८ वैशाख २०८१ शनिबार

कास्की–२ मा राष्ट्रिय स्वतन्त्रका कँडेलको अग्रता कायमै

कास्कीको निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले अग्रता कायमै राखेका छन्। कँडेलले नेकपा एमालेकी विद्या भट्टराई अधिकारीलाई १ सय ४९ मतले पछि पार्दै अग्रता कायमै राखेका हुन्।

कास्की–२ मा पनि स्वतन्त्र पार्टीको अग्रता, एमाले पछाडि

कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता कायम राखेका छन्। हालसम्म २ हजार १ सय ४ मत गणना हुँदा कँडेलले ६ सय ७८ मत प्राप्त गरेर अग्रता कायम राखेका हुन्।

कास्की–२ का बागी उम्मेदवार महादेव गुरुङ भन्छन्ः पार्टीले कारवाहि गरे खुसी हुन्छु

सत्ता गठबन्धन विरुद्ध विद्रोह गर्दै कास्की–२ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका महादेव गुरुङले अन्तिम समयमा पनि उम्मेदवारी फिर्ता लिएनन्। कांग्रेसका पुराना नेता गुरुङलाई उम्मेदवारी फिर्ता लिन पार्टी सभापति शेरबहादुर देउवाले समेत दवाव दिएका थिए। तर, देउवाको निर्देशन र दवाव समेत अटेर गर्दै उम्मेद्वारी फिर्ता नलिएको गुरुङले बताए।

कास्की–२ मा ६० प्रतिशत मत खस्यो

उपनिर्वाचन अन्तर्गत कास्की–२ मा ६० प्रतिशत मत खसेको छ। केही छिटफुट घटना बाहेक कास्की–२ का सबै मतदान शान्तिपूर्ण रुपमा भईरहेको निर्वाचन कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्