१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

बालेनले अराजक गतिविधिलाई बढावा दिइरहेको छ: मीन विश्वकर्मा

फाइल तस्बिर।

सत्तारुढ नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले अराजक गतिविधिलाई बढावा दिइरहेको टिप्पणी गरेका छन्।

कामनपाका मेयर शाहले अनधिकृत रुपमा बनाइका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने काम गरिरहँदा काँग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया दिएका हुन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर शाहले ती भौतिक संरचनाहरु हटाउँदा अराजकता सृजना गरेको भन्दै आपत्ति समेत जनाए। गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय तहको बजार व्यवस्थापन गर्ने नाममा मेयरहरुले अराजक गतिविधि गर्न नहुने बताए। यस्ता गतिविधिले अराजकतालाई बढावा दिने उनको भनाई थियो।  

नेता विश्वकर्माले भने, ‘हामी आज बजारमा के–के देख्दै छौ त ? भत्काउँदै हिँडनु भएको छ नि हैन, मेयर साव। हाम्रो सिष्टमले भनेको त्यो हो त ? त्यसको कानुनी प्रक्रिया छैन ? अव भोलीदेखि सबै मेयरहरुले भत्काउँदै हिँडने हो भने त। गृह मन्त्रीलाई बन्दुक चलाउने अधिकार छ। स्थानीय तहको बजार व्यवस्थापन गर्ने सबै अधिकार मेयरलाई छ। तर अधिकार छ भनेर शान्ति, सुरक्षा भएन भनेर गृहमन्त्री आफैंले बन्दुक बोकेर हिँडनु भयोभने के हुन्छ ? हाम्रो सिष्टमलाई कति व्यवहारिक र अनुशासित भएर संचालन गर्छौै ? हामीले छलफलयता केन्द्रित नगरेको हो कि ? हामीले अराजक गतिविधिलाई बढावा दिईरहेका छौं। त्यसलाई विधि अनुसार चलाउनु पर्छ। गल्ती गर्नेलाई पत्र काटे भयो। उसलाई उपस्थित गराउने, बयान लिने र जरिवाना गरे भईहाल्यो। यतातिर ध्यान दिन जरुरी छ।’

नेता विश्वकर्माले गल्ती गर्नेहरुलाई मेयर शाहले बयान लिने, जरिवाना गर्ने प्रावधान भएपनि आतंकित बनाउने काम गरेको गुनासो समेत गर्नु भयो। उनले मेयर शाहको यस्तो गतिविधिले हाम्रो राजनीतिक प्रणालीमाथि नै आघात पुर्‍याउने तर्क समेत गरे।

प्रकाशित: १० भाद्र २०७९ १२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App