१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

सर्वोच्चमा बालेनविरुद्ध अवहेलनाको उजुरी दर्ता, आजै सुनुवाइ हुँदै

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ।

छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयको स्वीकृति रद्द गर्ने छौं: मेयर बालेन

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयको स्वीकृति रद्द गर्ने बताएका छन्।

सोमबारदेखि काठमाडौंमा भारतीय चलचित्रको प्रदर्शन रोक्ने मेयर बालेनको घोषणा

उनले चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश हटाउन ३ दिनको समय दिएको र उक्त ३ दिनमा नहटाएको भन्दै भारतीय चलचित्रको प्रदर्शन रोक्ने बताएका छन्।

राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन्: मेयर शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राज्यकाे चरम असफलताका कारणले गर्दा स‌सद भवन अगाडि शरीरमा आगो लगाएर आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्। उनले बुधबार आफ्नो आधिकारीक फेसबुक पेज मार्फत यस्तो लेखेका हुन्।

भीम रावललाई बालेनको जवाफ: अमेरिकी राजदूतले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि भेटेको हुँ

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले अमेरिकी राजदूतले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र आफूले भेटेको बताएका छन्।

मेयर र उपमेयरलाई स्याबासी दिँदै कमल थापाले भनेः टुकुचामा पौडी खेलेको सम्झना आयो

‘सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ,’ थापाले लेखेका छन्, ‘काठमाडौँका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस् शुभकामना।’

धमाधम उठ्न थाल्यो कर

काठमाडौँ महानगरपालिकाको पटक पटकको ताकेतापछि लामो समयदेखि ढुक्कले बसेका करदाता कर तिर्न थालेका छन्। महानगरको ताकेताका पछि अहिलेसम्म ८४ लाख ३४ हजार कर असुल भएको महानगर राजश्व विभागका प्रमुख डा.शिवराज अधिकारीले जानकारी दिए।

गलत काम गरेर आर्जन गरेको पैसाले मान्छेलाई कहिले पनि सुख हुँदैनः मेयर शाह

'इमानदारी नै उत्तम नीति हो भन्ने सम्झिए जिन्दगीमा धेरै अगाडि बढिन्छ। गलत काम गरेर आर्जन गरेको पैसाले मान्छेलाई कहिले पनि सुख हुँदैन। हामी हिन्दु धर्म, बौद्ध धर्म मान्ने मान्छेहरु हौँ।' उनले भने।, 'हामी पापमा विश्वास गर्छौं, गलत बाटोबाट आर्जन गरेको पैसा सबै पाप धुरीबाट कराउँछ भनेझै ति कुराहरुलाई अब तपाईंहरूले मनन गरेर आचरणमा पनि सुधार ल्याउनु होला।'

बहाल कर बुझाउन सेना र नेपाल प्रहरीका निकायलाई महानगरको पत्र

मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनमा महानगरपालिकाले नेपाल आर्मी, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई आफ्ना क्षेत्रभित्र बहालमा लगाइ बहाल आम्दानी गरेको देखिएकाले त्यसवापतको बहाल कर बुझाउन पत्रमार्फत् आग्रह गरेको हो।

बालेनले सर्वोच्चमा तोकिएको म्यादभित्रै बुझाए लिखित जवाफ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बालेन नामबाट चलाइरहेको बालेन नामक भेरिफाइड फेसबुक पेज मार्फत् 'नक्सा पास नगरी बनाइएका संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं।'

‘सकारात्मक ऊर्जा दिने प्रयास’

कामबारेमा टिप्पणी गर्दै उनले आफैले मूल्यांकन गर्नेभन्दा पनि आम मानिसहरूले यो समयलाई कसरी हेरे त्यो अर्थपूर्ण हुने बताएका छन्।

बालेनले सार्वजनिक गरे सय दिने कार्य प्रगति विवरण,पहिलो बुँदामा फुटपाथ व्यवस्थापन

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले आफूले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन्।

अब मिचाहा वर्गलाई कानून मिच्न र मोटाइ रहन दिने छैनौं: मेयर बालेन

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले अब मिचाहा वर्गलाई कानून मिची रहन र अझ मोटाइ रहन नदिने बताएका छन्।

काठमाडौँका मेयरले नक्सा पास नभएका संरचनामा डोजर आतंक मच्चाए उपत्यका बस्न लायक रहदैनः नेता बस्नेत

‘नक्सापास नभएका घरहरु, संरचनाहरुलाई डोजर लगाएर ठोक भनेर काठमाडौँभित्रका १८ जना मेयरले १८ वटा डोजर लिएर हिँडेभने उपत्यका बस्न लायकको रहँदैन। बस्न नालायक ठाउँ हुन्छ। भागेर जानुपर्छ, निर्माणको होइन, ध्वंसको क्षेत्र बन्छ। मिडियाका ४ हजार साथी लिएर प्रोत्साहन दिए भन्दैमा विधि कानून मिचेर, सिस्टमलाई फलो नगरी क्षतिपूर्ति नदिकन जनतालाई दुःख दिने काम नगरौँ। मैले मेरो जिल्ला, मेरो क्षेत्र नमूना बनाएको छु, ध्वंस होइन, निर्माण गरेर बनाउन सकिन्छ भन्ने कुरा भक्तपुरमा गएर हेर्नुहोस्।’

बालेनले अराजक गतिविधिलाई बढावा दिइरहेको छ: मीन विश्वकर्मा

कामनपाका मेयर शाहले अनधिकृत रुपमा बनाइका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने काम गरिरहँदा काँग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्