५ आश्विन २०८१ शनिबार
image/svg+xml

पोखरामा आत्मदाहको प्रयास गरेका पुरुषलाई जोगाउन खोज्दा जलेकी महिलाको मृत्यु

पोखरा महानगरपालिका–१३ काँहुखोलामा आफ्नै शरिरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका पुरुषलाई जोगाउन जाँदा जल्न पुगेकी महिलाको सोमबार बिहान मृत्यु भएको छ। घाइते पुरुषको भने उपचार भईरहेको छ।

व्यवसाय प्रवर्द्धनको माध्यम बन्यो ‘महोत्सव’

पोखरामा आयोजित महोत्सवले व्यवसायिक उत्पादनको प्रवद्र्धनमा टेवा दिएको भन्दै व्यवसायीले खुसी जनाएका छन। मेला र महोत्सवले व्यापार भन्दा पनि व्यवसाय प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको उनीहरुको भनाई छ। व्यवसायिक प्रवद्र्धनले व्यापारमा पनि सकारात्मक प्रभाव महोत्सवले पारेको छ।

दुर्घटना जाँच आयोगद्वारा जहाजको उपकरण र कागजात सङ्कलन

यही माघ १ गते कास्कीको पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको नाइन एन–एएनसी एटीआर–७२–५०० जहाजबारे जाँचबुझ गर्न गठित दुर्घटना जाँच आयोगले दुर्घटनस्थलबाट आवश्यक पार्टपूर्जा र वायुयानका रेकर्डसहित कागजात सङ्कलन गरेको छ।

‘डमी’ दूर्घटनाकाे अभ्यास मंसिर २३ गते, यती विमान दूर्घटना माघ १ गते: उद्दार अभ्यास भने सधै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ‘डमी’ जहाज तयार पारेर दुर्घटना घटाएर उद्धार र आगलागी नियन्त्रणको अभ्यास मंसिर २३ गते मात्र भएको थियो। तर, त्यही उद्धार अभ्यासलाई वास्तविकतामा बदल्ने गरि अघिल्लो साता पोखराको मध्यसहर भएर बग्ने सेतीखोंचमा यती एयरलाइन्सको जहाज खस्यो। काल्पनिक घटनामा उद्धार जति सहज थियो, वास्तविक घटनामा भने त्यो नभएपछि उद्धार क्षमताप्रति प्रश्न उठ्न थालेको छ।

दुर्घटनाको असर

विमान यात्रा सवारीहरूमा सबैभन्दा सुरक्षित रहेको विभिन्न अध्ययनले पुष्टि गरेका छन् तर पनि दुर्घटनाले विमानलाई पनि पछ्याउनचाहिँ छाडेको छैन।

विमान दुर्घटनाको सत्यतथ्य चाँडो सार्वजनिक गर्न माग

‘यती एयरलाइन्स दुर्घटना प्रभावित नागरिक समाज’द्वारा आज पोखरामा आयोजित भेलामा पीडित परिवारजनले दुर्घटना जाँच आयोगले पीडित पक्षलाई दुर्घटनाबारे विश्वसनीय जानकारी दिन नसकेको र आफूहरुसँग सम्पर्कसमेत नगरेको दुःखेसो गरेका छन्।

तेस्रो टाईगरकप भलिबल च्याम्पियनसिप: गण्डकी प्रदेश र नेपाल प्रहरी बीच पहिलाे खेल

पुरुष तर्फ गण्डकी प्रदेशले नेपाल पुलिस क्लबसँग उदघाटन खेल्दै पोखरामा आईतबारदेखि तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिप शुरु हुदैं छ। गण्डकी प्रदेश पहिलो संस्करणको विजेता टोली समेत हो।

पोखरा फाइनान्सका अध्यक्ष गुरुङले लिए शपथ

पोखरा फाइनान्स लिमिटेडको सञ्चालक समितिको ५१५ औँ बैठकबाट संस्थाको अध्यक्ष पदमा नियुक्त डा. दीर्घमान गुरुङले राष्ट्र बैंकबाट सपथ लिएका छन्।

एमाले अध्यक्ष ओली र चिनियाँ राजदूत सोङबीच भेट

बुधबार साँझ ओली निवास बालकोटमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले ओलीसँग भेट गरेका हुन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः जहाजसँग चरा ठोक्कियो, कुचोले बढारेर धावनमार्ग सफा गरियो

गत आइतबार ७२ जना यात्रुको ज्यान जानेगरि पोखरामा यती एयरलाइन्सको ९एन एएनसी कल साइनको एटिआर७२–५०० सिरिजको जहाज दुर्घटनामा प¥यो। दुर्घटनाको कारण अहिलेसम्म पहिचान भएको छैन। त्यही घटना सेलाउन नपाउँदै सोमबार फेरि अर्काे हवाईजहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा पर्नबाट जोगिएको छ। अवतरणको क्रममा चरासँग जहाज ठोक्किएको थियो। तर, त्यसले मानवीय र भौतिक क्षति भने पुगेन।

यती एयर दुर्घटना: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

विमानस्थलका भौतिक पूर्वाधार बेलैमा निर्माण सम्पन्न भए पनि सञ्चालनका बेला गरिएको हतारोले नागरिकप्रति गुनासो थियो। वर्षाैंअघि गर्नुपर्ने काम पनि पूरा नगरी अन्तिममा हतारहतार गरिनुले सरकारी निकायप्रति नागरिकले प्रश्न उब्जाएका थिए।

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए।

दोहोरिइरहने हवाई दुर्घटना

नेपालीको प्रिय पर्व मकर संक्रान्तिको रमाइलो आइतबार बिहान पोखरामा विमान दुर्घटना भएपछि खल्लो बन्न पुगेको छ।

तीनसय मिटर गहिरो खोँचमा फसेका छन ३२ शव, निकाल्नका लागि क्रेन प्रयोग (अपडेट)

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको जहाज पोखराको बीचबजार भएर बग्ने सेती खोँचमा खसेको छ। यो खोँच आफैमा पनि जोमिपूर्ण छ। ठाउँठाउँमा खाडल र तल सेती नदि लुकेर बग्ने भएकोले माथिल्लो सतहबाट नदी समेत देख्न सकिन्न।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्