१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

घाँस काट्नेक्रममा लडेर मृत्यु

इलाम- जिल्लाको माइजोगमाई गाउँपालिका–५, सोयाङमा एक जनाको कान्लाबाट लडेर मृत्यु भएको छ। स्थानीय गैरीगाउँका ६२ वर्षीय टेकबहादुर खड्का (अन्तरे दाइ)को बुधबार बिहान करिब ११ बजे घाँस काट्नेक्रममा लडेर निधन भएको हो। 

घरभन्दा अलि तलतिर जंगलमा डोको बोकेर घाँस काट्दै गर्दा लडेका टेकबहादुरको घटनास्थलमै शव भेटिएको माइजोगमाई–५ का वडाध्यक्ष दाताराम सञ्जेलले जानकारी दिए।

मृतकको शव पोस्टमार्टमका लागि अपराह्न सदरमुकामस्थित इलाम अस्पताल ल्याइँदै गरेको वडाध्यक्ष सञ्जेलले बताए।

प्रकाशित: २० कार्तिक २०७६ १३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App