१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन्: मेयर शाह

फाइल तस्बिर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राज्यका चरम असफलताका कारणले गर्दा संसद् भवन अगाडि शरीरमा आगो लगाएर आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्। उनले बुधबार आफ्नो आधिकारीक फेसबुक पेज मार्फत यस्तो लेखेका हुन्।  

उनले लेखेका छन्, ‘आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो। र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो। उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ। राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन्।’  

उनले सत्ताका अगुवाकारुपमा त्यो सबै समिकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा सत्तास्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनमा ध्यानमग्न भएको आरोप लगाएका छन्।  

‘एकजना नागरिक आफुले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन्। एकजना नागरिक आफुले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन्। एकजना नागरिक संसद भवनको अगाडि आफुमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्।’ उनले भने, ‘त्यो  नागरिककारुपमा, जनप्रतिनिधीकारुपमा, सत्ताका अगुवाकारुपमा, सञ्चारमाध्यमकारुपमा हामी सबै असफल भइरहेका छौँ। जनप्रतिनिधीकारुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन। प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ।’  

नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भुमिकाबाट कठोर भइ निभाउन, नियमको पालना गर्न र सबैले नियमभित्र रहेर व्यवहार गनु पर्ने उनको भनाई छ।  

प्रकाशित: ११ माघ २०७९ ०७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App