१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सर्वोच्चमा बालेनविरुद्ध अवहेलनाको उजुरी दर्ता, आजै सुनुवाइ हुँदै

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ।

शुक्रबार अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्चमा बालेनविरुद्द अदालतको अवहेलनाको निवेदन दर्ता गराएकी थिइन्।

उक्त मुद्दा आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सुनुवाइ हुँदै छ।

यसअघि उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेश जारी भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत् आफूले आदेश नमान्ने बताएका थिए।

उक्त अभिव्यक्तिले अदालतको अवहेलना हुने भन्दै अधिवक्ता झाले सर्वोच्चमा निवेदन दर्ता गराएकी थिइन्।

प्रकाशित: १० असार २०८० ०८:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App