२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नयाँ शक्तिमा निर्वाचन परिचालन समिति

नयाँ शक्ति पार्टीले संयोजक बाबुराम भट्टराईको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

निर्वाचनका लागि रामेछापमा ९० मतदान स्थल, दलहरू गाउँगाउँमा

वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि रामेछाप जिल्लामा ९० मतदान स्थल रहने भएको छ। २ नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानीय निकायमा निर्वाचन प्रयोजनका लागि जिल्ला सिफारिस समितिको निर्णयबाट ९० मतदान स्थल रहने जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ।

निर्वाचनले विकासमा कोल्टो फेर्ने अपेक्षा

स्थानीय निकाय निर्वाचनविहीन अवस्थामा मुलुक करिब दुई दशक भयो। बल्ल आगामी वैशाखमा स्थानीय तहले पदाधिकारी पाउँदैछ। लामो समय स्थानीय निकाय पदाधिकारीविहीन हुँदा भ्रष्टाचार मौलाएको, समयमा काम नभएको, विकासका गतिविधि रोकिएको चौतर्फी गुनासो छ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जुर्मुराउन थाले दलहरू

नेकपा (एमाले) विदुर नगरपालिका कमिटीले शिवपुरी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटारमा र नेपाली काँग्रेसले शिवपुरीमै कार्यकर्ता भेटघाट गरिसकेको छ ।

चीन नेपालमा निर्वाचन होस् भन्ने चाहन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चीनले नेपालमा सबै राजनीतिक दलहरुको सहमतिका साथ निर्वाचन होस् भन्ने चाहेको बताएका छन्। चीन भ्रमणबाट आज स्वदेश फर्केका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चीनमा भएका उच्चस्तरीय भेटमा राष्ट्रपति, उपप्रधानमन्त्रीदेखी मन्त्री सम्मले नेपालमा निर्वाचन होस् भन्ने भावना व्यक्त गरेको उनले बताए।

संयुक्तको ‘केन्द्रीय निर्वाचन परिचालन समिति’ गठन

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले स्थानीय तह निर्वाचनलाई व्यवस्थित गर्नका लागि पार्टी अध्यक्ष गणेश साहको संयोजकत्वमा नौ सदस्यीय ‘केन्द्रीय निर्वाचन परिचालन समिति’ गठन गरेको छ ।

निर्वाचनको वातावरण

झण्डै दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनले विभिन्न राजनीतिक दलका कार्यकर्तामा एकप्रकारको उत्साह देखापरेको छ।

ध्यान निर्वाचनमा

यतिबेला मुलुकमा स्थानीय तहको निर्वाचन मिति तय भएको छ। यहीबीचमा मुलुकको दोस्रो ठूलो दल नेकपा एमालेले मेची–महाकाली अभियान सम्पन्न गरेको छ। उसको यो अभियान मधेसी मोर्चामा आबद्ध दलहरूले बिथोल्न खोजेपछि ५ जनाको ज्यानसमेत गएको छ।

मधेसी मोर्चाद्वारा निर्वाचन कार्यालय घेराउ

स्थानीय तहको निर्वाचनको विरोधमा रहेका मधेसी मोर्चाका नेता कार्यकर्ताहरुले मंगलबार जिल्ला निर्वाचन कार्यालय घेराउ गर्दै धर्ना दिएका छन्।

स्थानीय तह निर्वाचनको लागि महोत्तरीमा २९ दल दर्ता

वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनमा महोत्तरीमा २९ वटा राजनीतिक दलले मात्र सहभागिता जनाउने सक्ने निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ।

मधेस केन्द्रित दल सहित निर्वाचन हुन्छ: सभामुख

सभामुख ओनसरी घर्तीले मधेस केन्द्रित दलसहितको सहभागीतामा स्थानीय तहको निर्वाचन हुने बताएकी छन्। अबको दुईसाता भित्रमा सहमती बन्ने र मधेसवादी दलहरु समेत वैशाख ३१ को चुनावमा सहभागी हुने दाबी उनको छ।

चीनले निर्वाचनको लागि १४ करोड सहयोग गर्ने

निर्वाचनको लागि चीनले ९ मिलियन आरएमबी सहयोग गर्ने भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनपिङसँग भेट बार्ताका क्रममा सीले नेपालमा निर्वाचन घोषणा भएकोमा खुशी व्यक्त गर्दै यसको सफलताका लागि ९ मिलियन आरएमबी (करिव १४ करोड नेपाली रुपैयाँ)सहयोग गर्ने बताएको दाहालको वेब साइटमा उल्लेख छ।

निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्थामा कडाइ

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नुवाकोटमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउँदै गएको छ ।

स्थानीय तह निर्वाचन : पहिलो हुन होड

तत्कालिन गाउँ पञ्चायत तथा जिल्ला पञ्चायतमा स्थानीय स्तरको राजनीतिमा सक्रिय रहदैँ जिम्मेवारी ग्रहण गरेका हिलिहाङ गाउँपालिकाका पदसिंह लिङ्देन ७८ वर्षका भए। स्थानीय तहको निर्वाचन हुने भएपछि यो उमेरमा पनि उनी निक्कै हौसिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्