४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कमलबजार नगरपालिका कार्यालयमा बम विस्फोट

अछाम – नेत्रविक्रम चन्द विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ। राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए। विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए।

तार जोडेर करीब १०० मिटर टाढाबाट बम विस्फोट गराइएको पाइएको छ। प्रहरीले विस्फोट गराउने समूहको खोजी गरिरहेको छ। नगरपालिका कार्यालयको ढोका नजीक खाल्डो परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर विष्टले बताए।

यसअघि भदौ २९ गते रामारोशन गाउँपालिका अध्यक्ष झङ्कर साउदलाई लक्ष्य गरी उनकै निवासमै अज्ञात समूहले गोली प्रहार गरेको थियो। नगरपालिका कार्यालयमै बम विस्फोट भए पछि कर्मचारी त्रसित बनेका छन्।(रासस)

प्रकाशित: ३ आश्विन २०७६ ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App