१९ आश्विन २०८१ शनिबार
image/svg+xml

संरचना हटाउने क्रममा घर धनीको मृत्यु

हुलाकी सडक विस्तारको लागि पुराना घर संरचना हटाउने क्रममा घर मालिकको ज्यान गएको छ। गुलरिया–७ स्थित दुर्गा गेष्टहाउसको संरचना हटाउने क्रममा सोही गेष्टहाउसका धनी ६५ वर्षीय भविप्रसाद पौडेलको मृत्यु भएको हो।

ताजकिस्तानमा झडप, सत्रको मृत्यु

उज्बेकिस्तानको सिमानामा रहेको ताजकिस्तानको एक जाँचचौकीमा बुधवार बिहान सरकारी फौजको कारबाहीमा १५ जना लडाकू मारिएका ताजकिस्तानको सरकार स्रोतले जानकारी दिएको छ।

कुवामा डुबेर पुरुषको मृत्यु

कुवामा डुबेर बुधबार बिहान एक पुरुषको मृत्यु भएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ भुष्टुङमा रहेको कुवामा डुबेर अन्दाजी ५४ वर्षीय सोमबहादुर कामीको मृत्यु भएको हो।

जुम्लामा प्रहरी निरीक्षक थापाको मृत्यु

सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको छ।

कार दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

सन्धिखर्कको नरपानीमा बुधबार बिहान भएको कार दुर्घटनामा एकै घरका तीन जनाको मृत्यु भएको छ।

पाटे बाघको आक्रमणबाट हात्ती चालकको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्जमा हात्ती चराउने क्रममा बाघको आक्रमणमा परी एक जना माउते (हात्ती चालक)को मंगलबार मृत्यू भएको छ। ठाकुरबाबा नगरपालिकाका ४२ वर्षीय मंगरे थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो।

कञ्चनपुरमा हात्ती आतंकः तीन वर्षमा तीन जनाको मृत्यु

पछिल्ला केहि महिनायता कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा हात्तीले आतंक मच्चाएको छ। किसानको धानबाली भित्र्याउने समयदेखि जिल्लामा जंगली हात्तीको झुण्डले कतिपय स्थानमा क्षती गर्दै आएका छन्। बालीनाली मात्रै नभएर मानविय क्षती समेत भएको छ।

अमेरिकामा घातक सुई लगाएर मृत्युदण्ड

अमेरिकी राज्य साउथ डकोटामा सोमबार एक व्यक्तिलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ।

ससुराली हिडेका विकको त्रियुगामा डुबेर मृत्यु

उदयपुरस्थित ससुराली आउने क्रममा खोटाङका एक व्यक्तिको त्रियुगा नदीमा डुबेर मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका ९ स्थित ससुराली आउँदै गरेका खोटाङ सावामझुवा गाउँपालिका ६ का ४० वर्षीय सुबास विकको त्रियुगा तर्ने क्रममा डुबेर मृत्यु भएको हो।

निर्माणाधीन सडकमा दुर्घटना बढे

लामो समयदेखि निर्माणाधीन रहेको विराटनगर–धरान सडकको निर्माणकार्य समयमै सम्पन्न नहुँदा सडक दुर्घटनामा वृद्धि भएको पाइएको छ। छ लेनको सो सडकका बीच–बीचमा रहेका खाल्डाखुल्डी  छन् भने यो बाटो निर्माण शुरु भएको लगभग छ वर्ष भइसकेको छ।

सुरुङ विस्फोटबाट नौ बालबालिका मारिए

युद्धग्रस्त मुलुक अफगानिस्तानमा स्कुल जाँदै गरेका बालबालिका बारुदी सुरुङ बिस्फोटमा परेका छन्। प्रहरीका अनुसार विस्फोटबाट प्राथमिक स्कुलका नौ जना बालबालिकाको मृत्यु भएको हो। यो बिस्फोट अफगानिस्तानको तखार प्रान्तको उत्तरपश्चिमी क्षेत्रमा गत शनिबार भएको थियो।

बाँदर मार्न बोकेको बन्दुक पड्किँदा किशोरको मृत्यु

बाँदर मार्न बोकेको भरुवा बन्दुक पड्केर लाग्दा एक किशोरको ज्यान गएको छ। मोलुङ्ग गाउँपालिका–३ को थुम्की जंगलमा बाँदर मार्न बोकेको भरुवा बन्दुक पड्किदा अष्ट बहादुर तामाङका १७ वर्षिय छोरा लालमान तामाङको ज्यान गएको हो।

सुनकोशी बस दुर्घटनामा मृत्यु हुनेकाे सनाखत (नामावली सहित)

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुनकोशीमा बस दुर्घटना हुँदा ज्यान गुमाएका १८ मध्ये १७ जनाको सनाखत भएको छ। नेपालथोकमा आज एक बालिकाको शव भेटिएसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको हो। बालिकाको सनाखत हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्