१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयको स्वीकृति रद्द गर्ने छौं: मेयर बालेन

फाइल तस्बिर

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयको स्वीकृति रद्द गर्ने बताएका छन्।

उनले महानगरलाई छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने बताएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,'विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ।'

उनले हालसम्म काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले छात्रवृत्ति विवरण बुझाएको बताएका छन्।

त्यसबाट लक्षित वर्गका १३००० भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेको र प्राप्त विवरणमाथि निरीक्षण गरी सो सूची प्रकाशित गरिने शाहको भनाइ छ।

उनले हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने पनि बताएका छन्।  

प्रकाशित: ५ असार २०८० १२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App