२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

रास्वपा महाधिवेशन : पदाधिकारी छान्न मतदान सुरु, को–को छन् प्रतिस्पर्धामा ?

रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी छनोटको लागि मतदान सुरु भएको छ।

चितवनमा जारी महाधिवेशनमा ५ पदाधिकारीका लागि मतदान भइरहेको हो।

रास्वपाको उपसभापतिको महिलातरफ सोविता गौतम र तोसिमा कार्की प्रतिस्पर्धामा छन्। पुरुषतर्फ भने डा स्वर्णीम वाग्लेको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका थिए।

यस्तै, महामन्त्री पदमा १ जनाका लागि विपीन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल मैदानमा छन्।

सहमहामन्त्री पुरुषतर्फ असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्त प्रतिस्पर्धामा छन् भने महिला तर्फ जुली यादव विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन्।

प्रकाशित: १२ असार २०८३ १३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App