दिउँसो डेमो फ्लाइट (प्रदर्शन उडान)  गर्दैछन्। डेमो फ्लाइट पछि व्यवसायीक उडानको तयारी थाल्ने हवाई कम्पनिले बताएका छन्।  

दुवै एयरलाइन्सले एटिआर–७२ जहाजबाट डेमो फ्लाइट गर्ने तयारी गरेका छन्। एटिआर–७२ जहाजले पोखराको हालको चालु विमानस्थलबाट अन्तर्राष्ट्रिय विमानस्थलसम्म डेमो फ्लाईट गर्ने एयरलाइन्सले बताएका छन्। यी जहाज ७० देखि ७२ सिट क्षमताका हुन।  

बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले चालु विमानस्थलबाट अन्तर्राष्ट्रिय विमानस्थलबासम्म उडान र अवतरण गराएर डेमो फ्लाइट गर्ने बताए। ‘एकपटक पुरानो बाट उडेर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने हो। त्यसपछि अन्तर्राष्ट्रियबाट टेकअफ गराएर पुरानोमा अवतरण गराउँछौ,’ कर्णले भने, ‘दुइवटा विमानस्थलबाट एकअर्काेमा आउजाउ गर्दा करिब आधा घण्टा समय लाग्नेछ।’  

डेमो फ्लाइट सकेपछि जहाज व्यवसायिक उडानकै क्रममा काठमाडौं फर्कने उनले बताए। बुद्ध एयरका कर्णले डेमो फ्लाईटपछि व्यवसायिक उडानको तयारीमा जुट्ने बताए। ‘नेपाल नागरिक उड्ययन प्राधिकरणको स्वीकृतिमा यो उडान गर्न थालिएको हो। जनवरी १ देखि अन्तर्राष्ट्रिय विमानस्थलबाटै सबै खाले उडान सुरु हुने उनले बताए।  

अर्को वायुसेवा कम्पनि यती एअरलायन्सले पनि विहीबारै प्रदर्शन उडान गर्ने तयारी गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेसँगै यती एअरलायन्सले व्यवसायिक उडानको तयारी गरेको बताएको छ। त्यसका लागि एअरलाइन्सले नयाँ विमानस्थलबाट उडान गर्न आवश्यक जनशक्ति तयारी गर्ने, तालिम दिने, भुमिस्थ उपकरण ब्यवस्थापन गर्ने, विमानस्थलको स्थित अफिस तयारी गर्ने लगायतका आन्तरिक कामलाई  तीब्रता दिएको छ।  

तयारी अनुसार विहीबार डेमो फ्लाईट गर्न थालेको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । अन्तर्राष्ट्रिय विमानस्थलमा प्रशिक्षक चालकदलले एटिआर–७२ बिमान मार्फत पहिलो पटक प्रदर्शन उडान गर्न लागेको बर्ताैलाले बताए

यती एअरलाइन्सले चालक दलका सदस्यहरुलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एअरलाइन्सको आन्तरिक तयारीका लागि उडान भर्न लागेको बताएको छ। यसरी हुने उडानले चालक दलका सदस्यहरुलाई नयाँ विमानस्थलको बस्तु स्थिती जानकारी हासिल गर्न सहज हुने पनि बर्ताैलाले बताएका छन्।  

प्रकाशित: ७ पुस २०७९ ०६:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App