भोटेकोशी बाढी : प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालन गराइँदै
भोटेकोशी बाढीबाट क्षतिग्रस्त सञ्चार टावरहरुलाई सुचारु गरिएको छ।
भोटेकोशी बाढीबाट क्षतिग्रस्त सञ्चार टावरहरुलाई सुचारु गरिएको छ।
मन्त्रालयले विपद्को परिस्थितिमा सूचनाले उद्धार, राहत तथा जनमानसमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले जिम्मेवार र संवेदनशील ढङ्गबाट सूचना सम्प्रेषण गर्न आग्रह गरेको हो।
विदेशमा रहेका नेपाली नागरिक तथा अन्य इच्छुक दाताले अब अनलाइन माध्यमबाट सिधै नेपाल सरकारको राहत कोषमा आर्थिक सहयोग गर्न सक्ने भएका छन्।
हिमनदीको कति भाग खसेको हो भन्ने यकिन नभए पनि कोक्सले यसको मात्रा पाँच लाखदेखि १० लाख घनमिटरसम्म हुन सक्ने अनुमान गरे।
रसुवाको भोटेकोशी नदीमा बाढी निम्त्याएको स्थानमा फेरि नदी थुनिएर बनेको ताल फुट्ने उच्च जोखिम देखिएपछि बाढी पूर्वानुमान महाशाखाले विशेष सतर्कताको आपत्कालीन सूचना जारी गरेको छ।
भोटेकोशी खोलाको बाढीपछि बारा र पर्साका ३१ जना सम्पर्कविहीन भएका छन् ।
घाइतेहरूमध्ये केही सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् भने गम्भीर र मध्यम अवस्थाका बिरामीहरूको विभिन्न अस्पतालमा निरन्तर उपचार जारी छ।
बाढीले बगाएर भरतपुरमा फेला परेका शवहरूबाट अमानवीय तरिकाले कानको गरगहना लुटपाट गर्ने समूहको खोजी प्रहरीले तीव्र पारेको छ।
तीर्थयात्री, हाइड्रोपावरमा काम गर्ने जनशक्ति र रसुवा भन्सार कार्यालय आसपास व्यापारिक काम गर्ने नागरिक सम्पर्कविहीन भएका हुन्।
रसुवा र त्रिशूली आसपासका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा बिहीबार मौसममा सुधार आएपछि उद्धार तथा राहत कार्यमा केही सहजता भएको छ।
रसुवामा आएको विनाशकारी बाढीमा परेर लुम्बिनी प्रदेशका १ सय २ जना सम्पर्कविहीन भएका छन्।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ३३२ पुगेको छ।
उद्धार गरिएका नागरिकहरूमा महिला, पुरुष तथा बालबालिका समेत रहेका छन्। उद्धार पश्चात उनीहरूलाई सुरक्षित रूपमा उक्त तालिम केन्द्रमा राखिएको छ र आवश्यक राहत तथा व्यवस्थापनको काम भइरहेको छ।
हालसम्म कैलालीका ४० जना सम्पर्कविहीन रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिएका छन्।
प्रशासनका अनुसार सम्पर्कविहीनको खोजीका लागि फोटोसहितको व्यक्तिगत विवरण तयार गरी सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।