१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

त्रियुगा–मदन भण्डारी सभाहल निर्माण सुचारु

गाईघाटमा निर्माणाधीन त्रियुगा मदन भण्डारी सभा भवन। तस्विरः महेश्वर

बिगत दुईवर्षदेखि काम रोकिएको सदरमुकाम गाईघाटको ‘त्रियुगा मदन भण्डारी सभा भवन तथा अतिथि गृह’ निर्माण सुचारु भएको छ।  पहिलो फेजको काम सकिएपछि बजेट अभाव र अन्य प्राविधिक कारण मिलाउन समय लाग्दा निर्माण कार्य रोकिन पुगेको भवनको दोस्रो फेजको काम पुस दोस्रो सातादेखि सुचारु भएको हो।  

सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय राजविराजको रेखदेखमा निर्माणाधीन भवन दुईवर्षअघि नै पहिलो फेजको काम सकिएको थियो।  दक्षिणतर्फको माथिल्लो तलाको छत ढलान र सभाहलमाथिको ट्रस प्रविधिको फलामे छानो हाल्नेलगायत रंगरोगन र झ्यालढोकाको काम मात्र बाँकी रहेको भवन थप बजेट र अन्य प्राविधिक कारणले निर्माण कार्य रोकिएको थियो।  

भवन सुचारु गर्न कार्यालयले चालु वर्षको सुरुमै टेण्डर आव्हान गरेर ठेक्का सम्झौता गरेको र केहीदिनअघि निर्माण कम्पनी आएर काम सुचार गरेको हो।  भवनको छानो ३ महिनाभित्र हालिसक्ने गरी काम सुरु भएको आयोजना कार्यालय राजबरिाजका प्रमुख ९डिई० सचिन्द्र देवले बताए।  मंगलबार स्थलगत निरीक्षणका लागि प्राविधिक टोली लिएर गाईघाट आएका डिई देवका अनुसार ३ महिनाभित्र छानो ९ट्रस० हालिसकने र छत ढलान गरेर बाँकी काम सुचारु भईसकेको छ।  

उनले मंगलबार कामको निरीक्षण गर्न त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेतलगायत जनप्रतिनिधिलाई पनि बोलाएर सुृचारु भएको काममा समन्वय र सहजीकरण गर्न आग्रह गरेको बताए।  योजना अनुगमन गर्दै मेयर बस्नेतले आफ्नो नगरपालिकाक्षेत्रभित्र भईरहेका कामहरु छिटो छरितो र गुणस्तरीय रुपमा गर्न डिई देवलाई आग्रह गरेका थिए।  सभाभवन गाईघाट बजार र त्रियुगा नगरपालिकाकै महत्वपूर्ण मानिएको योजना भएकाले छिटो र राम्रो तरिकाले काम गर्न आग्रह गर्दै नगरपालिकाले गर्नुपर्ने सबैखाले सहयोग गर्न तयार रहेको मेयर बस्नेतको प्रतिबद्धता थियो।  

आयोजना कार्यालयका इन्जिनियर सुशील चौधरीले सो योजना डेढवर्षभित्र सम्पन्न गरिसक्ने गरी सुनकोसी कन्स्ट्रक्सनले ठेक्का लिएको बताए।  इन्जिनियर चौधरीका अनुसार गत मंसिर १३ गते सम्झौता गरेर ०८० साल जेठ १४ गतेभित्र योजना सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्नेगरी सम्झौता भएको छ।  भवन निर्माणको दोस्रो फेजका लागि आयोजना कार्यालयले मूल्य अभिबृद्धि कर (भ्याट) बाहेक १८ करोड २ लाख १६ हजार १ सय ९१ रुपैँयामा ठेक्का लागेको छ।  

निर्माण कम्पनी सुनकोसी कन्स्ट्रक्सनका साईट इन्चार्ज नवराज थापा मगरले सम्झौता अनुसार तोकिएकै मितिमा काम सक्ने गरी काम भईरहेको बताए।  उनका अनुसार आउँदो एक महिनाभित्र माथिल्लो तलाको छत ढलान गरिसक्ने तथा ३ महिनाभित्र ट्रस छानो हालिसक्ने गरी पर्याप्त जनशक्ति खटाएर धमाधम काम भईरहेको छ।  छलान र ट्रसको काम सकेपछि झ्यालढोका, प्लास्टर, रंग रोगन, कम्पाउण्ड वाल निर्माणलगायत फिनिसिङको काम सकेर सकेसम्म सम्झौता मिति अगावै योजना हस्तान्तरण गर्ने लक्ष्यका साथ काम भईरहेको मगरले बताए।  

प्रकाशित: १९ पुस २०७९ १३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App