५ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रज्वललाई डाक्टर बनाउने सपना अधुरो

आइतबार बेलुका काठमाडौंको घट्टस्थत कोठा (डेरा)मा टाइमबम पड्केर २५ वर्षीय प्रज्वल शाहीको मृत्यु भएको थियो।

बम आतंक फैलाएर राजनीतिक उद्देश्य पूरा हुँदैन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प नरहेको बताएका छन्।

गृहमन्त्रीले मर्नेहरु नागरिक होइनन् भनेपछि संसदमा हङ्गामा

काठमाडौंमा भएको बम विस्फोट घटनामा ४ जनाको मृत्यु र आधा दर्जन घाइते भएको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन्।

सुकेधारा विस्फोटमा ज्यान गुमाउने तीनै जनाकाे सनाखत

सुकेधारास्थित एक सैलुनमा भएको बम विस्फोटमा परी मृत्यु हुने तीनै जनाको सनाखत भएको छ। मृत्यु हुनेमा ३२/३३ वर्षका दाङको बबई गाउँपालिकाका गोकुल रानामगर, २७/२८ वर्षका कालिकोटका विभुराम भन्ने दिपेश विक र ठेगाना नखुलेका निरन्तर मल्ल रहेका छन्।

सडकमा राखिएको बम निस्क्रिय

प्रतिबन्धित नेपाल कम्यूष्टि पार्टी (नेकपा) विप्लव समूहले आज आह्वान गरेको बन्दको क्रममा कोशी राजमार्ग अन्तर्गत सुनसरी हाँसपोसा क्षेत्रमा राखेको बम सेनाको टोलीले निस्क्रिय पारेको छ। चारकोसे जंगल क्षेत्रमा पर्ने सडक छेउमा राखेको दुईवटा बम सेनाको पूर्वी पृतना मुख्यालय इटहरीको टोलीले निस्क्रिय पारेको हो।

गृहमन्त्रीलाई सांसदको प्रश्न : राजधानीमै बम पड्किदा सरकार किन निदाएको छ ?

शक्तिशाली सरकारको समयमा पनि राजधानीकै बासिन्दा सुरक्षित हुन नसकेको र नेपालीहरु आतंकित भएको भन्दै उनले सरकार के गरेर बसिरहेको छ भनी प्रश्न गरिन्। उनले भनिन् “सरकार किन चुप ? सरकार किन निदाएको छ ? नेपाली जनताले सरकारलाई खोज्न कहाँ जानुपर्ने सभामुख महोदय?”

विप्लवका १२ कार्यकर्ता पक्राउ, ८ स्थानमा बम निष्क्रिय

प्रहरीले नेत्रविक्रम चन्द विप्लवका नेकपाका १२ जना कार्यकर्तालाइ पक्राउ गरेको छ। प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेलका अनुसार दलित मुक्ति मोर्चा झापाका इन्चार्ज गणेश कुमार विक पक्राउ परेका छन्।

अर्घाखाँचीमा दुई बम निष्कृय, स्थानीय त्रसित

अर्घाखाचीका दुई स्थानमा राखिएको वम निष्कृय पारिएको छ । जिल्लाको सदरमुकाम सन्धिखर्क बजारमा रहेको अर्घाखाची शिक्षा क्याम्पस नजिकै र वाइखोला किनारमा रहेका वमलाई नेपाली सेनाकाे डिस्पोजल टोलीले निष्कृय गरेको हो।रामवाण गुल्मको वम डिस्पोजल टोलीका अनुसार दुवै स्थानमा रहेका शकांस्पद बस्तु वम नै भएको बताइएको छ।

एनसेल कार्यालय नजिक कुकर बम फेला

पोखरामा एनसेल कार्यालय नजिक कुकर बम फेला परेको छ। सिर्जनाचोक स्थित दूरसञ्चार सेवा प्रदायक निजी कम्पनी एनसेल अफिस नजिकै कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

काभ्रेको दुई स्थानमा विष्फोट

काभ्रेको दुई स्थानमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरुले बम विष्फोट गराएका छन्।

हरिपुर नगरपालिकामा विष्फोट

सर्लाहीको हरिपुर नगरपालिकामा आइतबार राती वम विष्फोट भएको छ । राती ११ बजे भएको विष्फोटले नगरपालिका कार्यालय भवनको झ्यालको सिसा तथा कम्पाउण्ड वालमा क्षति पुगेको प्रहरीले जनाएकाे छ। ।

नौबिसे र महादेबबेसीमा बम भेटियो, सेनाद्धारा डिस्पोज

धादिङको नौबिसे र महादेबबेसीमा बम भेटिएको छ । जिल्लाको थाक्रे गाउँपालिका वडा नं ६ महादेबबेसीमा सोमबार बिहान १ः३० बजेतिर सकेट बम भेटिएको हो । बम महादेवबेंशी स्थित पुलमा फेला परेको प्रहरीले जानकारी दिए ।

विप्लवको बमले आफ्नै कार्यकर्ताको ज्यान लियो

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूह आतंककारी गतिविधिमा संलग्न हुँदा आइतबार चारजनाको ज्यान गएको छ। सोमबारका लागि नेपाल बन्द आह्वान गरेको विप्लव समूहले बन्दको पूर्वसन्ध्यामा पड्काउन तयार पारेको सिलिन्डर बम अचानक कोठाअगाडि नै पड्किदा आफ्नै कार्यकर्ताको ज्यान गएको हो।

विप्लव समूह र सरकारलाई कांग्रेसले भन्यो– वार्ताबाट समाधान खोज

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वार्ता र सम्वादमा आउन नेत्रविक्रम चन्द (विप्लव) समूह र नेकपा नेतृत्वको कम्युनिस्ट सरकारलाई आग्रह गरेको छ। आइतबार राजधानीमा भएको बम आतंकपछि प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर हिंसाको राजनीति परित्याग गर्न र सम्वादबाट समाधान खोज्न दुबै पक्षलाई अपिल गरेका छन्।

राजधानीमा बम आतंकपछि गृह मन्त्रालयमा आकस्मिक बैठक

राजधानीमा बम आतंकपछि गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ। गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा सुरक्षा निकायका प्रमुखको उपस्थितीमा बसेको बैठकमा काठमाडौं उपत्यकामा भएका बम विस्फोटका घटना र नेत्रविक्रम चन्द (विप्लव) समूहको भोलिको बन्दका विषयमा छलफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्