२३ आश्विन २०८१ बुधबार
image/svg+xml

तालमेलअनुसार मतदान गरेँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका छन्।

उल्लासपूर्ण मतदान (फाेटाे फिचर)

स्थानीय तह निर्वाचनको पहिलो चरण अन्तर्गत मुलुकका ३४ जिल्लामा मतदान भइरहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताको उल्लासपूर्ण सहभागिता देखिएको छ।

प्रधानमन्त्रीद्वारा भरतपुर लंकूमा मतदान

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा आज बिहान चितवन भरतपुर महानगरपालिका वडा नं. ४ मा रहेको लक्ष्मी मावि लंकूको केन्द्रमा मतदान गरेकाछन्। मतदानका लागि प्रधानमन्त्री दाहाल र उनको परिवार शनिबार दिउँसो नै भरतपुर आएको हो।

मतदान गर्न उत्साहित महिला

काठमाडौंकी सरस्वती तुलाधर (७६) ले स्थानीय चुनावमा धेरैपटक मतदान गरेकी छिन् । तर यो पटकको चुनावी रौनक उनलाई छुट्टै लागेको छ । काठमाडौं महानगरपालिका २७ नम्बर वडाकी मतदाता उनी मतदान गर्न आतुर छिन् ।

दुई दिन हिँडेर मतदान केन्द्रमा

जिल्लाका दुर्गम गाउँका मतदाता मतदानको अघिल्लै दिन शनिबारै मतदान केन्द्र आइपुगेका छन् । रुबीभ्याली गाउँपालिका–५ नेवेरका मतदाता दुई दिन हिँडेर शनिबार दिउँसो सदाचेतस्थित लापा मावि मतदान केन्द्र आइपुगेका हुन् । मतदान केन्द्र गाउँबाट टाढा भएकाले मतदानको अघिल्लै दिन केन्द्र आसपास आएर बास बस्नुपरेको ती मतदाताले बताए । स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ ।

३४ जिल्लामा मतदान हुँदै

झन्डै २० वर्षपछि प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा आइतबार पहिलो चरणको मतदान हुँदैछ । मतदानका लागि ६ हजार ६ सय ४२ केन्द्र तोकिएका छन् ।

शीर्ष नेताहरु कहाँबाट मतदान गर्दैछन् ?

स्थानीय तहको निर्वाचनमा राजनीतिक नेतृत्व एवम् उच्च सरकारी पदाधिकारीले कुन मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दै छन् भन्ने कुरा आम चासोको रुपमा रहेको छ।

ढुक्क भएर मतदान गर्नुहोस् : गृहमन्त्री

गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन्। गृहमन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै निधिले निर्वाचन सुरक्षाको लागि कुनै कमि नभएको बताए।

महिलामैत्री मतदान केन्द्र

स्थानीय तह निर्वाचनका लागि नुवाकोटको दुई मतदान केन्द्रमा निर्वाचन गराउने जिम्मेवारी  महिला कर्मचारी र महिला सुरक्षाकर्मीले सम्हालिरहेका छन् । विदुर नगरपालिका ४ मा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पस मतदान ‘ख’ केन्द्र र वडा नम्बर ६ महारानी डिहीस्थित मतदान ‘क’ केन्द्रमा महिलाकै नेतृत्वमा  निर्वाचनसम्बन्धी कार्य भइरहेको छ । नुवाकोट आदर्श बहुमुखी क्याम्पस मतदान केन्द्रको ‘ख’ केन्द्रको अधिकृतमा महिला तथा बालबालिका कार्यालय प्रमुख भुला भण्डारी छिन् । यस्तै महारानी डिहीमा रहेको मतदान केन्द्रको ‘क’ केन्द्रमा घरेलु तथा साना उद्योग कार्यालयकी अधिकृत अम्बिका घिमिरे छिन् । दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचन सफल बनाउन निर्वाचन कार्यालयले महिलामैत्री मतदान केन्द्रको नेतृत्व गर्ने जिम्मेवारी पाएकी भण्डारी भन्छिन्, ‘केन्द्रमा महिला कर्मचारी मात्र नभई सुरक्षाकर्मी पनि महिला नै छन् । उत्साहसाथ जिम्मेवारी पूरा गर्न लागिपरेकी छु ।’

मतदान केन्द्रमा सबै महिला कर्मचारी

आइतबार हुने पोखरा–लेखनाथ महानगरपालिकाको जनप्रिय मावि, सिमलचौरको ‘ख’ मतदान केन्द्रको निर्वाचनमा सबै महिला कर्मचारी खटिएका छन् ।

चालक मतदान गर्न गएपछि राजधानीमा सवारीको चाप कम

करिब २० वर्षको अन्तरालमा हुन लागेको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजधानी काठमाडौँमा चल्ने सार्वजनिक सवारी साधन पनि कम चल्न थालेका छन् ।

ललितपुरमा १३१ मतदान केन्द्र, ११ अति संवेदनशील

नेपाली सेनासहितको जिल्ला सुरक्षा समितिले गोप्य सूचना र सुरक्षा विश्लेषणपछि जिल्लाका एक सय ३१ मतदान केन्द्रलाई तीन तहमा विभाजन गर्दै सुरक्षा प्रबन्ध मिलाएको छ।

मतदान केन्द्रमा ११ सय कर्मचारी र दुई हजार सुरक्षाकर्मी, आज मतदाता परिचयपत्र वितरण

आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी खटिएका छन् ।

चुनाव गराउन मतदान केन्द्रमा खटिए कर्मचारी (फोटो फिचर)

स्थानीय तहको निर्वाचन गराउन मतदान कर्मचारी मंगलबार गाउँमा खटिएका छन्। मतपत्र, मतपेटिका लगायत निर्वाचनमा प्रयोग हुने ६४ प्रकारका सामग्री बोकेर उनीहरु तोकिएको केन्द्रमा खटिएका हुन् ।

लमजुङमा मतदान केन्द्रमा १२ सय कर्मचारी खटाईए

स्थानीयतह निर्वाचनका लागि तय गरिएका मतदान केन्द्रमा झण्डै १२ सय कर्मचारी खटाईएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्