१२ असार २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

‘हन्टर’ को प्रदर्शन मिति घोषणा

जीवन सिंहको निर्देशनमा बनेको चलचित्र ‘हन्टर’ को प्रदर्शन मिति घोषणा भएको छ। निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दै चलचित्रका मुख्य कलाकार अरुण क्षेत्री र प्रकाश शालाई एक–अर्काको प्रतिद्वन्द्वीका रुपमा देखाइएको छ।

उक्त चलचित्रबाट सिंहले नेपाली सिनेमामा निर्देशनमा डेब्यु गर्दैछन्। यो चलचित्रमा उनकै लेखन छ। दर्शन मितिसँगै सार्वजनिक गरिएको पोस्टरले चलचित्रको कथावस्तुबारे धेरै रोचक संकेतहरू दिएको छ । पोस्टरमा देखिएका यी दुई कलाकारको आखाँमा आक्रोश र प्रतिशोधको भावले चलचित्रमा यी दुई पात्रबीच भीषण टक्कर हुने संकेत गर्छ।

पोस्टरको तल्लो भागमा भने माथिल्लो भागको दृष्यभन्दा बिल्कुलै फरक दृश्य छ। जहाँ अभिनेता अरुण क्षेत्री र अभिनेत्री सुप्रज्ञा शर्मा शान्त र रोमान्टिक भावमा प्रस्तुत छन्।

चलचित्रमा अरुण, प्रकाश र सुप्रज्ञा साथै सरोज खनाल, रमेश बुढाथोकी, रुजा राउत, सुरज भण्डारी, गरिमा शर्मा, रोशनी दाहाल, गीता अधिकारी, टेकराज शर्माल, लालबहादुर थापागायतको अभिनय रहेको छ।  

ममता सिंह, गोविन्द राज र राज ए भट्ट निर्माता रहेको चलचित्र ‘हन्टर’ असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

प्रकाशित: १२ असार २०८३ १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App