३ कार्तिक २०८१ शनिबार
image/svg+xml

प्रारम्भिक मतगणनामा कांग्रेसको अग्रता

स्थानीय तह तेस्रो चरणको सोमबार सम्पन्न निर्वाचको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । आठ जिल्लाका १ सय ३६ तहका लागि भएको निर्वाचनमा अधिकांश तहमा प्रमुख राजनीतिक दलबीच नै मुख्य प्रतिस्पर्धा देखिए पनि प्रारम्भिक गणनामा कांग्रेसले अग्रता लिएको हो।

काँग्रेस कार्यकर्ताले मतगणना स्थलमै एमाले उम्मेदवारको टाउको फुटाए

नेपाली काँग्रेसका कार्यकर्ताले मतगणनास्थलमै एमालेका उम्मेदवारसहित दुई जनालाई आक्रमण गरी घाइते बनाएका छन्। वृन्दावन नगरपालिकाको मतगणना भइरहँदा काँग्रेस–एमालेबीच झडप भएको थियो।

सप्तरीमा १२ बजे सम्म सबै स्थानीय तहको मतगणना सुरु हुने

सप्तरीका १८ मध्यै ६ स्थानीय तहको मत गणना जारी छ। जिल्लाको तिलाठी कोईलाडी, विष्णुपुर, अग्निसाईर कृष्णावसरण गाउँपालिका तथा सप्तकोसी, खडक र सुरूगां नगरपालिकाको मत गणना सोमवार अवेर राति देखि नै जारी रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ।

जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु

जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ। सिमरास्थित श्री नेपाल उच्च माध्यमिक विद्यालयमा मतगणना सुरु भएको हो।

पत्रकार महासंघको मतगणना सुरु

नेपाल पत्रकार महासंघको सोमबार भएको निर्वाचनको मतगणना कार्य सुरु भएको छ। पहिले महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा मतगणना हुने भनिए पनि नेपाल प्रज्ञा प्रतिष्ठानमै गणना सुरु भएको हो। मतगणना ६ स्थानमा गर्ने तय भएको छ। ६ वटै ठाउँमा मतपेटिका खोलिएको छ।

केन्याको राष्ट्रपतीय निर्वाचनमा मतगणना विवाद, चारको मृत्यु

केन्यामा गत मङ्गलबार भएको राष्ट्रपतीय आमनिर्वाचनको मतगणना जारी रहदा विवाद सुरु भएको छ।

भरतपुरको मतगणनास्थललाई जालीले घेरियो

मत गन्दा गन्दै गणनामा बसेकाहरुले मतपत्र च्यातेका कारण दोहर्‍याएर मतदान गर्नु परेको भरतपुर वडा नं. १९ को मत गाणनाका लागि विशेष सुरक्षा व्यवस्था अपनाइएको छ। मतगणना स्थललाई जालीले घेरिएको छ। सो वडामा आजै निर्वाचन भएको थियो। तीन हजार ७९७ मतदाता रहेको भरतपुर १९ मा आज दुई हजार ८७० मत खसेको जिल्ला निर्वाचन कार्यालायका प्रमुख हरि ढकालले बताए। यसअघि सो वाडमा दुई हजार ८९७ मत खसेको थियो।

भरतपुर मतगणना विवाद हेर्दाहेर्दैमा, सोमबार बहसले निरन्तरता पाउने

भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ हेर्दाहेर्दैमा सोमबारलाई राखिएको छ। न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा आज सुनुवाइ भएर नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि राखिएको हो।

चुनाब सकिएको तीन महिनासम्म मतगणना गर्दै निर्वाचन आयोग!

स्थानीय तह पहिलो चरणको निर्वाचन सम्पन्न भएको तीन महिना ८ दिन पुगेको छ। दोस्रो चरणको निर्वाचन सम्पन्न भएको एक महिना बित्न लाग्यो। २०७४ वैशाख ३१ र असार १४ गते दुई चरणमा स्थानीय निकाय निर्वाचन सम्पन्न भएको थियो।

भरतपुर मतगणना विवाद : निर्वाचन आयोग अनिर्णीत

भरतपुर महानगरपालिकाको मतगणनालाई निरन्तरता दिने कि मतगणना हुन बाँकी वडामा फेरि चुनाव गर्ने भन्ने विषयमा निर्वाचन आयोग अनिर्णीत बनेको छ।

मतगणनाको माग गर्दै एमालेद्वारा चितवन बन्दको आह्वान

सत्ताको आडमा भरतपुरमा बलजफ्ती रुपमा पुनःमतदान गराउने षड्यन्त्र भइरहेको भन्दै नेकपा एमाले चितवन जिल्ला कमिटीले भोलि बिहीबार चितवन बन्द आह्वान गरेको छ।

भरतपुरमा मतगणना कि पुनःमतदान? निर्णय लिन आयोग बैठक जारी

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका बुथ प्रतिनिधिले मतपत्र च्यातेपछि स्थगित भएको मतगणनाबारे निर्णय गर्न निर्वाचन आयोगमा बैठक जारी छ। बैठकमा प्रमुख आयुक्त अयोधीप्रसाद यादबसहित पाँचै जना आयुक्त सहभागी छन्।

भरतपुरमा मतगणना सुरु नगरे आफैँ विजयी घोषणा गर्छौं : एमाले

एमालेको विरोधका कारण बुधबार संसद बैठक अवरुद्ध भएको छ। माओवादी बुथ प्रतिनिधिले पतपत्र च्यातेपछि स्थागित भएको भरतपुरको मतगणना सुचारु गर्न माग गर्दै एमाले सांसदहरुले संसद अवरुद्ध गरेका हुन्।

भरतपुरको मतगणना १७ जेठसम्म स्थगित

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतगणना जेठ १७ सम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ। मतपत्र च्यातिएको विषय छानवीन गर्न गठित समितिको प्रतिवेदन आएपछि मात्र मतगणना सुचारु गर्ने आयोगले जनाएको छ।

पुनःनिर्वाचन एमालेलाई अस्विकार्य, मतगणना सुचारु गर्न माग

आइतबार मध्यरातमा मतपत्र च्यातिएको विवादपछि स्थागित भएको भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न नेकपा (एमाले) चितवनले माग गरेको छ। एमालेले सो कार्य माओवादी केन्द्रका नेताको निर्देशनमा उक्त पार्टीका द्रोणबाबु सिवाकोटी, मधु न्यौपानले लगायतको संलग्नतामा भएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्