२६ वैशाख २०८१ बुधबार
image/svg+xml

उदयपुरमा ३० करोड लागतको अर्को खानेपानी आयोजना

गाईघाट बजार समेटिएको त्रियुगा नगरपालिका ११, १२ र छिमेकी वडा १३ मा बसोबास गर्नेहरूलाई लक्षित गरी ३० करोड बढी लागतको आयोजना निर्माण सुरु भएको हो।

त्रियुगा–मदन भण्डारी सभाहल निर्माण सुचारु

पहिलो फेजको काम सकिएपछि बजेट अभाव र अन्य प्राविधिक कारण मिलाउन समय लाग्दा निर्माण कार्य रोकिन पुगेको भवनको दोस्रो फेजको काम पुस दोस्रो सातादेखि सुचारु भएको हो।

गाईघाटको पहिचानः चोकमा गाईको मूर्ति

पूर्व–पश्चिम मदन भण्डारी लोकमार्ग र उत्तरदक्षिण लाहान–गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गको संगमस्थलमा गाईको मुर्ति प्रतिस्थापन गरिएको नगरप्रमुख बसन्त बस्नेतले बताए।

वर्षाले सडक भत्काएपछि दशैँ तिहार यात्रा कष्टकर

यो वर्ष ३/४ दिन र बढीमा सातादिन बिराएर मुसलधारे वर्षा भइरहेको छ। छिटो–छिटो वर्षा हुने भएकाले बिग्रे भत्केको सडक मर्मत गर्न नभ्याइने समस्याले सवारी आउ–जाउ गर्न धेरै कठिनाइ पर्ने गरेको छ। खासगरी सदरमुकाम गाईघाटदेखि विकट पहाडी लिमचुङबुङ, ताप्ली र रौतामाई गाउँपालिका आउ–जाउ गर्न धेरै कठिनाइ भइरहेको छ।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

इटहरीबाट कटारीतर्फ जाँँदै गरेको प्र १–००५–००१ प ७४८५ नं. को मोटरसाईकल दुर्घटना हुँदा २४ वर्षीय चालक अभिशेक खड्काको घट्नास्थलमै ज्यान गएको हो। कटारी नगरपालिका ४ कटारीका स्थायी बासिन्दा खड्का श्रीमतिसहित इटहरी गएर घर फर्कदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

मदन भण्डारी लोकमार्गः असारीको पुल चल्यो, ज्यामिरेको अन्तिम, खैराहाको रोकियो

बर्खायाममा सामान्य वर्षामै बाढी आउँदा पैदल र सवारी यात्राको आउजाउ रोक्ने असारी खोलामा निर्माण सुरु भएको ९ महिनामै पुल बनेर बुधबारदेखि यातायात आउजाउ सुरु भएको हो।

उदयपुरमा सडक दुर्घटनाः एककाे निधन तीन घाइते

सडक दुर्घटनामा परी उदयपुरमा मंगलबार राति एकजनाको निधन भएको छ। ३ जना घाइते भएका छन्।

गाईघाट दिक्तेल सडकः ठेक्का लागेको ५ वर्षसम्म कालोपत्रे सुरु भएन

सडक कालोपत्रे गर्ने जिम्मा लिएको ५ वर्षसम्म पनि काम गर्न नसकेपछि गाईघाट–दिक्तेल सकडअन्तर्गत खोटाङतर्फको ४८ किलोमिटर खण्ड कालोपत्रे नगर्ने भारत/सिद्धि शाही जेवी र देवनारायण/पवन/मैनाचुली/खम्पाचे जेवी कारबाहीमा परेका हुन्।

फोक्सिन्टारमा पुल नबन्दा वर्षेनी बेलिब्रीजमा खर्च

कोसीको बाढीले बगाउने जोखिमका कारण दुई जिल्लालाई सोझो यातायातले जोड्न वर्षेनी हिउँदमा बेलिब्रीज लगाउने तथा वर्षा लागेपछि खोल्ने गरिएको छ।

मदन भण्डारी लोकमार्गः गाईघाट–बेलटार खण्डका ५ खोलामा नयाँ पुल थपिँदै

उदयपुरलाई चिरेर निर्माणाधीन ‘मदन भण्डारी लोकमार्ग’को गाईघाट–बेलटार खण्डमा पर्ने ५ वटा खोला खहरेहरुमा नयाँ पुल बन्दैछन्। राष्ट्रिय महत्वको आयोजना यो लोकमार्ग निर्माण हुनुपूर्व डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) बनाउँदा प्राविधिक इस्टीमेटमा पुल बनाउन छुटेका बिभिन्न खोला खहरेमा पुल बनाउन थालिएको हो।

गाईघाट–दिक्तेल खण्डको कालोपत्रे सडक चिरा पर्दै भासियो

सदरमुकाम गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेल जोड्ने लोकमार्गको त्रियुगा नगरपालिका १५ खाँबुमा पर्ने साउने–रानीबास खण्डको सडक चिरा पर्नुका साथै भासिएको छ।

मजदुरले रोके कालोपत्रे

पूर्वी नेपालका तराई जोड्ने सबैभन्दा छोटो दूरीको मार्गकारुपमा रहेको गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत खोटाङभित्र पर्ने सडकमध्ये फोक्सिङटारदेखि सिमपानी भञ्ज्याङसम्मको २७ किलोमिटर खण्ड देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले तथा सिमपानी भञ्ज्याङदेखि महुरेसम्मको २२ किलोमिटर खण्डको कालोपत्रेका काम भारत कन्स्ट्रक्सन÷सिद्धी शाही जेभीले गरिरहेको छ ।

गाईघाटमा अन्तराष्ट्रियस्तरको अत्याधुनिक बसपार्क निर्माण सुरु

उदयपुरमा १ नं. प्रदेशकै उत्कृष्ट र अन्तराष्ट्रियस्तरको अत्याधुनिक तथा सुविधा सम्पन्न त्रियुगा बसपार्क निर्माण कार्य सुरु भएको छ। त्रियुगा नगरपालिका ३ र १२ बीचको त्रियुगा नदी किनारस्थित साविक बसपार्कलाई नै स्तरोन्नति गर्नेगरी एक महिनाअघि निर्माण सुरु भएको टर्मिटल भवन जग (डिपिसी) तयार भएर भुईतलाको काम धमाधम अघि बढेको छ।

‘मदन भण्डारी लोकमार्गः गाईघाट–बेलटार खण्ड दसैंअघि सकिने

उदयपुरको सामाजिक तथा अर्थ राजनीतिमा महत्वपूर्ण योगदान पु-याउने निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना ‘मदन भण्डारी लोकमार्ग’को गाईघाट–बेलटार खण्डमा दसैअगावै कालोपत्रे सक्ने गरी धमाधम काम भईरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्