५ आश्विन २०८१ शनिबार
image/svg+xml

तत्कालीन सिडिओ र प्रहरीप्रमुख छानबिनमा

रौतहट प्रहरीले मंगलबार दुईजना साक्षीको बयान लिएको छ। सरकारी वकिलसमक्ष उनीहरुले अहिले चर्चामा आएको बाहेक अर्को इँटाभट्टामा समेत लगेर बम विस्फोटका घाइतेलाई जलाइएको बताएका छन्।

आलम छुट्ने डरले पीडित आतंकित

राजपुर बमकाण्डका पीडितहरू अहिले त्रासद जीवन बाँच्न बाध्य छन्। सो बमकाण्डका मुख्य आरोपित सांसद महम्मद आफताब आलम असोज २६ गते पक्राउ परेसँगै विभिन्नखाले धम्कीहरू आउन थालेको भन्दै पीडितहरूमा डरको स्थिति पैदा भएको हो।

प्रहरीमाथि पेट्रोल बम प्रहार

पाँच महिनादेखि अशान्त हङकङमा आइतबार भएको प्रदर्शन थप हिंसात्मक बनेको छ। सरकारविरोधी प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको बिबिसीले उल्लेख गरेको छ। सरकारले प्रदर्शन गर्न प्रतिबन्ध लगाए पति आइतबार हजारौंको संख्यामा भेला भएका प्रदर्शनकारीमध्ये केही कडा प्रदर्शनकारीको एउटा समूहले प्रहरी स्टेसनलाई लक्षित गर्दै पेट्रोल बम प्रहार गरेका हुन्।

प्रहरी सम्पर्कमा घाइते

बम विस्फोटमा सबै प्रमाण नष्ट गरेको भनिए पनि केही घाइते अहिले प्रहरीको सम्पर्कमा आएकाले अनुसन्धानमा सहज हुने बताएको छ।

‘आफताब जेल नगएसम्म छोराको किरिया गर्दिनँ’

रौतहटको राजपुरमा १२ वर्षअघि भएको बम काण्डमा मारिएका छोराको श्रीनारायण सिंहले अहिलेसम्म काजकिरिया गरेका छैनन्। अब पनि न्याय नपाएसम्म काजकिरिया नगर्ने उनको अडान छ।

गुपचुप पार्न खोजिएको रौतहट घटना, यसाे भन्छन् पीडित

बम विस्फोटका क्रममा २२ जनाको ज्यान गएको र घटना गुपचुप पार्न घटनास्थलमा प्रमाण नष्ट गरिएको थियो भने अध्ययनका लागि पुगेका मानवअधिकारकर्मीलाई समेत आक्रमणको प्रयास गरिएको थियो।

यसरी परे आफताब कानुनको फन्दामा

बम विस्फोटमा घटनास्थलमै दुईजनाको मृत्यु भएको र अन्य थुप्रै मानिस घाइते भएकोमा घाइतेमध्ये ६ जनालाई जिउँदै जलाएको आरोप आफताबमाथि लागेको छ।

मेयरको घरमा बम, सेनाले गर्‍यो डिस्पोज

माई नगरपालिकाका मेयर दीपककुमार थेबेको घरमा अज्ञात समूहले राखेको बम नेपाली सेनाले डिस्पोज गरेको छ। माई नगरपालिका–२, दानाबारीमा रहेको मेयर थेबेको घरको कम्पाउन्डमा राखेको कुकर बम बिहान ७ बजे घर–परिवारले देखेर प्रहरीलाई खबर गरेका थिए।

षडानन्द नगरपालिकामा बम विस्फोट

षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । अज्ञात समूहले आज बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो।

कमलबजार नगरपालिका कार्यालयमा बम विस्फोट

नेत्रविक्रम चन्द विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ। राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए। विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए।

गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा बम प्रहार

बिष्फोटबाट गाडीमा क्षति पुगेको छ। गाडीमा भएको बम बिस्फोटबाट घरको झ्यालको सिसाहरुमा समेत क्षति पुगेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

दसैंमा घर फर्कने तयारीमा थिए कृष्ण

अफगानिस्तानको काबुलमा बम आक्रमणमा ज्यान गुमाएका कृष्ण थापाको भरतपुर महानगरपालिका–२१ को पार्वतीपुर, कालिका चोकस्थित घरमा सन्नाटा छाएको छ। घटनाको खबर सुनेदेखि उनकी पत्नी लक्ष्मी बेहोस छिन् भने ७८ वर्षीय बाबु गुन्जबहादुर र ७१ वर्षीया आमा चित्रकुमारी बोल्नसक्ने स्थितिमा छैनन्। कान्छो छोरा रञ्जितको पनि अवस्था उस्तै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्