१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

गाईघाट–फोक्सिन्टार सडक फेरि अवरुद्ध

असार अन्तिम साताको अविरल वर्षापछि गएको पहिरोले सातादिनसम्म अवरुद्ध भए पनि मर्मतपछि सुचारु भएको गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग फेरि अवरुद्ध हुन पुगेको छ।

गाईघाट–दिक्तेल सोझो यातायात ६ महिनालाई ठप्प

गाईघाट–दिक्तेल सोझो यातायात जोड्ने सगरमाथा लोकमार्गको फोक्सिन्टारस्थित सुनकोसीमा सञ्चालित बेलिब्रिज खोल्ने क्रम अन्तिम चरणमा पुगेको छ।

निर्माण ढिलाइले सदरमुकामको सडक अस्तव्यस्त

उदयपुर सदरमुकाम गाईघाटको चार लेनको सडक निर्माणको म्याद सकिएको ६ महिनासम्म पनि सम्पन्न नहुँदा अस्तव्यस्त अवस्थामा पुगेको छ। गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गतको उक्त सडकको काम डेढ वर्षअघि सुरु भए पनि निर्माण कम्पनीको ढिलाइका कारण तीन महिनायता काम ठप्प भएपछि बजारबासी धुलो र हिलोको सामना गर्न बाध्य छन्।

मुआब्जा विवादले सडक निर्माण प्रभावित

लोकमार्ग निर्माणको जिम्मा पाएको जेडआईईसी/लामा/शर्मा जेवीले सडकले छोएका घरटहराको मुआब्जा नदिई धमाधम काम गर्दा स्कुल र स्थानीयलाई मार्का परेको जनज्योति माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष अम्मर दनुवारले बताए।

तेस्रोपटक म्याद गुज्रिँदा पनि पुल अधुरै

तेस्रो पल्ट थप भएको म्याद गुजिँरदा समेत खोटाङको रेग्मीटारस्थित साप्सु खोला पुल निर्माण सम्पन्न हुन सकेको छैन। सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने उक्त पुलको तेस्रो पल्ट थपिएको म्याद गत मंसिरमै सकिएको छ।

बेलिब्रिज बनेपछि दिक्तेल–गाईघाट सीधा यातायात सञ्चालन

खोटाङको फोक्सिङटारस्थित सुनकोशी नदीमा अस्थायी पुल (बेलिब्रिज) हालिएपछि दिक्तेल–गाईघाट सीधा यातायात सेवा सुरु भएको छ। दिक्तेल–गाईघाट सडकअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९,लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिकाको आँपटारस्थित सुनकोशी नदीमा बेलिब्रिज राखिएपछि खोटाङ र पूर्वी तराई जोड्ने दोस्रो सीधा र छोटो बाटो खुलेको हो।

गाईघाटमा बम विष्फोट, बालक घाइते

उदयपुर सदरमुकाम गाईघाटमा बुधबार बम विष्फोट हुँदा १ बालक घाइते भएका छन्। त्रियुगा नगरपालिका १३ पुरानो हवाईफिल्डस्थित थरुहट–त्रियुगा रंगशाखामा बम पड्किँदा सोही ठाउँका १४ वर्षीय पारस राई घाइते भएको प्रहरीले जनाएको छ।

हलेसी र गाईघाट जोड्न छोटो मार्ग खुल्दै

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी र पूर्वी तराई जोड्ने छोटो दुरीको सडक मार्गमा पुल निर्माण हुने भएको छ।

गाईघाटमा बाह्रै महिना तरकारी महँगो

गाईघाटमा हरियो तरकारीको मूल्य बाह्रै महिना महँगो हुने गरको छ । दसैं तिहार र छठले आकाशिएको तरकारीको मूल्य हालसम्म घटेकाे छैन् । व्यवसायिक तरकारी खेती गर्ने किसानको कमीका कारण पनि तरकारी गाईघाटमा बाह्रै महिना महँगो हुने गरेको सरोकारवालाहरु बताउँछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्