८ वैशाख २०८१ शनिबार
अर्थ

पोखरा फाइनान्सका अध्यक्ष गुरुङले लिए शपथ

पोखरा फाइनान्स लिमिटेडको सञ्चालक समितिको ५१५ औँ बैठकबाट संस्थाको अध्यक्ष पदमा नियुक्त डा. दीर्घमान गुरुङले राष्ट्र बैंकबाट सपथ लिएका छन्।

अध्यक्ष गुरुङले नेपाल राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेलबाट अध्यक्ष पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। कार्यक्रममा निर्देशक डा. खरेलले नवनियुक्त अध्यक्षलाई बधाइ तथा शुभकामना प्रदान गर्नु हुँदै नेपाल राष्ट्र बैंकको निर्देशिकाको पालना तथा संस्थागत सुशासनको बारेमा प्रकाश पारेका थिए।

नव नियुक्त अध्यक्ष डा. गुरुङले पोखरा फाइनान्सको अध्यक्ष पदमा नियुक्त भएकोमा खुशी व्यक्त गर्दै नेपाल राष्ट्र बैंकको निर्देशिका एवं संस्थागत सुशासनको पालना गर्दै संस्थाको प्रगतिको लागि हरदम प्रयत्नशील रहने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

प्रकाशित: ५ माघ २०७९ ०२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App