२३ आश्विन २०८१ बुधबार
image/svg+xml

बाँदर धपाईदिने उम्मेदवारलाई मतदान

लगाएको बाली सबै बाँदरले सखाप बनाएपछि यहाँका स्थानीयले जसले बादर नियन्त्रण कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउँछ उसैलाई मतदान गर्ने योजना बनाएका छन्।

कसैको प्रलोभनमा नपरी मतदान गर्नुहोस्: यादव

दुई दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपले मतदान गर्न प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आग्रह गरेका छन्।

मतदान केन्द्रको सुरक्षामा चुनाैती देखिए सुरक्षाकर्मीले गोली चलाउन पाउने

आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरीक्षकको कमान्डमा कम्तिमा २८ प्रहरी खटिने भएका छन्। मतदान केन्द्रको सुरक्षामा जोखिम बढे अनुमति नलिई गोली चलाउन सक्ने अधिकारसहित गृह मन्त्रालयले मतदान केन्द्रको सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।

राष्ट्रपतिले मतदान नगर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएकी छिन्। संविधानको संरक्षक र सबैको साझा राष्ट्रपति भएकाले कुनै दल विशेषका उम्मेदवारलाई मतदान गर्न उचित नठानेर उनले यो प्रक्रियामा सहभागी नहुने निर्णय गरेको जानकारी प्रेस सल्लाहकार माधव शर्माले दिए।

फ्रान्सको राष्ट्रपतिका लागि मतदान सुरु

फ्रान्सको नयाँ राष्ट्रपति चयनका लागि आइतबार पहिलो चरणको मतदान कार्य सुरु भएको छ ।

मतदान केन्द्र पुग्न दुई दिन

साविक बिच्छ्या गाविस गुम्बा गाउँका स्थानीयको गुनासो यो पटक पनि कसैले सुनेनन्। स्थानीय २६ परिवार विगतदेखि गाउँमै मतदान केन्द्र राख्न माग गर्दै आएका छन्। तर त्यो गुनासो र आग्रहलाई राजनीतिक दलदेखि निर्वाचन आयोग कसैको प्राथमिकताको विषय बनेको छैन्।

मतदान गर्न भारतबाट घर फर्कनेको लर्को

बुढीगङ्गा नगरपालिका– १० का खम्म सार्की स्थानीय तहको निर्वाचन हुने भएपछि भारतबाट घर फर्किएका छन् । उनी आठ वर्षपछि घर फर्किएका हुन् ।

देशभर १८ हजार मतदान केन्द्र कायम

आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर १८ हजार ५ सय ७२ मतदान केन्द्र र १० हजार ६ सय ४० मतदान स्थल कायम भएका छन् ।

खोटाङमा थपिए चार मतदान स्थल

खोटाङमा चार वटा मतदान स्थल थपिएका छन्। जिल्लाका पुराना १३२ मतदान स्थललाई कायम राख्दै हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी, केपीलासगढी गाउँपालिका–१ फेदि र खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा एक–एक वटा मतदानस्थल थपिएको हो।

मोर्चाको अवरोधले मतदान केन्द्र पुनरावलोकन बैठक निष्कर्षविहीन

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तहको मतदान केन्द्र पुनरावलोकनसम्बन्धी बैठक अवरोध गरेकाे छ ।

निर्वाचनका लागि रामेछापमा ९० मतदान स्थल, दलहरू गाउँगाउँमा

वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि रामेछाप जिल्लामा ९० मतदान स्थल रहने भएको छ। २ नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानीय निकायमा निर्वाचन प्रयोजनका लागि जिल्ला सिफारिस समितिको निर्णयबाट ९० मतदान स्थल रहने जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ।

अायोगले मतदान केन्द्रको ‘लाइभ स्ट्रिमिङ’ गर्ने

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन तयारीमा जुटेको निर्वाचन आयोगले सुरक्षा दृष्टिले सम्वेदनशील ठानिएका मतदान केन्द्रबाट ‘लाइभ स्ट्रिमिङ’ गर्ने र त्यसलाई जिल्ला सदरमुकाम तथा केन्द्रबाट 'मनिटरिङ' गर्ने भएको छ।

दुई नम्बर प्रदेशका ६ जिल्लामा मतदान केन्द्र टुंगो लाग्न सकेन

स्थानीय तह निर्वाचनका लागि विभिन्न ७ जिल्लामा अझै मतदान केन्द्रको अन्तिम टुंगो लाग्न सकेको छैन। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि चैत १० गतेभित्र मतदान केन्द्रको टुंगो लगाउन निर्देशन दिएपनि दुई नम्बर प्रदेशका रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी तथा धादिङमा मतदान केन्द्रको अन्तिम टुंगो लाग्न नसकेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्