३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

‘नेपालमा लगानीका अवसरहरू’ विषयक पहिलो सत्र सुरु

आइतबारबाट सुरु भएको दुई दिने नेपाल लगानी सम्मेलन–२०२४ को पहिलो सत्र सुरु भएको छ। उक्त सम्मेलन आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले सोल्टी होटेलमा उद्घाटन गरेका थिए।

सम्मेलनको पहिलो विषयगत सत्रमा ‘नेपालमा लगानीका अवसरहरू, नेपालमा लगानीका सफलताका कथा’का कार्यपत्र प्रस्तुत हुदैछन्। साथै आशयपत्रका लागि परियोजनाहरूको प्रस्तुति (सोकसिङ) गर्ने कार्यक्रम पनि छ।

‘नेपालमा लगानीका अवसरहरू’ विषयक सत्रमा अर्थमन्त्री वर्षमान पुन, पूर्व अर्थमन्त्री डा प्रकाशशरण महत, डा युवराज खतिवडा, पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपालका लागि संयुक्त राष्ट्र सङ्घीय कार्यालयका प्रतिनिधि हान् सिङ्गर, महिला उद्यमी महासङ्घ नेपाल ९एफविन०की अध्यक्ष शोभा ज्ञवाली लगायत वक्ता छन्।

‘नेपालमा लगानीका सफलताका कथा’ विषयक सत्रमा मुख्यसचिव डा वैकुण्ठ अर्याल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणा, लगानी बोर्डका पूर्वकार्यकारी प्रमुख राधेश पन्तलगायत वक्ता छन्।

सम्मेलनको दोस्रो दिन अर्थमन्त्री वर्षमान पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम छ। पहिलो सत्रमा ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयमा छलफल हुनेछ। उक्त सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीलगायत वक्ता छन्।

‘नवप्रवर्तनीय आर्थिक परिदृश्य’ विषयक सत्रमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, ‘नेपालमा हरित र जलवायु अनुकूलन व्यवसायमा लगानीका अवसर’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ‘यातायात पूर्वाधार सुधार’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, राष्ट्रिय योजना आयोगका सदस्य प्राडा सङ्गीता सिंह, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र प्राध्यापक डा सुरेशराज आचार्यलगायत वक्ता छन्।

सम्मेलनमा समानान्तर बहस सत्र पनि सञ्चालन हुनेछन्। समापन सत्रमा सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलेसम्बोधन गर्ने छन् भने समापन मन्तव्य अर्थमन्त्री पुनले दिने कार्यक्रम छ।

प्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन भएको सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्य दिएका थिए भने सम्मेलनको प्रतीक चिह्न (लोगो) प्रदर्शनी गरिएको छ। लगानी सम्मेलनसम्बन्धी भिडियो सन्देशसहितका सामग्री प्रदर्शनीमा राखिएको छ। 

प्रकाशित: १६ वैशाख २०८१ १४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App