१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसी बोका विक्री गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबार देखि सर्वसाधारणका लागि खसी बोका विक्री गर्ने भएको छ ।

यसका लागि कम्पनीले शनिबार थापाथलीमा खसीबोका  ल्याइसकेको छ । हरेक वर्षजस्तै आइतबारदेखि सहुलियत मूल्यमा बिक्री सुरु गर्ने तयारी गरेको कम्पनीको  जनाएको छ ।

यसपाली जिउँदो खसी बोकाको मूल्य ६७० रुपैयाँ प्रतिकेजी निर्धारण गरिएको छ भने च्याङ्ग्राको १२३० तोकिएको छ । यो मूल्यमा १० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ । शनिबार खसी बोका थापाथलीमा झारिए पनि च्याङ्ग्रा अहिलेसम्म ल्याइएको छैन । 

प्रकाशित: १९ आश्विन २०८१ १३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App